Swasthya Plus

Swasthya Plus

Share

Order prescribed,over the counter drugs and medical devices online, free home delivery with in 24 ho

Shocking New Study Shows Half of Cancer Patients are Killed by Chemotherapy, Not Cancer 08/03/2018

Shocking news
Study shows half of the cancer patients killed Chemotherapy not cancer

Shocking New Study Shows Half of Cancer Patients are Killed by Chemotherapy, Not Cancer Shocking New Study Shows Half of Cancer Patients are Killed by Chemotherapy, Not Cancer

20/01/2018

स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने
34. यो खबरलाई अनिवार्य सेयर गर्ने

25/11/2017

हिँजोआज धेरै मानिसहरू "हर्ट एट्याक" वा हृदयघात भएर मरेको खबर सुनिन्छ । उमेर पुगेका मात्र नभएर युवाहरू समेत हृदयघात भएर संसारबाट विदा हुनेको संख्या बढ्नु दुखद् कुरा भएको छ ।
हुन त खासमा युवाहरूलाई हुने गरेको हृदयघातको कारण गलत खानापान र गलत जीवनशैली नै हो भन्ने कुराको पनि टुङ्गो लागिसकेको छ ।

त्यसैले पृथ्वीमा बाँचेर केही कर्म गर्न चाहाने व्यक्तिले आफ्नो जीवनशैली व्यवस्थित पार्नु अनिवार्य छ, अन्यथा अकाल मृत्यु वरण गर्नु पर्ने संभावना प्रवल देखिन्छ ।

यो त समस्या भयो तर समाधान के त?
•••
खास गरेर एक्लै भएका बेला वा डा. वा अस्पतालसम्म तुरून्त पुग्न नसकिने अवस्थामा नै हृदयघात हुने गर्छ । अर्को कुरा हृदयघात हुँदै छ भन्ने कुराको पूर्व सूचना पनि पाईँदैन ।
तर मरेको समाचार सुन्नु वा सुनाउनु त राम्रो कुरा होइन । त्यस्तो अवस्थामा अस्पतालसम्म पुग्ने गरी बाँच्ने एउटा उपाय मुटु रोग विशेषज्ञहरूले सिकाएका छन् ।

१. अचानक बायाँ छाती दुख्यो र त्यो दुखाई बायाँ पाखुरा हुँदै बङ्गारासम्म आई पुग्यो भने तपाईँलाई हृदयघात हुँदै छ भन्ने जानकारी हो । यो जानकारी पाएपछि तपाईँ आत्तिनु मात्र भयो भने तपाईँले आफूलाई बचाउन सक्नु हुन्न । किनभने त्यसबेला तपाईँसँग १० सेकेण्ड मात्र समय हुन्छ । त्यसैले तपाईँ नआत्तिइकन तल दिइएका बुँदाहरू अनुशरण गर्नु होस् :

२. आफूलाई हृदयघात हुँदै छ भन्ने जानकारी पाउनासाथ तपाईँ नआत्तिईकन जहाँ हुनुहुन्छ त्यहीँ थुचुक्क बसिहाल्नु होस् र बिस्तारै दुवै नाकका प्वाल ( नासिका)बाट लामो र गहिरो सास फेर्नु होस् ।

२.अब तपाईँ जोड जोडले आवाज निकालेर र भूडी हल्लिने गरी खोक्नु होस् । कफ आए पनि थुक्दै नरोकिई खोकिरहनु होस् ।

३. त्यसबेला तपाईँले अरू केही सोच्ने होइन "मैले आफूलाई बचाउनु पर्छ" भन्ने मात्र सोच्नु होस् ।

४. एकपटक लामो र गहिरो सास लिनु होस् र सास भित्रै हुँदा हुँदै
त्यो सास खोकेर बाहिर फाल्ने काम गर्नु होस् । यो काम अस्पताल नपुगुञ्जेलसम्म गरिरहनु होस् ।

५. सहयोगी भएमा उसलाई "मलाई तुरून्त अस्पताल पुर्याऊ" भन्नु होस् । आफूले ड्राइभ नगर्नु होस् । तपाईँले नबिराई गहिरो सास लिने र खोक्ने काम मात्र गर्नु पर्छ । त्यस बाहेक सहयोगीसँग गफ नगर्ने लामो सास र खोक्ने प्रकृयालाई अस्पतालमा डाक्टरले हृदयघातबाट बचाउने प्रक्रिया शुरू नगरूञ्जेल गरिरहनु पर्छ ।

Herpes Treatment: 5 Home Remedies - David Avocado Wolfe 25/11/2017

Herpes simplex

Herpes Treatment: 5 Home Remedies - David Avocado Wolfe Herpes is a common virus that causes cold sores on the mouth or sores on the ge****ls. The two most common types are HSV-1 and HSV-2. HSV-1 causes cold sores to break out around the lips or mouth, while HSV-2 is commonly referred to as ge***al herpes. (1) Herpes is spread through skin-to-skin contac...

नेपाल नेशनल हस्पिटलद्वारा एनआइसियू सञ्चालनमा 05/11/2017

Good news for all

नेपाल नेशनल हस्पिटलद्वारा एनआइसियू सञ्चालनमा काठमाडौं– कलंकीस्थित नेपाल नेशनल हस्पिटलले १० शैयाको नवजात शिशु सघन कक्ष (एनआइसियू) सञ्चालनमा ल्याएको छ । शनिवार युवा तथा खेलकुद मन्त्री राजन केसीले उक्त एनआइसियूको उद्घाटन गरेका...

20/10/2017

Happy Dipawali to all

14/10/2017

मोजा नलाई जुत्ता लगाउनुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पर्ने असर!!!!!

स्वास्थ्य खबरपत्रिका
२०७४ असोज २८ शनिबार ०८:००:०० प्रकाशित

एजेन्सी - जा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ ।
अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।

पयर उपचार विशेषज्ञ एम्मा स्टिफेन्सन १८–२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको बताउँछिन् ।
खासगरी फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएर रेड कार्पेटमा देखिन्छन् ।

प्रसिद्ध गायक स्याम स्मिथ प्रायःजसो मोजा नलाई जुत्ता पहिरिएका देखिन्छन् ।

फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

यस्तै एक जना प्रसिद्ध मोडल टाइनी टेम्पा लन्डन फेसन विकमा सामान्यतयाः अग्रपंक्तिमा मोजाबिनै जुत्ता लगाएर बसिरहेकी देखिन्छिन् । कैयौं संगीतकारसमेत प्रायजसो मोजाबिनै जुत्ता लगाएर हिँडेको देखिन्छ ।

तर के तपाईंलाई थाहा छ, स्वास्थ्यमा यसको प्रभाव कस्तो पर्छ ?

‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल इन्फेक्सन हुन सक्छ ।’
उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

‘मैले देखेको यस्तो एउटा घटनामा कार धुने एक जना १९ बर्से ठिटाको खुट्टा सधैं पसिनाले निथ्रुक्क भिजेका हुन्थे,’ भन्छिन् एम्मा ।

युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ ।

यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्तामात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।
सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने

30/09/2017

On the auspicious occasion of Vijaya Dashami May goddess Durga Bhawani bless all our relatives and friends with joy, happiness and success!!!!
- Swasthaplus Family

27/09/2017

ड्राइ फ्रुट कति स्वस्थकर ?

हरिया र रसिला फलफूल देख्दा जति आकर्षक हुन्छन्, स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला पनि हुन्छन् भनेर हामीलाई थाहा भएकै कुरा हो । त्यसको तुलनामा ड्राइ फ्रुट (सुक्खा फलफूल) को महत्व पनि कम छैन । चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन्।

हामी चर्चा गर्दै छौं, काजु, किसमिस, पिस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलको । यी फलफूलको बढी पौष्टिक हुनुको कारण के हो भने, पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ घना हुन्छन् ।

ताजा आरुमा जम्मा १.६ ग्राम मात्र फाइबर पाइन्छ भने आधा कप सुख्खा आरुमा ४.७ ग्राम फाइबर हुन्छ । सुख्खा फलफूलमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन बी फोलेट पनि पाइन्छ ।

१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।

ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।
तर, यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तो कि एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।

युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।

मधुमेह रोगीका लागि भने सुख्खा फलफूल खाने तरिका केही फरक हुन्छ।

‘अधिकांश पोषणविद्ले मधुमेहका बिरामीका लागि २ चम्चा (करिब १५ ग्राम) सुख्खा फलफूललाई एक पटकको कार्बोहाइड्रेटयुक्त भोजन मान्न सुझाउने गरेका छन्,’ पोषणविद् तथा मधुमेह एजुकेटर लोरी जानिनी भन्छिन्।

जस्तैः २ चम्चा मुनक्का १५ ग्राम कार्बोहाइड्रेट बराबर हुन्छ । तर, त्यति नै मात्रामा कार्बोहाइड्रेट पाउन आधा कप अंगुर खानुपर्ने लोरीको भनाइ छ । यति कार्बोहाइड्रेटका लागि आधा बेलायती खरबुजा (१८ ग्राम कार्बोहाइड्रेट) खानुपर्छ।

समग्रमा सुख्खा फलफूल पोषणयुक्त, सुविधाजनक र बोक्न सजिलो खाजा हो । अझ यसलाई विभिन्न किसिमका बदामसँग मिसाएर खाए अझ वेश हुन्छ।

तर, कतिपय सुख्खा फलफूलमा कृत्रिम चिनीको मात्रा थपिने तथा चिनीको लेपन हुनाले सुख्खा क्रेनबेरी, सुख्खा भुइँकटहर खाँदा भने केही सचेत हुन आवश्यक छ । त्यस्तै, सल्फाइटको एलर्जी भएका वा दमका बिरामीले भने सल्फर डाइअक्साइड नभएका अर्गानिक सुख्खा फलफूल खानु वेश हुन्छ।

11 Benefits Of Drinking Lemon Water Every Morning 18/09/2017

Drink-lemon-water-morning
Health-benefits

11 Benefits Of Drinking Lemon Water Every Morning What we do first thing after waking up in the morning is what sets the theme for how the rest of the day may go, whether it is what we think, eat, or drink. Some of us late wakers may probably be running between the bathroom and kitchen and then[.....]

17/09/2017

हिलोले खाने रोग ‘फंगस’ के हो र कसरी बच्ने ?
- डा सविना भट्टराई

सामान्यतया सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ । छालाको यो समस्यालाई हिलोले खाने वा ढुसी पनि भनिन्छ।

यो समस्या खासगरी ‘क्यान्डिडा’ नामक एक प्रकारको फंगस (ढुसी) को कारण हुन्छ । फंगस भएमा हात र खुट्टाको औँलाको कापमा चिलाउने, रातो हुने र छालाको पत्र उप्किने, दुबी जस्तो सेतो दाग देखिने र फोका उठ्ने, टाउकोमा घाउ भएर कपाल झर्ने जस्ता समस्या देखिन्छन्।

कतिपयलाई हिलोले यति गम्भीर असर पार्छ, खुुट्टाको औंला नै छिन्ला जस्तो हुन्छ । हत्केला र पैताला हिलो र पानीको सम्पर्कमा निरन्तर आइरहँदा औंलाका काप चिरिने गरी असर देखिन्छ । यो रोग जोर्नी हुने ठाउँमा पनि देखिन्छ।

हिलोले खाने समस्याको उपचारका लागि हामीमध्ये कतिपयले घरेलु औषधिको प्रयोग गर्छौं । एलर्जी भएको भनेर जस्तो पायो त्यस्तै औषधि प्रयोग गरेमा रोगले थप जटिल स्वरुप लिन सक्छ । जसका कारण डाक्टरले रोग पहिचान गर्न गाह्रो हुन्छ भने उपचार गर्न पनि धेरै समय लाग्छ।

यसैले समयमै चिकित्सकको सल्लाह लिएर उपचार नगरे हिलोले खाएर कहिलेकाहीँ ठूलै समस्याको रुप पनि लिन सक्छ।

हिलोले किन खान्छ ?

हात–खुट्टाको औंलालाई मुलायम र सुरक्षित बनाइराख्न सामान्य अवस्थामा छालामुनिको तैलीय ग्रन्थिले चिल्लो पदार्थ उत्पादन गर्छ । तर, लामो समय पानी र हिलोको सम्पर्कमा रहँदा छालाको चिल्लो पदार्थ निस्किने क्रममा कमी ल्याउँछ र छाला ओसिएर चाउरिन्छ।

यस्तो अवस्थामा छालाको छेकबारयुक्त क्षमतामा कमी आएर फंगस एवं ब्याक्टेरियाले सजिलै आक्रमण गर्छ । फलस्वरुप हिलोले खानुका साथै औंलाको कापमा कालो दाग आउँछ।

यो समस्या प्रायः खेती–किसानी गर्नेहरुमा बढी देखिन्छ । सामान्यतया खुट्टाको तेस्रो र चौथो औंलाको कापमा बढी प्रभाव पार्छ । कहिलेकाहीँ हातमा पनि हिलोले खान सक्छ । एकचोटि नियन्त्रणमा आइसकेको समस्या बारम्बार हिलोमा जाँदा र पानीमा खेल्दा फेरि बल्झन सक्छ।

कतिपय अवस्थामा फंगस औंलाको काप हुँदै नङमा सर्ने सम्भावना पनि हुन्छ । जसले गर्दा नङ बिग्रिन्छ र कुहिएर झर्न पनि सक्छ । नङमा भएको संक्रमणको उपचार गर्न झन्झटिलो हुन्छ र लामो समय लाग्छ । त्यसैले नङमा फैलिनु अगावै उपचार गराइहाल्नुपर्छ।

कतिपय मानिस हिलोले खाने समस्यालाई रोगको रुपमा लिँदैनन् । उपचार गर्न अटेरी गर्छन् र चिकित्सकको सल्लाह बिनै फार्मेसीबाट औषधि ल्याएर लगाउँछन् । तर, यही सानो कुराले पछि ठूलो समस्या निम्त्याउन सक्छ।

चप्पल, जुत्ता र मोजा लगायत साटासाट गरेर लगाउँदा यो समस्या सर्न सक्छ।

फंगस लाग्नुका कारण

प्रायः लामो समयसम्म पानी चलाउनुपर्ने काम गर्ने मानिसलाई यो रोगले बढी सताउने गर्छ । यस बाहेक धेरै पसिना आउने, जुत्ता धेरै बेरसम्म लगाइराख्ने, सुगरका बिरामीहरु र मोटोपन भएकाहरुलाई पनि यो समस्याले सताउँछ।

औंलाको काप धेरै बेरसम्म पसिना वा पानीले चिसो भइराखेमा यो रोगले सताउँछ । स्कुल जाने बच्चामा प्रायः यो रोग कपालमा आउने गर्छ । कपालमा आयो भने कपाल झर्ने समस्या हुन्छ । साना बच्चाको डाइपर लगाउने भागमा काछ लाग्ने गर्छ, त्यो नै फंगस हो । घाँटी छोटो भएका बच्चालाई पनि फंगसले दुःख दिन्छ।

फंगसका लक्षण

– चिलाउने
– छाला रातो हुने
– छालामा गोलो घेरा बन्ने
– छाला उप्किने
– पानीको फोका उठ्ने
– सेतो पाप्रा जम्ने,
– औंलाको भाग सुन्निने ।

बच्ने उपाय

– सरसफाइमा ध्यान दिने,
– अरुको चप्पल, जुत्ता, मोजा, लुगा, काइँयो सकेसम्म प्रयोग नगर्ने,
– पसिना सोस्ने खालका मोजा मात्र लगाउने,
– खुट्टा धोएपछि पुछ्ने,
– खुट्टालाई गुम्स्याएर नराख्ने,
– औंलाका कापमा पानी जम्न नदिने,
– हिलोमा काम गर्दा छालाको विशेष ख्याल गर्ने ।

13/09/2017

Get up to 15% discount on pathology services
we will collect samples from your home and deliver test report via email or viber for free*

Call us at 9801014464 ( 9:30 am to 4:30 pm)

*condition apply

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Baluwatar(opposite IOM)
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00