Micro Times
समय सान्दर्भिक र विश्वभरि हुने जानकारीका लागि माइक्रो टाइम्स?
27/04/2025
डिभोर्स गरिसकेपछि एउटी युवतीले मन छुने कुरा गरेकी छिन्— “मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो ।
त्यसपछि म मेरो केही झूटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन । उल्टो श्रीमानलाई दाइजो प्रथाको झूटो केशमा फसाइदिएँ ।
६ वर्ष भएछ म माइतीघरमा बसेकी छु ।केश झूटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो ।
उहाँले धूमधाम सँगले दोस्रो विवाह गर्नुभयो । आज सोची रहेकी छु मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी भए आज मेरो पनि १/२ वटा बच्चाहरू हुने थिए । म पनि मेरो साथीहरू जसरी खुसीका साथ आफ्नो श्रीमानको साथमा बसेको हुन्थें ।
साथ कसैले दिनेवाला छैनन् , सल्लाह सबैले दिन्छन् ।अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ ।
अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नू नै बेस हुन्छ ।"
26/04/2025
यस सन्दर्भमा एउटा कुरो बिर्सन हुँदैन — उही कार्यक्रमको अघिल्लो एपिसोडमा प्रदीप खड्काले “म राजा होइन, राष्ट्रपति रोज्छु” भन्ने स्पष्ट धारणा राखेका थिए। त्यसबेला कुनै विरोध देखिएन, बहिष्कार त परै जाओस्।
त्यस्तै, विगतमा त्यही शोमा अन्य कलाकारहरूले समेत राजसंस्थाप्रति आलोचनात्मक भनाइ दिएका थिए, तर त्यस्तो तीव्र सामाजिक प्रतिक्रिया आएको थिएन।
अब प्रश्न उठ्छ — किन अहिले मात्र यस्तो बहिष्कार? किन सुरक्षा पन्तको नाममा आक्रोश केन्द्रित भयो?
यो बुझ्न जरूरी छ
अभिव्यक्तिको स्वतन्त्रता भन्ने कुरा हामी सबैको साझा अधिकार हो — तर त्यसको प्रयोग गर्दा सामाजिक सन्दर्भ, जनभावना र ऐतिहासिक संवेदनशीलता बुझ्न अझ ठूलो जिम्मेवारी आवश्यक हुन्छ।
हृद्येन्द्रलाई लिएर गरिएको व्यङ्ग्य अहिले कुनै ‘सजिलो विषय’ थिएन। अहिले देशभर राजसंस्थाको पुनःस्थापनाबारे चर्को बहस चलिरहेको छ। जनताको ठूलो वर्ग त्यो इतिहाससँग भावनात्मक रूपले गाँसिएको छ। त्यस्तो समयमा कलाकारबाट गरिएको हल्का मजाक, ‘स्वतन्त्र विचार’ होइन, जनभावनामाथिको उपहास हो।
कलाकारले सत्य बोल्नुपर्छ, अवश्य — तर त्यो सत्य घमण्डले होइन, गम्भीरताले प्रस्तुत हुनुपर्छ। सुरक्षाको अभिव्यक्तिमा न व्यङ्ग्यको समयअनुकूलता थियो, न शिष्टता, न जनताप्रतिको संवेदनशीलता। त्यसैले यो ‘साँचो बोल्दा रिसाउनेहरूको कमजोरी’ होइन — यो जनताको चेतनाको प्रतिक्रिया हो।
फिल्म बहिष्कार जनताको कमजोरी होइन, उनीहरूको विवेकको प्रमाण हो। सुनिने आवाज मात्रै ‘साँचो’ होइन, जनताको मौनताले पनि गहिरो असहमति देखाउँछ।
अन्त्यमा, आवाज त सबैसँग हुन्छ – तर जिम्मेवार आवाज सधैं अलिक गहिरो सोचेर बोलिन्छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Dev
Kathmandu
33000
07/02/2025
04/02/2025
02/01/2025