Muldhaar

Muldhaar

Share

online news portal from nepal

27/02/2026

गोठ

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङमा रहेको घुम्ती पशुगोठ । चिसो छल्न हिउँदमा बेसीका फाँटमा ल्याएर खेतबारी मलिलो बनाएपछि गर्मी बढ्न थालेसँगै पशुचौपायाका गोठलाई लेकतर्फ लैजाने गरिन्छ । तस्बिरः सन्तोष गौतम÷रासस

25/02/2026

सेताम्मे हिमशृङ्खलाअगाडि फरफराइरहेको राष्ट्रिय झण्डा

वरिष्ठ समाजसेवी हरि र ममता महत दम्पतीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर छेउमा राखिएको राष्ट्रिय झण्डा र पृष्ठभूमिमा देखिएको सेताम्मे हिमशृङ्खला । महत दम्पतीले मुक्तिनाथ क्षेत्रमा थप सुन्दरता ल्याउने उद्देश्यले झण्डा राखेका हुन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

18/02/2026

पशुपतिमा प्रहरीको छातीमा लात्ती हान्ने युवक पक्राउ

महाशिवरात्रीको दिन पशुपतिनाथ क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कवानपुर ठुलदमार स्थाई घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
पक्राउ परेका श्रेष्ठले पशुपतिमा शिवरात्रीको दिन ड्युटीमा खटिएका प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तैपनि, प्रहरीले कुट्ने युवकको पहिचान गरेर पक्राउ गर्न सकेको थिएन ।
भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि काठमाडौं प्रहरी परिसरले सूचना नै जारी गरेर युवकबारे जानकारी दिन आह्वान गरेको थियो।

17/02/2026

पैदलयात्रीलाई झापड हान्ने व्यक्ति पारस बम पक्राउ

पैदलयात्रीलाई झापड हान्ने कार चालक पारस बमलाई पक्राउ गरिएको छ । पक्राउपछि उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । भिडिओमा सडक पार गर्दै गरेको एक वृद्धलाई बा ३ च ११०३ नम्बरको गाडीबाट एक अधवैशे पुरुषले गाडीबाट झरेर ती वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ । सार्वजनिक स्थलमा पुरुष त्यसरी कुटपिटमा उत्रिएपछि चौतर्फी आलोचना भएको थियो ।

Photos from Muldhaar's post 16/02/2026

पाण्डवेश्वर महादेव धाम

दाङको घोराही उपमहानगरपालिका–५ स्थित चुरे पर्वतको काखमा, पवित्र सरयू गङ्गाको उद्गमस्थल मानिने बबई नदीको किनारमा करिब ३२ हेक्टर क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर महादेव धाम, धारापानी । तस्बिरः कुलदीप न्यौपाने/रासस

Photos from Muldhaar's post 13/02/2026

हिउँमा गस्ती गर्दै नेपाली सेनाको टोली

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ थुर्लुङफाटस्थित नेपाली सेनाको निर्वाचन बेस क्याम्पका सेनाको टोली हिउँले सेताम्मे सुर्खाङ पदमार्गमा गस्ती गर्दै । तस्बिर :सुन्दरकुमार थकाली / रासस

10/02/2026

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, नदीबाट शव निकाल्ने र उद्धार कार्य जारी

भिडियोः गोपाल थोकर तामाङ, सामाजिक सञ्जालबाट

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताएका छन्। उनका अनुसार ६ जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको छ भने बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३(०१(९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको हो ।

07/02/2026

यसपटक कस्ले मार्ला त बाजी ?

07/02/2026

फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छः गगन थापा

Photos from Muldhaar's post 07/02/2026

मुस्ताङमा स्कि च्याम्पियनसिप सुरु

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका१ रानीपौवामा आजदेखि स्कि च्याम्पियनसिप सुरु । नेपाल स्कि सङ्घ एसोसिएसनको आयोजना र स्कि सङ्घ मुस्ताङको संयोजनमा भएको उक्त प्रतियोगितामा देशभरको पाँच वटा जिल्लाबाट करिब २८ जना खेलाडीले भाग लिएका छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस

07/02/2026

भदौरे राई दम्पती हत्या प्रकरणः काठमाडौंबाट २ जना पक्राउ, ल्याइँदै ओखलढुंगा

Photos from Muldhaar's post 06/02/2026

हिउँमाथि पार्किङ गरि राखेजस्तै देखिएका सवारी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बजार नजिकै रहेको मुक्तिनाथ बसपार्कमा पार्किङ गरि राखेका सवारीसाधनहरु । यहि माघ १४ गते परेको बाक्लो हिउँ नपग्लिदा सवारीसाधनहरु हिउँमाथि पार्किङ गरेजस्तै देखिएको छ । तस्बिर स् सुशीलबाबु थकाली/रासस

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Sarswatinagar
Kathmandu