GraminPost

GraminPost

Share

Get up-to-date news and information about Nepal

05/11/2025

सडकमा रक्तपात मच्चाउने भगौडा प्रधानमन्त्री टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन्, तर जेलभित्रको अँध्यारो कोठामा बन्दी रहेका रवि लामिछानेको आठ घण्टा बयान लिइन्छ।
यही हो लोकतन्त्र?

05/11/2025

इतिहास नमेटिने...

05/11/2025

good morning; ☕️☕️🙏

04/11/2025

Good Night

04/11/2025

Repost....

04/11/2025

छत्र शाहिले नचाए सबैलाई....

04/11/2025

प्रचण्डले माओवाद त्यागेपछि पूर्व कमाण्डर आक्रोशित

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विचार त्यागेर गरिएको पार्टी एकता दिगो नहुने भन्दै तत्कालीन जनमुक्ति सेनाका एक कमाण्डरले पुनर्विचार गर्न सुझाव दिएका छन्। रोल्पा घर भएका र हाल घाइते विजय केसी विकल्पले प्रचण्डलाई खुला पत्र लेख्दै नेकपा (एकीकृत समाजवादी)सँगको एकता टिकाउ नहुने दाबीसहित होसमा आउन सल्लाह दिएका छन्।

दशवर्षे जनयुद्धमा सक्रिय भूमिका निभाएका केसीले प्रश्न गरेका छन् कि माधवकुमार नेपालहरूले माओवादी जनयुद्धको विचार, राजनीति र आदर्शलाई निशर्त स्वीकार गरेका हुन् त? ‘आम माओवादी कार्यकर्ता र जनताहरूको सहमति कसरी प्राप्त होला?’ उनका प्रश्न छन्। उनका सुझाव छ — ‘विचार त गर्नु भएको होला, आफ्नै परिवार मिलाउन नसक्दा त कति गाह्रो छ, अरूलाई लिएर मिल्छौं भन्नु भरपर्दो देखिँदैन, सायद कमै टिकाउ होला।’

विभिन्न एम्बुसको कमाण्ड सम्हालेका केसीले जनयुद्धकालमा प्रचण्डलाई दिएको घडी पनि सम्झिएका छन्। उनले लेखेका छन् ः ‘डोटीको घन्टेश्वरमा मेरो कमाण्डमा गरिएको सफल गाडी एम्बुसबाट प्राप्त घडी अध्यक्षलाई युद्धमैदानको चिनो हुनेछ भनेर तत्कालीन ब्युरो इञ्चार्ज कमरेड प्रभाकरण रहेको क्षेत्र सेती–महाकालीबाट तत्कालीन ब्रिगेड कमिसार कमरेड उत्तम हुँदा कमाण्डर विविधको हातबाट हेड क्वार्टरलाई सम्झदा गौरव लागेको थियो। युद्ध सामग्री कब्जा गर्दा सँगै आएको त्यो घडी सायद पाउनु भयो होला।’

माओवादी ध्रुवीकरणको वकालत गर्दै आएका केसीले पत्रमार्फत् प्रचण्डलाई खारा मोर्चाको स्मरण गराएका छन्। उनले भनेका छन् ः ‘खारा मोर्चाको शिक्षा र अनुभवले सिङ्गो माओवादी युद्धलाई फरक ढंगले अघि बढ्न बाध्य बनाएको थियो, जसको फिल्ड कमिसार कमरेड विप्लव हुनुहुन्थ्यो, कमाण्डर कमरेड पासाङ र सहकमाण्डर कमरेड प्रभाकर हुनुहुन्थ्यो। दुर्भाग्य आज यी चार जना युद्धका सारथी चार दिशातिर फर्किंदै हुनुहुन्छ, त्यसैले म यो खुला पत्र हजुरको नाममा लेख्दैछु।’

महान सपना बोकेर युद्धमा होमिएका आफू अहिले घाइते र निरिह जीवन बिताइरहेको केसीले अवगत गराएका छन्। उनले लेखेका छन् ः ‘म घरको कान्छो छोरा हुँ, खान नपुगेर युद्धमा हिँडेको मान्छे होइन। बुढो घर छ गाउँमा, ढल्दै गरेको प्रत्यक्ष रूपमा देख्दैछु, टेकोसो राख्न काठ किन्ने पैसा छैन — यो जीवन हजुरले बनाइदिएको होइन र?’

केसीले पत्रको अन्त्यमा जनयुद्धमा बाँडिएको सपना अझै पूरा नभएको भन्दै त्यो पूरा गर्न प्रचण्डको ध्यानाकर्षण गराएका छन्। प्रचण्डकै कारण आफूहरू घाइते र बेसहारा बनेको भन्दै उनले भनेका छन् ः ‘हामीलाई घरबारविहीन बनाउनुभयो, हामीलाई माओवादी बनाएर अर्कोतिर लग्नुभयो, हामीलाई अलग बनाउनुभयो... यस्ता गुनासो उठाउन पाइन्छ कि छैन हामीलाई? कृपया, विनापूर्वाग्रह आफ्नो सन्तानको आवाजलाई सम्बोधन गर्ने प्रयास गर्नुहोला।’

04/11/2025

हेर्नुस् त के भन्दै हुनुहुन्छ उहाँहरु...

04/11/2025

Good morning; ☕️☕️🙏
यो समय black tea को ।

03/11/2025

मंसिर २७ गते राजधानीमा केपि ओलिको शक्ति प्रदर्शन...

बाँकी कमेन्टमा...

03/11/2025

जेनजी आन्दोलनमा खटिएका प्रहरीलाई पनि उपत्यका नछोड्न उर्दी

बाँकी कमेन्टमा...

03/11/2025

कुलमानको नयाँ पार्टी

उर्जा, जलस्रोत तथा सिन्चाइमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ताको लागि आन्तरिक गृहकार्य तीब्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जान लागेको चर्चा चलिरहेको बेला उनले नयाँ पार्टी बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको बताइएको छ ।

रास्वपा छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ,कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकाल लगायतलाई समेटेर घिसिङले दल खोल्न लागेको स्रोतले बताएको छ । बुझिएअनुसार केही दिनमै नाम टुंगो लगाएर निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिने तयारी छ । चुनाव चिन्ह 'बिजुलीको चिम' राख्ने मोटामोटी सहमति भइसकेको बताइन्छ ।

केही दिनअघि बालुवाटारमा जेन-जी अगुवाहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई चुनाव लड्ने हो ? भनेर सोधेकी थिइन् । उनले प्रष्ट जवाफ नदिए पनि निर्वाचनमा जाने संकेत दिएका थिए ।

‘चुनावको प्रसंग उठेपछि प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईं के गर्ने हो भनेर सोध्नुभएको थियो’, बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘मन्त्रीज्यूले स्पष्ट जवाफ त दिनुभएन, तर उहाँको संकेत चुनाव लड्छु नै भन्ने थियो ।’

त्यसो त, घिसिङको नेतृत्वमा रास्वपा पुर्नगठन गर्न लागेको चर्चासमेत नचलेको होइन । यो प्रक्रियामा लागेका रास्वपाका केही नेताले नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेसँग केही चरण छलफल पनि गरेका थिए । तर, रविले नेतृत्व छोड्न आफू जेलमुक्त हुनुपर्ने शर्त राखेपछि घिसिङ नयाँ पार्टी खोल्ने तयारीमा लागेको बताइन्छ ।

केही समययता घिसिङ, पूर्व शिक्षामन्त्री श्रेष्ठ र ढकाल प्रायः दैनिकजसो भेटिरहेकाे उनीहरूकाे सामाजिक सञ्जालकाे गतिविधिबाट पनि प्रष्ट हुन्छ । अधिकांश समय गाउँघरमा बस्न रुचाउने ढकाल दल गठनकै लागि पछिल्लो समय काठमाडौँ केन्द्रित भएको स्रोतले बतायो ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Tokha
Kathmandu