BSB
all News update
शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौँ महानगरपालिका वडा नं. १५ को आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको समन्वयमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८२ साल पुस २१ गते चमति खेलकुद पार्कमा सम्पन्न भयो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी, वडा अध्यक्ष ईश्वरमान डंगोल, महानगरीय प्रहरी उपरीक्षक शिवलाल पौडेल, प्रहरी निरीक्षक राजु खरेल, वडा सदस्यहरू, वडा सचिव तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अन्तरक्रियामा वडा भित्रको शान्ति सुरक्षा अवस्था, स्थानीय उद्योग तथा मजदुरको सुरक्षा, अपराध नियन्त्रण र समुदाय–प्रहरी सहकार्य सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमले स्थानीय सरकार, प्रहरी प्रशासन र समुदायबीचको समन्वयलाई थप मजबुत बनाएको निष्कर्ष निकालिएको छ।
वडा नं. १५ मा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न
काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको आयोजनामा तथा वडा नं. १५ को सहकार्यमा सञ्चालन गरिएको पाँच दिने उद्यमशीलता विकास कार्यक्रम मिति २०८२ साल पुष २१ गते सम्पन्न भएको छ।
“एक वडा एक नमुना कार्यक्रम अन्तर्गत एक वडा एक उद्यम” अवधारणाअनुसार सञ्चालन गरिएको उक्त तालिममा उद्यम, व्यवसाय, बजार व्यवस्थापन, उत्पादन, लगानी, उपयुक्त स्थान छनोट तथा वर्तमान बजार अवस्थाबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा वडा अध्यक्ष ईश्वरमान डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागको आयोजनामा “एक वडा एक नमुना कार्यक्रम अन्तर्गत एक वडा एक उद्यम” विषयमा पाँच दिने उद्यमशीलता विकास तालिम २०८२ पुष १६ गते काठमाडौँ महानगरपालिका वडा नं. १५ कार्यालयमा सुरु भएको छ।
काठमाडौँ महानगरपालिका वडा नं. १५ तथा स्वयम्भू सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम २०८२ साल पौष १४ गते भव्य रूपमा सम्पन्न भएको छ।
🙏🙏🙏
काठमाडौ महानगरपालिकाले आयोजना गरेका स्वयम्भू महात्सव फागुन १० गतेदेखि १७ गतेसम्म हुने भएकोले यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
स्थानः स्वयम्भू, भुईखेल
15/05/2024
का.म.पा. वडा १५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगाेल ज्यु साथै वडा सदस्यहरूको अगुवाइमा १५ वडामा रहेका सघं, संस्था र टोल सुधार समितिहरू सँग विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथ मन्दिर परिर्षमा यही आउने २०८१ /०२ / १० बुद्ध जयन्ती तथा साँखाधावा पर्वको व्यवस्थापन तथा सुरक्षाको विषयमा सामूहिक छलफल गरी स्वयंसेवक परिचालन सम्बन्धी कुराकानीहरूमा बैठक सञ्चालन गरिएको थियो।
07/04/2023
नेपालको एक मात्र बुद्धिजम विद्यालय स्वयम्मुकाे का.मा.पा
वडा १५ मा रहेको आन्नद कुटी विद्या पिठ पुन निर्मित
उपेक्षा भवन हस्तान्तरण कार्यक्रम रहेको थियो भने
यस भवन निर्माणका लागी पूर्व विद्यार्थी हरुको सहयोग
वाट भएको थियो । यस विद्यालयको अर्को अमितानन्द
भवन पुन निर्माणका लागी बीस लाख आर्थिक सहयोग
गरिएको थियो । यस कार्यक्रममा वडा १५ का वडा अध्क्षय
इश्वरमान डंगाेल तथा सदस्य विजु श्रेष्ठ साथै विभिन्न व्यक्तिहरूको
'उपस्थिती रहेको थियो ।
04/04/2023
का. म. पा. १५ वडा बाट प्रोवायोटिक ड्रिङ्कक तालिम सञ्चाल गरियोकाे थियो । का.म.पा १५ वडा महिला सदस्य रिता मिजार ज्युको पहलमा का. म.पा १५ वडा सदस्य श्री अवसा के. सी साथै बिजु श्रेष्ठकाे समन्वय का .म.पा १५ वडा अध्क्षय
श्री इश्वरमान डंगोल ज्युको सहकार्यमा प्रोबायोटिक ड्रिङ्कक तालिम सञ्चाल गरिए थियो भने यस तालिमलाई वायोटेक सुश्री प्रतिज्ञा भट्ट वाट तालिम प्रदान गर्नु भएको थियो र श्री रिता मिजार ज्युले भन्नु भए अनुसार अहिले समित व्यक्ति हरुलाई यो तालिमा सहभागी भएका र अब अर्को तालिममा छुटिनु भएको व्यक्तिहरुलाई पनि तालिममा सहभागी गर्ने जनाउनु भएकाे थियो र यस तालिन बाट आर्थिक उपार्जन गर्न सकिने पनि बताउनु भएकाे थियो ।
27/02/2023
Modern Nepal academy parents day 2079 chief guest ward 15 chairperson Mr. Ishwar Man Dangol with ward 15 member invite in program.
16/02/2023
का.म.पा १५ आनन्दकुटी विद्यापीठ विद्यालय चाइना सरकारको सहयोगमा २०७२ सालको भूकम्पको कारणले क्षतिपुगेको विद्यालयको भवन निर्माण गरिएको समुद्घाघाटन गरी नेपाल चिनियाँ दूतावासका नवनियुक्त Excellency Mr. Chen Song का का साथै उहाँका का.म.पा १५का वडा अध्यक्ष श्री ईश्वरमान डंगोल उपस्थिति हुनुभएका थिए।
12/02/2023
मिति:२८ माघ २०७९, शनिबार
किशोरीलाई आत्मरक्षा तालिम
किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि काठमाडौँ महानरपालिका १५ वडाले नगरभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
कामनपा १५ वडाको आयोजनामा स्वयम्भु खेलकुद बिकास समितिको संयोज तथा स्वयम्भु ट्रेडिशनल कुङ फु ट्रेनिङ्ग सेन्टरको प्राविधिक सहयोगमा वडा भित्रका विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरु प्रतिरक्षा लागि सक्षम बनाउन सात दिनको तालिम प्रदान गरिएको हो ।
तालिमको आज समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष डंगोलले समाजमा महिलालाई कमजोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनीकरणमा तालिम फलदायी हुने बताउनु भयो । किशोरीहरु आफै सुरक्षित भएर हिँड्नुपर्ने बाध्यताका बीचमा यस्ता खाले तालिम जीवन उपयोगी हुने उहाँको भनाई थियो ।
महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा वडाभित्रका ५० भन्दा बढी किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको तालिमको प्राविधिक सहयोगी स्वयम्भु ट्रेडिशनल कुङ फु ट्रेनिङ्ग सेन्टरका अध्यक्ष राजु नेपालीले बताउनु भयो ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो ।
खेलाडी सम्मानीत
स्वयम्भु खेलकुद बिकास समितिका अभ्यक्ष विनोद श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमा कामनपा १५ वडाका ५० वर्षउमेर माथिका खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । आफ्नो जीवनको अमुल्य समय खेल र राष्ट्रप्रती सम्पित गरेका विभिन्न खेल विधाका खेलाडीहरुको सम्मान स्वरुप सम्मानित गरिएको स्वयम्भु खेलकुद बिकास समितिका अभ्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।
उनले १५ वडामा बाँकी रहेका खेलाडीहरुको खोजि गरी खेलाडीहरुको हक हितका लागि विशेष कार्यक्रमहरु गरिने समेत बताउनुभयो ।
स्वयम्भुको भुईखय् को खेलमैदानमा सम्पन्न भएको उक्त कार्यक्रममा कामनपा १५ वडाका वडासदस्यहरु मैया लक्ष्मी महर्जन, बिजु श्रेष्ठ, रिता मिजार लगायतको उपस्थिति रहेको थियो ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu