Nagarik App

Nagarik App

Share

All Government Services in One App

Download NagarikApp https://tny.ws/nagarikApp

31/03/2026

आदरणीय सेवाग्राहीहरू,
सिंहदरबारको डिजिटल गेट पास प्रणाली पुनः सञ्चालन सम्बन्धी सूचना

सिंहदरबार प्रवेशका लागि Nagarik App मार्फत उपलब्ध QR Code स्क्यान सुविधा प्रयोग गरी सहज रूपमा गेट पास सेवा लिन सकिन्छ।। २४ भदाैको आन्दोलनका क्रममा सिंहदरबारको गेटमा रहेका क्यूआर कोड स्क्यान गर्ने प्रणालीमा क्षति पुगेपछि अवरुद्ध भएको यो सेवा पुनः सञ्चालनमा आएको हो ।

🔹 कसरी प्रयोग गर्ने?
१. मोबाइलमा रहेको नागरिक एपमार्फत आफूले जान चाहेको मन्त्रालय वा कार्यालयका लागि गेट पास आवेदन दिने ।
२. सम्बन्धित मन्त्रालय वा कार्यालयको शाखाबाट उक्त आवेदन स्वीकृत (Approve) भएको सुनिश्चित गर्ने ।
३. सिंहदरबार प्रवेशद्वारमा पुगेर त्यहाँ उपलब्ध रहेको क्यूआर कोड नागरिक एपमार्फत स्क्यान गर्ने ।
४. स्क्यान गरेपछि प्राप्त हुने डिजिटल गेट पास सुरक्षाकर्मीलाई देखाएर भित्र प्रवेश गर्ने ।

Citizen perception - Nagarik-App 31/03/2026

आदरणीय नागरिकज्यूहरू,
नमस्कार 🙏

नागरिक एपमा भएका सेवाहरु सुधार तथा नागरिकको सन्तुष्टि मापन गर्ने उद्देश्यले Citizen Rapid Assessment Form (मूल्याङ्कन फारम) सञ्चालन गरिएको छ।

👉 कृपया केही मिनेट समय दिएर यो फारम भरी दिनुहोस्।
👉 तपाईंको प्रतिक्रिया हाम्रो सेवाको गुणस्तर सुधार गर्न अत्यन्त महत्वपूर्ण हुनेछ।

📌 फारम भर्ने लिंक: https://forms.gle/gdmxwNUBQ22Bzaon6
धन्यवाद।

Citizen perception - Nagarik-App Citizen Perception Rapid Assessment on the Use, Usability, Trust, and Effectiveness of the Nagarik App in Nepal नेपालमा नागरिक एपको प्रयोग, उपयोगिता, विश्वास र प्रभावकारिता सम्बन्धी ...

13/03/2026

सूचना

आदरणीय नागरिकहरूमा नमस्कार।

Nagarik App सम्बन्धी सेवा तथा सहयोगका लागि हेल्पडेस्क नम्बर ११०१ मिति २०८२ साल चैत ०१ गतेदेखि सञ्चालनमा आउने भएको छ। उक्त नम्बरमा कल गर्दा कुनै शुल्क लाग्ने छैन ।

हालसम्म प्राप्त भएका सबै फोन कलहरू उठाउन नसकिएकोमा हामी क्षमाप्रार्थी छौं। अब उप्रान्त नागरिक एप सम्बन्धी कुनै समस्या, जिज्ञासा वा सहयोग आवश्यक परेमा हेल्पडेस्क नम्बर ११०१ मा सम्पर्क गरी आवश्यक जानकारी तथा सहयोग प्राप्त गर्न सक्नुहुनेछ।

धन्यवाद।

03/03/2026

आदरणीय नागरिकहरू, नमस्कार।
यदि तपाईं पहिलो पटक नागरिक एपमा दर्ता (Registration) गर्दै हुनुहुन्छ भने, सर्वप्रथम आफ्नो सिम कार्ड आफ्नै नाममा दर्ता भएको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
सिम कार्ड जाँच गर्ने तरिका:

• यदि नमस्ते (नेपाल टेलिकम) को सिम भए 👉 *922 # डायल गर्नुहोस्।
• यदि एनसेलको सिम भए 👉 *9966 # डायल गर्नुहोस्।
डायल गरेपछि सिम कसको नाममा दर्ता छ भन्ने विवरण देखिन्छ।

⚠️ महत्वपूर्ण:
सिम कार्डमा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) हुनुपर्छ अनि मात्रै दर्ता प्रक्रिया अघि बढ्छ।

यदि सिममा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) नभएमा नजिकैको नेपाल टेलिकम वा एनसेल कार्यालयमा गएर नाम सच्याउनुहोस।

27/02/2026

Nagarik App सम्बन्धी जानकारी

नागरिकहरूले आफ्नो भोटर कार्डको विवरण एपमार्फत हेर्न तथा आवश्यक परेमा स्क्रिनसट (Screenshot) लिन सक्ने सुविधा उपलब्ध रहेको छ। यसको लागि नागरिक एप Version 2.0.91 Update अनिवार्य हुनुपर्छ।

🔹 एपमा लगइन गरी आफ्नो प्रोफाइलमा जानुहोस्।
🔹 “भोटर विवरण” / “Voter Card” सम्बन्धी सेवा चयन गर्नुहोस्।
🔹 विवरण हेरेपछि आवश्यक परेमा Screenshot लिन सक्नुहुन्छ।

स्क्रिनसट लिँदा व्यक्तिगत विवरण सुरक्षित राख्नुहोस्। अनधिकृत व्यक्तिलाई आफ्नो विवरण नदिनुहोला।

धन्यवाद।

08/02/2026

One Team, One Dream.

Well played Boys.

04/11/2025

सूचना॥

आजदेखि नागरिक एपमा सवारीचालक अनुमतिपत्र (Driving License) सेवाको पुनः सञ्चालन गरिएको छ।
यस सेवासँगै Traffic Violation (सवारी नियम उल्लङ्घन) तथा Online ट्राफिक सचेतना कक्षा सेवाहरू पनि सुरु भएका छन्।

यदि तपाईंको मोबाइलमा सवारीचालक अनुमतिपत्र देखिएको छैन भने कृपया एप पुनः सुरु (App Restart) गर्नुहोस्।

17/10/2025

आज मिति २०८२-०६-३१ गते राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि Pre-Enrollment सेवा सुचारु हुँदैछ।
अब तपाईंले आफ्नो पायकको जिल्ला निर्वाचन कार्यालय छानी Pre-Enrollment फारम भर्न सक्नुहुनेछ। तर यस अगाडिनै मतदाता नामावलीमा नाम दर्ता भैसकेका व्यक्तिले पुनः नामदर्ता गर्नु पर्दैन

यस सेवा प्रयोग गर्नका लागि कृपया नागरिक एपको नयाँ संस्करण (v2.0.84) प्रयोग गर्नुहोस्, जुन Play Store र App Store दुबैमा उपलब्ध छ।
नयाँ संस्करणमा अपडेट नगरेसम्म यो सेवा प्रयोग गर्न सकिने छैन।

एप अद्यावधिक गर्नका लगि- https://tny.ws/nagarikApp

15/10/2025

Congratulations

रातो र चन्द्र–सुर्य 🇳🇵

From the land of dreams to the stage of reality: Nepal marches to the Third World Cup!

26/09/2025

महत्वपूर्ण सूचना

नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको मिनभवनको सर्भरमा आएको प्राविधिक समस्याको कारणले गर्दा Driving License सम्बन्धी सबै सेवा हाललाई स्तगित भएको जानकारी गराउँछौं।

26/09/2025

आदरणीय सेवाग्राही,

भाद्र २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा पनि भएको तोडफोड तथा आगजनीका कारणले हाल सहायता केन्द्र अस्थायी रूपमा बन्द गरिएको छ। यस कारण हामी हाल कुनै पनि फोन वा ई-मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेका छौं।

यद्यपि, तपाईंलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै, हामीले Photo Verification प्रक्रिया स्वचालित (Automated) गरेका छौं। यदि तपाईंको फोटो अस्वीकृत भएको खण्डमा कृपया पूर्ण Digital MRP Size को फोटो पुनः अपलोड गर्न अनुरोध गर्दछौं।

हामी छिट्टै पुनः सहायता केन्द्र सञ्चालनमा ल्याउने प्रयत्नमा छौं।

यहाँहरुको सहयोग र समझदारीका लागि धन्यवाद।

28/07/2025

आज मिति २०८२-०४-१२ गतेका दिन श्रम तथा रोजगार मन्त्री माननीय शरदसिंह भण्डारीज्यूले श्रमसंसार पोर्टलको नागरिक एपसँग एकीकृत गरिएको सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। अब नागरिकहरूले नागरिक एपमार्फत श्रमसंसार पोर्टलमा पहुँच प्राप्त गरी रोजगारीका लागि सिधै आवेदन दिन सक्ने सुविधा उपलब्ध भएको छ।

यस नयाँ सुविधाको लागि नागरिक एपको संस्करण 2.0.83 मा एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा अद्यावधिक गरिएको छ। नागरिकहरूलाई नयाँ सेवा प्रयोग गर्न एप अद्यावधिक गर्न अनुरोध गरिन्छ।

यस एकीकरणले नागरिकमैत्री डिजिटल सेवा प्रणालीतर्फको थप महत्वपूर्ण उपलब्धि दर्शाउँछ।

एप अद्यावधिक गर्नका लगि- https://tny.ws/nagarikApp

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Singhadurbar
Kathmandu