Astro dipesh

Astro dipesh

Share

(astrology councelling center)vastu

10/11/2025

ॐ नमः शिवाय।

04/08/2025

Astro dipesh 21/04/2025

राहु

मानिसको जिब्रोमा माता सरस्वतिको वास हुन्छ ।माता सरस्वति राहुको देवी हो।यदि राहु बाट शुभ फल प्राप्त गर्नको लागि सँधै सत्य वोल्ने ,गायत्री मन्त्रको नित्य जप गर्ने ,कोहि कसैको पनि कुरा नकाट्ने,चुक्लि नलगाउने ,कुनैपनि धुम्रपान ,मद्यपानको नशामा लिप्त नहुने आदी।ईलायची,मिश्री आदि सुगन्धित पदार्थको सेवन गर्ने ।

हरहर महादेव,जय शिव शङ्कर
ज्याे.पं .दीपेश

Astro dipesh Share your videos with friends, family, and the world

09/10/2024

नवदुर्गाका नौ रुप र तिनका विशेषता
**शैलपुत्री**
नवरात्रको पहिलो दिन प्रतिपदा हो । यस दिन पूजा गरिने देवीको नाम शैलपुत्री हो । शैलपुत्री हिमालय पर्वतकी पुत्री हुन्, यद्यपि उनी सबकी अधिश्वरी हुन् । हिमालय पर्वतको तपस्या र प्रार्थनाद्वारा प्रशन्न भएर पुत्रीरुपमा प्रकट भएकी हुन् । नवदुर्गा स्वरुप यी देवीले मस्तकमा अर्ध चन्द्रमा धारण गरेकी छन् । जसको बाहन बृषभ छ र हातमा त्रिशुल ग्रहण गरेकी छन् । यी देवी भगवान् शिवकी परम प्रिया मानिन्छिन् । जसको श्रद्धापूर्ण उपासनाबाट मनोवाञ्छित लाभ हुने विश्वास गरिन्छ ।
**ब्रम्हचारिणी**
नवरात्रको दोस्रो दिन ब्रम्हचारिणी नाम गरेकी देवीको पूजा गरिन्छ । यिनले आफ्ना दुई करमा कमण्डलु र अक्षमाला धारण गरेकी छन् । सतीदेवीले पार्वती रुप धारण गरेपछि पुनः महादेवलाई प्राप्त गर्न तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । नवदुर्गारुपी ब्रह्मचारिणी देवीको उपासनाबाट विशेष गरेर ब्रह्मज्ञान प्राप्त हुने शास्त्रमा उल्लेख छ ।
**चन्द्रघण्टा**
चन्द्रघण्टा नामले प्रशिद्ध दुर्गा भगवती सिंहमा सवार छिन् र अनेक हातहतियारहरुले सुसज्जित छिन् । मस्तकमा चन्द्रमा भएको र उनको हातबाट दैत्यहरु सबैभन्दा त्रस्त भएकोले उनको नाम चन्द्रघण्टा (चन्द्रमा भएको घण्टा धारण गरेकी) रहन गएको हो । नवदुर्गाको तेस्रो रुप वा नवरात्रको तेस्रो दिन गरिने उनको पूजा आराधनाबाट आत्मिक रुपमा परिवर्तन आई नवीन अनुभूतिका साथ दिव्य र इच्छित वस्तु प्राप्त हुने गर्दछ ।
**कुष्माण्डा**
सूर्यको झैं तेज भएकी आठ हात भएकी, रगतले भरिएका दुई कलश धारण गरेकी देवी कुष्माण्डा भगवतीको पूजा गर्नाले अशुभ हटी शुभ प्राप्त हुने गर्दछ । नवरात्रको चौथो दिन उनको पूजा गरिन्छ । उनको अट्टहासमा ब्रह्माण्डको उत्पति र विनाश गर्ने शक्ति भएकाले यी देवीलाई कुष्माण्डा भनिएको हो । यसै दिन कामाक्षी भगवतीको पनि पूजा गरिन्छ ।
**स्कन्दमाता**
नवदुर्गाको पाँचौ स्वरुप मानिने स्कन्दमाताको पूजा पञ्चमीका दिन गरिन्छ । सिंहमाथि विराजमान भएकी, हातमा कमल धारण गरेकी नवदुर्गाको पाँचौ स्वरुप देवीको नाम स्कन्दमाता हो । नवरात्रको पञ्चमीको दिन पूजा गर्नाले कल्याण प्राप्त हुने यी देवी स्कन्दकुमारकी माता हुन् । स्कन्दमाताको आराधनाले भक्तजनका लौकिक, पारलौकिक सबै चाहना पूरा हुने जनविश्वास छ ।
**कात्यायनी**
नवरात्रको छैटौं दिन पूजा गरिने भगवती नवदुर्गाको नौ रुपमध्ये एक हो– कात्यायनी । महर्षि कात्यायनको तपस्याबाट प्रभावित भई भगवतीले उनको पुत्रीको रुपमा जन्म लिएकीले यी देवीको नाम कात्यायनी रहन गएको हो । चार भूजा भएकी सिंहबाहिनी उनमा ब्रह्मा, विष्णु र शिवको तेजोराशी थियो । महिषासुरलाई वध गरेकीले यिनलाई महिषासुरमर्दिनी पनि भनिन्छ ।
**कालरात्री**
कृष्ण वर्णकी भयंकर स्वरुप देवी कालरात्रीको पूजा नवरात्रको सातौं दिन गरिन्छ । नकरात्मक ऊर्जा विनाश गर्ने देवीको तीन नेत्र, चार भूजा रहेको छ । यिन वाहन गधा हो । सबलाई मार्ने कालको पनि रात्रि (विनासिका) भएकीले कालरात्री भनिएको हो ।
**महागौरी**
चार हात, बृषभ वाहन भएकी नवदुर्गा भगवतीको आठौं स्वरुप मानिने महागौरीको पूजा महाअष्टमीका दिन गरिन्छ । उनले तपस्याद्वारा महान् गौरवर्ण प्राप्त गरेकी थिइन् । त्यसैले उनी महागौरी कहलाइन् । भगवान् शिवकी प्रिया यिनलाई सेतो रङ मन पर्छ । श्वेत वस्त्र धारण गरेकी यिनको पूजा आराधना गर्नाले भक्ति, सुख तथा आनन्द प्राप्त हुन्छ ।
**सिद्धिदात्री**
नवरात्रको नवौ तथा अन्तिम दिन पूजा–अर्चना गरिने देवी सिद्धिदात्री नामले प्रशिद्ध छिन् । जसको आराधनाबाट सबै प्रकारका सिद्धि प्राप्त हुने भएकाले यिनलाई सिद्धिदात्री भनिन्छ । सिद्धि अर्थात् मोक्ष दिनेवाली भएकीले सिद्धिदात्री भनिएको हो । सिद्धपुरुषद्वारा आराधना गरिएकी देवीको भक्तिभाव पूजाबाट अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्ध, वशित्व अष्टसिद्धि प्रदान गर्ने देवी सबै मनोभावना पूर्ण गर्ने शक्ति मानिछ ।

नौ दुर्गासँग सम्बन्धित नवरात्री पर्व धार्मिक आस्था र आध्यात्मिक मान्यताको आधारमा मनाईन्छ। ९ रात, ९ देवी, ९ कहानी हरेक दिन अलग - अलग देवीको आराधना हुन्छ । नवरात्रिको ९ दिन नै किन ? १० दिन , ११ दिन या अरुदिन चाहिँ किन भएन, यहाँ ९ दिन जो अंक एकल अन्तिम अंक हो । ९ अंक उत्कृष्टता र सम्पूर्णताको प्रतिक मानिन्छ, जसले पूर्णताको प्रतिनिधित्व गर्ने मान्यता राखिन्छ । नवरात्र शब्द दुई शब्दमिलेर बनेको छ पहिलो नव (९) र दोस्रो रात्रि अर्थात् नवरात्रि अर्थात् नौ रात्रिको पर्व भनेर बुझिन्छ । वैदिक धर्ममा नवरात्रिको गणना ९ रात्रिमा गर्ने विधान छ ।

ज्योतिषशास्त्रमा ९ ग्रहको मान्यता अनुसार हरेक ग्रहका सम्बन्ध माँ दुर्गाको ९ स्वरूपसँग सम्बन्धित हुन्छ । ९ अंक मानव जीवनसँग अटुट सम्बन्ध एवं ज्यादै गहिरो प्रभाव रहनुको साथै यसको सर्वाधिक महत्त्व छ । नवरात्रिको ९ दिन पूजा र उपासनाको लागि सर्वोत्तम दिन मानिन्छ।

18/08/2024

जनैपूर्णिमामा भद्रा भएकाले रक्षावन्धन गर्न दाेषलाग्छ कि लाग्दैन भन्ने प्रश्नहरु अाएकाले भद्राकाे दाेष लाग्दैन भन्ने शास्त्रीय समाधान ।
भद्राकाे दाेष जनैपूर्णिमामा रक्षावन्धनका निमित्त सर्व साधारणलाई
कहिले पनि लाग्दैन राजाहरुलाई मात्रै लाग्ने हाे, तर कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुदा, भद्रा पाताल लाेकमामाहुने हुदा भद्राकाे दाेष पातालमा पातालवासी लाईमात्रै लाग्ने पृथ्वीवासीलाई नलाग्ने हुदा राजा महाराजाहरुलाई समेत दाेष नलाग्ने कुराकाे शास्त्रीय प्रमाण

कुंम्भकर्कद्वये मर्त्येsब्जे स्वर्गेsजात्रयेsलिगे ।
स्त्रीधनुर्जूकनक्रेsधाे भद्रा तत्रैव तत्फलम् ।।

12/08/2024

आज घरमै बसेर पोखरा पुम्दिकोट मा रहेको शिवजि भगवान को दर्शन गर्नुहोस ।

24/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Ripen Thapa, Rama Bhandari, Shabitri Bhatta, Sagar Guragain

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu