Bijaya Vehicle Rent Service

Bijaya Vehicle Rent Service

Share

We make travel fun. We give 24hr service. All over Nepal. ��

13/04/2024

एक दिन बसौन कूरा गरेर ल म रुम मिलाउछु😂जस्तै भाईरलमय होस 2081 साल पनि सबैलाई नेपाली नयां बर्षको शुभकामना ❤️‍🩹

23/03/2024

यी कुराहरूले सारै चिन्तीत छु म ।

हजुरबुवा पहाड हुनुहुन्थ्यो
बुवा मधेसको गाउँ झर्नुभयो
हामी छोराछोरी सहर पस्यौं
हाम्रा छोराछोरीहरू दुबई,कतार,मलेसिया हिँडे
नातिनातिना अमेरिका,अष्ट्रेलिया, जापान हिँडे
त्यसपछिका कहाँ जालान् ?

हजुरबुवा ढिँंडो र आटोमै बस्नुभो
बुवा भातको खोजीमा झर्नुभो
हामी फ्राइ राइसमा दौडियौं
हाम्रा छोराछोरी चाउमिन र मममै अघाए
नातिनातिना पिजा,बर्गर खान थाले
त्यसपछिकाले के खालान् ?

हजुरबुवाले सल्लाका दाउरामा पकाउनुभो
बुवाले सालका दाउरामा पकाउनुभो
हामीले स्टोभचुल्हो बालेर पकायौं
छोराछोरीले ग्यासचुल्हो बालेर पकाए
नातिनातिनाले बिजुलीचुल्होमै पकाए
त्यसपछिकाले केमा पकाउलान् ?

हजुरबुवा हिँडेरै खबर पुर्याउनुहुन्थ्यो
बुवाले हुलाकबाट चिठी पठाउनुहुन्थ्यो
हामीले टेलिफोनबाट खबर पुर्‍याउँथ्यौं
छोराछोरीले मोबाइलमा हेर्दै कुरा गर्थे
नातिनातिनाले आइफोनबाटै भिडियो कल गर्न थाले
त्यसपछिकाले के गर्लान् ?

हजुरबुवा गोरेटो र घोडेटोमा हिँड्नुभो
बुवा मालबाहक ट्रकमा हिँड्नुभो
हामी साइकल र बसमा हिँड्यौं
छोराछोरी मोटरसाइकल र एसी डिलक्स बसमा हिँडे
नातिनातिना कार र हवाईजहाजमा हिँड्न थाले
त्यसपछिका केमा हिँड्लान् ?

हजुरबुवा वेद र पुराण पढ्नुहुन्थ्यो
बुवा संस्कृत र रामायणका श्लोक घोक्नुहुन्थ्यो
हामी स्वस्थानी र कविता पढ्थ्यौं
छोराछोरी प्रेमकहानी र अङ्ग्रेजी पढ्थे
नातिनातिना एसएमएस र रोमन पढ्छन्
त्यसपछिकाले के पढ्लान् ?

हजुरबुवाको घर ढुङ्गाको छानाले चिनिन्थ्यो
बुवाको घर खर, झिँगटीले चिनिन्थ्यो
हाम्रो घर टिन र सामान्य ढलानले चिनिन्थ्यो
छोराछोरीको घर तले र रङले चिनिने भो
नातिनातिनाको घर ट्रस,मार्बल र वालपेपरले चिनिने भो
त्यसपछिकाको घर केले चिनिएला ?

- (सामाजिक संजालबाट साभार)

Photos from Bijaya Vehicle Rent Service's post 06/01/2021

Category

Telephone

Website

Address


Bir Hospital
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bijaya Vehicle Rent Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.