International Project Development Forum-IPDF
International Project Development Forum IPDF
18/09/2026
IPDF विभागीय प्रमुखहरूसँगको बैठक सम्पन्न
अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (IPDF) का विभागीय प्रमुखहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकले आगामी दिनमा IPDF अन्तर्गतका सबै विभागीय गतिविधि तथा कार्यक्रमहरूलाई द्रुत गतिमा अघि बढाउने, चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय ट्रेड फेयरमा IPDF बोर्ड तथा विभागीय प्रमुखहरूको सहभागिता सुनिश्चित गर्ने लगायतका विषयमा छलफल तथा निर्णय गरेको छ।
त्यसैगरी, IPDF का विभागीय प्रमुखहरूका लागि आयोजना गरिने २ दिने आवासीय प्रशिक्षण कार्यक्रमको मिति र समय IPDF सचिवालयले चाँडै तय गर्ने निर्णयसमेत गरिएको छ।
IPDF सचिवालय
08/09/2026
तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न
https://www.rastriyakhabar.com/?p=168116
07/09/2026
तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न
तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न – rastriyakhabar.com काठमाडौं, महाराजगञ्ज । International Project Development Forum (IPDF) को कला, संस्कृति तथा मनोरञ्जन विभागको आयोजना तथा फिटनेस विभागको सहजीकरण....
21/08/2026
मानव सेवामा IPDF को अर्को प्रेरणादायी कदम ❤️🇳🇵
International Project Development Forum (IPDF) को फिटनेस विभागकी संयोजक श्रीमती सोबिता धमालाज्यूको पहल तथा Limb Care Nepal को सहयोगमा धादिङ निवासी श्री रूपेश कटुवालज्यूलाई निःशुल्क ३डी प्रिन्टेड ‘Victoria Hand’ कृत्रिम हात जडान गरी सहयोग गरिएको छ।
‘Victoria Hand’ अत्याधुनिक 3D Printed प्रविधिमा आधारित कृत्रिम हात हो। IPDF ले यो परियोजना सञ्चालन गर्दा दक्षिण–पूर्वी एसियामै यस प्रकारको प्रविधिबाट कृत्रिम हात निर्माण गर्ने पहल नयाँ र महत्वपूर्ण प्रयासका रूपमा अघि बढाएको थियो। कृत्रिम हातखुट्टा निर्माण तथा वितरणमा सक्रिय जयपुरका चिकित्सकहरूसमेत IPDF को प्रयोगशाला अवलोकनका लागि आउनुभएको थियो।
यस मानवीय सहयोगले रूपेश कटुवालज्यूको जीवनमा नयाँ आत्मविश्वास, आशा, उत्साह र आत्मनिर्भरतातर्फ अघि बढ्ने प्रेरणा थपियोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस पुण्य कार्यलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने Limb Care Nepal का अध्यक्ष श्री अनार रत्न बज्राचार्यज्यू, प्रबन्ध निर्देशक श्री अमित रत्न बज्राचार्यज्यू, IPDF फिटनेस विभागकी संयोजक श्रीमती सोबिता धमालाज्यू, Fit Zoon Fitness तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति International Project Development Forum (IPDF) को तर्फबाट हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ।
मानव सेवाभन्दा ठूलो धर्म अर्को छैन।
सेवा केवल सहयोग होइन, कसैको जीवनमा आशा र आत्मविश्वास जगाउने माध्यम पनि हो।
IPDF — सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वमा सदैव अग्रसर। 🇳🇵❤️
— मुकुन्द ढुंगाना
अध्यक्ष
International Project Development Forum (IPDF)
21/08/2026
IPDF को जलविद्युत् तथा ऊर्जा परियोजना विकास विभागको सल्लाहकारमा कमल कार्की नियुक्त
IPDF को जलविद्युत् तथा ऊर्जा परियोजना विकास विभागको सल्लाहकारमा कमल कार्की नियुक्त – rastriyakhabar.com काठमाडौं । International Project Development Forum (IPDF) का निवर्तमान संस्थापक महासचिव कमल कार्की जलविद्युत् तथा ऊर्जा परियोजना विकास विभाग...
23/11/2025
23/11/2025
आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर rastriyakhabar.com
Category
Website
Address
Bagmati
Kathmandu