Deepak Merciful

Deepak Merciful

Share

विभिन्न जानकारी मुलक सन्देश , गीतसंगीत, राजनैतिक , सामाजिक , मनोरञ्जन तथा अन्य सकारात्मक कुराको लागि

पुर्व राजाले बोले नयाँ वर्षको पुर्व सन्ध्यामा, तीनकुने घट्ना बारे के के भने त ?? 13/04/2025

पुर्व राजाले बोले नयाँ वर्षको पुर्व सन्ध्यामा, तीनकुने घट्ना बारे के के भने त ?? पुर्व राजाले बोले नयाँ वर्षको पुर्व सन्ध्यामा, तीनकुने घट्ना बारे बोले

13/04/2025

आज यो वर्षको अन्तिम दिन, सबैको लागि यो वर्ष के कस्तो रह्यो थाहा भएन तर मेरो लागि भने २०८१ साल खासै खास रहेन। देश नै आर्थिक रुपमा दुर्वल भएपछि हामी जनताको दैनिकी पक्कै पनि कसैको राम्रो बन्न सक्दैनन् । सबैको पीडा यहाँ उस्तै उस्तै छ । देशमा चरम असन्तुष्टि र राजनैतिक रुपमा देश निकै संकटमा गएको महसुस मैले गरेकोछु । देशमा देशप्रेमी कोहि भेटिन सबै देशलाई निमोठ्न, निचोर्न र खुइल्याउन तल्लीन मात्रै मानव देखे । सबै देश जनताको नाम बेचेर राजनीति गरिरहेका छन् । वास्तविक जनताको पीडा बोक्ने कुनै राजनैतिक दल छैन । नेपाल आमाको नाम पनि बदनाम गरिरहेका झुण्डहरुले गर्दा आज नेपालीको शिर विश्वमा झुक्दैछ । यहाँ वादीहरु यानीकी राजावादी र गणतन्त्रवादीले गर्दा देशमा अशान्ति मच्चिएको छ । देश बनाउने शुत्र कसैमा छैन । आफै देश बनाउने शुत्र प्रतिपादन गर्ने क्षमता छैन् । अरुको कपि गरेर गर्न खोजेको विकास खोक्रो बिकास जस्तै हो । गफैगफमा सरकार हाक्ने प्रधानमन्त्री र मन्त्रीहरुको समय सकिन्छ । देशमा सुशासनको नाममा कुशासन भैरहेको छ । विगत कोट्याएर बस्नेहरुको ठुलै जमात भड्दो छ । भुतबाट पाठ सिकेर वर्तमानलाई मजबुद बनाउदै भविष्यमा अर्थतन्त्रमा हाम्रो देशको समृद्धि देखेर अरु देशलाई डाहा गर्ने बनाउने अभियानमा कोही छैन् । आफ्नो व्याक्तिगत स्वार्थको लागि जनता र देशको बदान गर्दै हिडिरहेका छन् राजावादी र गणतन्त्रवादीहरु । जो जहाँ पुगे पनि जति वटा व्यवस्था परिवर्तन गरेता पनि हाम्रो देशका जनताको अवस्था कहिल्यै फेरिएन ।
विश्वले भन्छ नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट संविधान हो भनेर तर यो नेपालमा रहेका जनताले संविधानको उचित कार्यान्वयन भएको अहिलेसम्म महशुस गर्न पाएका छैनन् । संविधानमा टेकेर सरकारको विकासमा फड्को मार्न सक्दैन विकासका सूचकांकमा सधै गिर्दो अवस्थामै भेटिन्छ । नेताहरु कुर्ची तानानान मै ब्यस्त छन् । सरकारले महगी रत्तिभर नियन्त्रण गर्दैन । सांसदहरू पनि संसद भवनमा केही गुनासो गर्दैनन् देशमा महगींले गर्दा विकास भएको छैन् । रोजगारी सिर्जनामा पटक्कै लाग्दैन सरकार , महंगीको विरुद्धमा यानीकी महगीं नियन्त्रणमा एकजना सांसदले सडक आन्दोलन गर्दैन । आफ्नो पेट जसरी पनि पालिन्छ जनताको रोजी रोटीको के मतलब यो सरकार र सांसदहरूलाई । रेमिटेन्सबाट देश चलेकै छ । राष्ट्र रिण बढाएको बढाई छ, जनतालाई तनावग्रस्त जीवन बनाएकै छन् । सोझा जनता भनौ कि के भनौ म जनताले पनि त्यस्तै जनप्रतिनिधि चुन्छन्
। आफ्ना छिमेकी देश कहाँ पुगे हामी भने कोसौ दुर छौ ।
एक एक शीर्ष नेताहरु, पुर्वमन्त्रीहरु, पुर्वप्रधानमन्त्रीहरु, हालका मन्त्रीहरु र प्रधानमन्त्रीहरु सबै सबैको सम्पत्ति छानबिन तत्काल सुरु गरेर यदि भ्रष्टाचार गरेर भेटिएको रकम सरकारको कोषमा जम्मा गरि देशको रिण तिरेर बिकासका आयोजनाहरु फटाफट चालू गराउने वातावरण यो अबको नयाँ वर्ष २०८२ मा होस् । २०८२ सालबाट नेपाल आमाको मुस्कुराएको हेर्ने आँखा र महसुस गर्ने मन सबैमा बनाउने वातावरण बनोस् । बितेको कुरा कोट्याएर होईन भएको संविधानमा टेकेर देशलाई विकासपथमा लैजान सकियोस् ।

11/04/2025

सानो सन्देश
-------------------------------
जीवन भनेको असीमित र अनिश्चित यात्रा हो जुन कति बेला टुंगिन्छ पत्तो हुँदैन । जीवनमा आरोह अवरोह आउँछ तर आत्तिनु हुँदैन । समयले कति बेला कस्को जीवनमा अवसर प्रदान गर्छ र अवसर खोस्छ कसैलाई पत्तो हुँदैन । समयलाई मानवहरुले समयमै चिन्न सके मौकामा हिरा फोर्छन नत्र अनायासै समय खेर जान्छ र मानवको जीवनमा सुन्यताको अलावा केही हुँदैन । अरु कसैले सिकाउन नसकेको पाठ समयले सबैलाई जीवनको कुनै न कुनै कालखण्डमा सिकाउछ । हरेक मानवको जीवनमा सुख अनि दु:ख दुबै पक्ष मिश्रित भएको हुन्छ । यहाँ धैर्यवान भएर जिवनमा अगि लम्किदै जानू को विकल्प छैन । समयको सदुपयोग सहि तवरमा जानेमा छोटो अवधि मै धेरै धन र मानसम्मान प्राप्त गर्न सकिन्छ भने समयलाई यत्तिकै विताउन चाहनेहरुलाई समयले नतिजा विहीन, उद्देश्यहीन सावित गरिदिन्छ र अन्त्यमा उसंग केही पनि साथमा हुँदैन । आफ्ना र आफन्ती भन्ने कुरा पनि आफुसंग केही छ यानिकी उनीहरुले प्रयोग गर्न सक्ने भउन्जेलसम्म मज्जाले उपयोग गर्छन् अनि काम लाग्न छोड्यो भनेपछि केही न केही बाहनाले पन्छाएर टाढा पुर्याछन् । यो समाजमा मान्छे धेरै तवरबाट प्रयोग भैरहेको हुन्छ । प्रयोग गर्नेले आफ्नो जीवन बनाउछन भने प्रयोग हुनेले आफ्नो जीवनमा रत्तिभर परिवर्तन ल्याउन सक्दैनन् । अहिलेको समय स्वार्थको छ । जिउँदो रहन स्वास त हामीले लिने र फेर्ने प्रक्रियामा दोहोरो काम गर्छौ भने जीवन बनाउनका निम्ति कसैलाई पनि निशुल्क रुपमा काम गर्ने र गराउनु हुँदैन भन्ने कुरा हामी मानव प्राणीले बुझ्न नितान्त जरुरी छ । समाजसेवी भन्ने महात्मा ठहरिने मान्छेले पनि स्वार्थ बोकेर सेवा गरेको हुन्छ । मलाई समाजमा समाजसेवी सबैले भनुन, उच्च ओहोदामा आफुलाई खडा गरून् अरु मान्छेले भन्ने हेतुले समाजसेवा गरेको हुन्छ । तसर्थ स्वार्थ नभएको मान्छे कोहि पनि भेटिन र भेट्ने पनि छैन् ।

108 Times Om Gam Ganapataye Namo Namaha | Ganesha Mantra 13/08/2024

https://youtu.be/aZKItw_uYc0

108 Times Om Gam Ganapataye Namo Namaha | Ganesha Mantra om 108 times ganesh mantra . Om gam ganapate namo namaha , , , , , ...

त्रिभुज संख्या कति छन पत्ता लगाउने सजिलो तरिका 12/08/2024

https://youtu.be/x0L56rMYDKY

त्रिभुज संख्या कति छन पत्ता लगाउने सजिलो तरिका त्रिभुज संख्या कति छन पत्ता लगाउने सजिलो तरिकाWelcome to our latest video where we explore the fascinating world of triangular numbers!In this video, we’ll s...

Solving 10 Missing Numbers Problems in an Easy Tutorial 04/08/2024

https://youtu.be/zNRz1mGI7iM

Solving 10 Missing Numbers Problems in an Easy Tutorial Join us as we solve 10 challenging missing numbers or values problems in this comprehensive tutorial. Perfect for sharpening your problem-solving skills and ...

Photos from Deepak Merciful's post 15/07/2024

Yati Thulo mantriharuko team maa euta pani dalit mantri atna sakenan . Thulo partyko man tw dhulo nai rahixa dalita ko barema . kasko kati dena xa vanne kura ta ek patak itihas padhnu ramrosang . Juna jogi aayani kanai chireka vaya , na congress, na emale ra na ta maowadi sabai ustai ustai xan ab mission 84 maa dalit harule vot nahalda ramro hola

26/03/2024

आसिफ शेखले जिताए गेम, आजको म्याच बारे के भन्दैछन् उनी??

30/01/2024

Cat is doing different activities with people

Exploring the Enigmatic Beauty of Pashupati Area 30/01/2024

https://youtu.be/ch9beOtzbeE?si=rb0xpBmJntnQx5kk

Exploring the Enigmatic Beauty of Pashupati Area Pashupati Area !! Mind blowing area in pashupati temple, pashupatinath temple history, pashupatinath temple documentar...

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

http://deepakmerciful.com/, http://deepakmerciful.com/

Address

Kathmandu
44600