Nepse Update

Nepse Update

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepse Update, Investing Service, Kathmandu.

16/05/2026

Head & Shoulder Pattern.

16/05/2026

सक्तिशाली हाइड्रो(Hydropower) हरु को बित्तिय अबस्था ।

10/05/2026

Gold dropped by Rs. 1,000 per tola, bringing the new rate to Rs. 298,900. Tejabi gold followed suit with an identical decrease, now trading at Rs. 298,200 per tola.
Bucking the trend, silver prices climbed by Rs. 25, reaching Rs. 5,300 per tola.

28/04/2026

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।
खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ ।

28/04/2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफासहित अधिकांश सूचक घटेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब १० करोड ३० लाख पुगेको छ ।
बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३३ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३७अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।
बैंकको खराब कर्जाको आकार समेत बढेको छ । खराब कर्जा ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ ।
यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी समेत १७.७४ रुपैयाँबाट घटेर १२.२९रुपैयाँ पुगेको छ ।

28/04/2026

Inflation & CPI

28/04/2026

ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको तुलनामा २.९३ प्रतिशतले कम हो ।
अघिल्लो आवका सोही अवधिसम्म भने बैंकले ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा समेत सामान्य गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोडमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफा समेत १५.३२ प्रतिशतले घटेर ३ अर्ब ५४ लाखमा खुम्चिएको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १२. ०५ प्रतिशतबाट घटेर १०.५० प्रतिशतमा झरेको छ ।

27/04/2026
27/04/2026

नेपाल बैंक लिमिटेडको नाफामा झिनो सुधार आएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको जनाएको छ ।
यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्ब ७८ करोडको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।

27/04/2026

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तु्लनामा ३.७११ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.०५ प्रतिशतले बढी हो ।

26/04/2026

The Federation of Nepal Gold and Silver Dealers' Association (FENEGOSIDA) reported that Tejabi gold also experienced a moderate gain, gaining by Rs. 2,700. The Tejabi gold price reaches to Rs. 298,500 per tola, compared to Rs. 295,800 per tola in Friday.

Similarly, silver prices move in same direction, prices rise by Rs. 50 per tola, bringing it to Rs. 4,995 per tola from Rs. 4,945 per tola on previous day.

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
44600