Routine Banda Of Ramechhap

Routine Banda Of Ramechhap

Share

Can SMS in email for more

We are an officially registered news media under the name Routine Banda of Ramecchap Pvt.Ltd.(Company Darta AD,2019), Reg No 5922/072-75

We Deliver Authentic Information ,essential updates ,entertarining Posts ,Photographs,etc.

Photos from Routine Banda Of Ramechhap's post 02/11/2025

अवरुद्ध बीपी राजमार्ग खुलाउने तयारी भइरहेको छ। सम्बन्धित निकायका अनुसार अन्य कुनै अवरोध नआए आज दिउँसोदेखि राजमार्ग सञ्चालनमा आउने भएको छ। 🚗🛣️

02/11/2025

💰 आजको सुनचाँदी मूल्य अपडेट 💍

📅 मिति: नोभेम्बर २, २०२५
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार —

✨ सुन (Fine Gold)
🔺 मूल्य ७०० रुपैयाँले बढ्यो
➡️ नयाँ मूल्य: रु. २,३९,७०० प्रति तोला
(अघिल्लो मूल्य: रु. २,३९,०००)

⚪ चाँदी (Silver)
🔻 मूल्य ५ रुपैयाँले घट्यो
➡️ नयाँ मूल्य: रु. ३,०५५ प्रति तोला
(अघिल्लो मूल्य: रु. ३,०६०)

📈 सुन उकालो, चाँदी ओरालो! 😅
#सुनचाँदीमूल्य

Photos from Routine Banda Of Ramechhap's post 02/11/2025

♻️ काठमाडौं उपत्यकाको फोहर समस्या समाधानतर्फ कदम 🚮
शहरी विकासमन्त्री कुलमान घिसिङ आज बञ्चरेडाँडा फोहरमैला स्थल पुगेका छन्। उहाँले स्थल निरीक्षण गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन निर्देशन दिनुभएको छ। 🙌

Photos from Routine Banda Of Ramechhap's post 02/11/2025

🔥 गहिरो दुःखद समाचार 🔥

रामेछाप नगरपालिका–३ साघुँटार लक्ष्मिबासका **ठेट बहादुर महत (Thet Parbati Mahat)**को घरमा हिजो राति लागेको आगलागीले घर र सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको अत्यन्त दुःखद खबर प्राप्त भएको छ। 😔

यस पीडादायक क्षणमा पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
यस कठिन समयमा आवश्यक सहयोग र साथका लागि सम्पूर्ण समाज, दातृ निकाय तथा स्थानीय सरोकारवालाहरूप्रति हार्दिक अपिल गर्दछु।

📞 सम्पर्क नम्बर: 9863852068

🙏 सहानुभूति र सहयोगको सानो कदमले ठूलो राहत मिल्न सक्छ।

19/02/2025

सरकारले बेलुन घटनामा मन्त्री र मेयर घाइते भएपछि छानबिन समिति गठन गरेको छ भने १५ दिन भित्र रिपोर्ट बुझाउन भनेको छ ।

PS. अस्ति काठमाडौंको म: म पसलमा भएको ग्याँस सिलिन्डर दुघर्टनामा ४ जनाको मृ'त्यु भइसक्दा पनि सरकारले यस्तो चासो नदेखाएको गुनासो सोसल मिडियामा छ ।

Photos from Routine Banda Of Ramechhap's post 18/02/2025

आगो लागि पीडितलाई वडा कार्यालय द्वारा आगलागी पीडित लाई राहत सहयोग !!

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रीतिको चौरिखर्क पानी घाटमा पदम माया तामाङको विद्युतको तार सर्ट भएर घरमा आगो सल्किएको थियो । आगोलागिबाट घर जलेर नस्ट हुदा झण्डै ३ लाख बराबरको छेती भएको हो । घटना फागुन ५ गते दिउँसो को १ बजे भएको थियो । आगोबाट घर भित्रका लत्ता कपडा र सामानहरू सबै जलेको पीडित पदम माया तामाङले बताउनु भयो ।

पीडित लाई सहयोग गर्न उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ वडा कार्यालय द्वारा चामल , दाल , तेल , नुन , कुकर , कलाइ अन्य आवश्यक भाडाकुडा लिएर वडाको सिगो जनप्रतिनिधि पीडितको मा पुगेको छ । उमाकुण्ड ५ का जननिर्वाचित वडा अध्यक्ष कुल बहादुर बस्नेत , सदस्य नकुल तामाङ , सदस्य सोमबहादुर तामाङ , प्रेस चौतारी नेपाल रामेछापका सहसचिव मणिराज सुनुवार लगायत को टिमले राहत वितरण गर्न पुग्नु भएको थियो

18/02/2025

रामेछापमा कांग्रेसभित्र विवाद, कान्छाराम जाने कार्यक्रममा विरोध गर्ने चेतावनी

18/02/2025

अनेरास्ववियु रामेछापले शुक्रवारदेखि ‘अण्डर २०’ पुरुष भलिबल प्रतियोगिता गर्दै

५ फागुन, रामेछाप । नेकपा (एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापले ‘तीनलाल स्मृति कप–२०८१ पुरुष भलिबल प्रतियोगिता (अण्डर २०) आयोजना गरेको छ । त्यसको लागि आवश्यक तयारी भइरहेको आयोजकले जनाएको हो । साथै, यो प्रतियोगितामा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने आयोजकको भनाई छ ।

सोमबार तीनलाल पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी (अनेरास्ववियु) रामेछापले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल, विद्यार्थी सहिद गंगालाल, प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल (तीनलाल) को जन्मस्थानमा उनीहरूको योगदानको कदर गर्दै खेलकुदका माध्यमबाट मुलुकभर सन्देश प्रवाह गर्ने मूल लक्ष्यका साथ खेल आयोजना गरिएको अध्यक्ष पुष्कर भट्टराईले बताए । खेल जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा खेलाइने छ ।

18/02/2025

वन कार्यालय विरुद्ध अख्तियारमा मुद्दा हाल्ने दोरम्बा शैलुङ् गाउँपालिका अध्यक्ष मोक्तानको चेतावनी

18/02/2025

दुखद समाचार:-काठमाडौँ को जमलमा साँझ बस ले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ😥

Source: -दरबार मार्ग पुलिस

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu