Filmy Mahol

Filmy Mahol

Share

हामी फिल्मी,गित संगितका सम्बधित व्यक्तिव हरु संग सम्बन्धित विषयमा रहेर मनोरंजनात्मक गतिबिधी प्रस्तुत गर्ने गर्दछौ । फलो गर्न नभुल्नु होला 🙏🙏

15/06/2026

कुन फिल्म ले कति कमाई ।

09/06/2026

चलचित्र चमेलिको पोई को रिलिज डेट तय असोज १६ गते तोकियको छ 🙏

Photos from Filmy Mahol's post 09/06/2026

🎬 अहिले चितवनका विभिन्न रमणीय स्थानहरूमा धमाधम छायांकन भइरहेको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ 🔥

दर्शकको मन जितेको श्रृंखलाको नयाँ अध्याय अब अझ ठूलो एक्सन र कथासहित आउँदैछ 💥
बडादशैंको फूलपातीमा रिलिज हुने तयारीसँगै अहिलेबाटै उत्साह चरममा! 🙌

🎥 अब प्रतिक्षा बस एकै दिनको…
कत्तिको धमाका गर्छ ‘१२ गाउँ २’? 🤔🔥

09/06/2026

भैरहवा झन् आधुनिक बन्दैछ 🎬✨

भाटभटेनीमा INI चेनको नयाँ सिनेमा हल सञ्चालनमा आएको छ। ११ करोडको लगानीमा बनेको यस हलमा दुईवटा अत्याधुनिक पर्दा रहेका छन्।

नयाँ–नयाँ सुविधा सम्पन्न हलहरू धमाधम थपिँदै जानु भनेको नेपाली दर्शकका लागि साँच्चै खुसीको खबर हो ।

08/06/2026

स्वदेशी सिनेमाको वर्तमान अवस्था — सोच्नै पर्ने संकेत !

नेपालमा प्रदर्शन भइरहेका नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस रिपोर्ट हेर्दा अवस्था खासै उत्साहजनक देखिँदैन। चर्चामा रहेका केही चलचित्रको कमाई यस्तो छ—

🎬 ‘लालीबजार’
➡️ करिब रु. ८ करोड ७८ लाख+ (सबैभन्दा अगाडि)

🎬 ‘मितज्यू’
करिब रु. १ करोड ३९ लाख+

🎬 ‘काजी’
करिब रु. ४४ लाख+

🎬 ‘रोल नं. १’
करिब रु. १४ लाख+

नेपाली चलचित्र उद्योगमा अहिले स्पष्ट अन्तर देखिएको छ—
केही फिल्मले मात्रै राम्रो व्यापार गर्दा, अधिकांश फिल्महरू हलमा संघर्ष गरिरहेका छन्।

👉 दर्शक हलसम्म पुग्न सकेका छैनन्
👉 कन्टेन्ट र प्रस्तुतीमा अझै सुधारको आवश्यकता छ
👉 प्रचार–प्रसार र रिलिज रणनीति कमजोर देखिन्छ

नेपाली चलचित्रको अवस्था हेर्दा मन नै दुख्छ 😔
एउटा ‘लालीबजार’ जस्तो फिल्मले करोडौं कमाउँदा, ‘काजी’, ‘रोल नं. १’ जस्ता फिल्महरू लाखमै सीमित हुनु सोच्नै पर्ने विषय हो।

के हामी दर्शक हल जान छोड्दैछौं ?
कि फिल्म बनाउने तरिकामै समस्या छ ?

अब समय आएको छ—
🎯 राम्रो कथा
🎯 बलियो प्रस्तुति
🎯 दर्शकको चाहना अनुसारको कन्टेन्ट

नत्र भने नेपाली सिनेमा बिस्तारै संकटतिर जाने खतरा छ ⚠️

06/06/2026

चलचित्र लालीवजार बिबादका बाबुजुतपनि ५ औं हप्तामा प्रवेश गरेको छ ।

Photos from Filmy Mahol's post 03/06/2026

गायकबाट नायक बने पशुपति शर्मा — रघुजी फिल्म्सको नयाँ चलचित्रमा धमाकेदार डेब्यु! 🔥

लोकदोहोरीका चर्चित गायक पशुपति शर्मा अब ठूलो पर्दामा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा उनले मुख्य भूमिका निभाउने पक्का भएको छ। 🎥

चलचित्रको नाम अहिले गोप्य राखिएको भए पनि, यसका लेखक तथा निर्देशक अमरदीप सापकोटा र निर्माता रघुनाथ सापकोटा रहेका छन्। निर्माण टिमले आगामी असारको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी गरेको जनाएको छ।

🎶 गायनमार्फत दर्शकको मन जितिसकेका पशुपति शर्माले अब अभिनयमार्फत कस्तो जादू देखाउँछन् भन्ने चासो सबैमा बढेको छ।
नेपाली फिल्म क्षेत्रमा दोहोरिँदै आएको कथावस्तुबीच उनको प्रवेशले नयाँ ऊर्जा र ताजापन ल्याउने विश्वास गरिएको छ।

👉 के पशुपति शर्मा अभिनयमा पनि उस्तै सफल होलान् त? तपाईंको प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्!

01/06/2026

जेष्ठ १६ गते शनिबार राति ११:५९ बजेसम्मको आधिकारिक बक्स अफिस रिपोर्ट अनुसार चलचित्रले कुल रु. ७ करोड ९० लाख ३१ हजार ४३७ को व्यापार गर्दै देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूमध्ये सबैभन्दा अगाडि रहन सफल भएको छ।

Photos from Filmy Mahol's post 01/06/2026

चलचित्र आमा २ को छायांकन आज सोमबार बिहान मकवानपुरको रमणीय चित्लाङबाट औपचारिक रूपमा सुरु भएको छ। 🌄

निर्देशक चन्द्र पन्तका अनुसार, चलचित्रको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिनेछ। नेपालका लोकेसनको काम सकिएपछि टिम लन्डन उड्ने तयारीमा छ। ✈️🇬🇧

एक महिनाको सेड्युलमा छायांकन अघि बढिरहेको यस चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतका चर्चित कलाकारहरूको दमदार उपस्थिति रहनेछ। 🌟

यो फिल्मले फेरि एकपटक आमाको माया, भावना र संघर्षलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। ❤️

👉 अब पर्खाइ ‘आमा २’ को रिलिज डेटको!

31/05/2026

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। अब मलिका महत अनुबन्ध भएपछि हिरोइन फाइनल भइसकेका छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्।
दर्शकले पल शाहको जोडी मलिका महत खोइ भन्दै चर्चा गरिरहेका थिए। अब दर्शकको चाहाना अनुसार मलिका महत पनि यो फिल्ममा भित्रिएकी छन्।
यस फिल्ममा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंमा अर्थात अशोज ३० गतेबाट प्रदर्शनमा आउने छ। यो फिल्मको घोषणा हुँदै गर्दा केहि देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ। अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ।
नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्।

Want your establishment to be the top-listed Cinema in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu