Pathao
At Pathao Nepal, we create the best customer experience for ridesharing and food delivery!
23/08/2026
https://arthasamachar.com/content/33543
राइडरको उचित आम्दानी सुनिश्चित गर्न पठाओ तयार काठमाडौं, भदौ ५ । पठाओ नेपाल प्रालिले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताउँदै उचित .....
20/08/2026
पठाओ नेपाल प्रा.लि द्वारा जारी प्रेस विज्ञप्ति
काठमाडौं, नेपाल | २०८३ भदौ ४ गते
पछिल्ला केही साता यता राइडर साथीहरूले उचित भाडादर तथा प्रतिकिलोमिटर आम्दानी सुनिश्चित गर्नुपर्ने विषयमा व्यक्त गर्दै आउनुभएको चासोलाई पठाओ नेपाल प्रा.लि.ले गम्भीरतापूर्वक लिएको छ। यसका साथै, नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौंले मिति २०८३ भदौ २ गते मंगलबार आयोजना गरेको राइड सेयरिङ/हेलिङ सेवासम्बन्धी समसामयिक विषयमा सरोकारवालाहरूसँगको छलफलमा समेत राइड सेयरिङ/हेलिङ सेवामा आबद्ध राइडरहरूबाट भाडादर तथा प्रतिकिलोमिटरको विषय उठेको थियो।
यस विषयमा हाम्रो धारणा स्पष्ट छ - हरेक राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्छ।
नेपालमा विगत आठ वर्षदेखि सेवा दिँदै आएको पठाओ नेपाल प्रा.लि.ले सुरुदेखि नै राइडरहरुलाई यस उद्योगको मेरुदण्डका रूपमा हेर्दै आएको छ। हजारौँ राइडर साथी र उहाँहरूका परिवारको दैनिक जीवन, शिक्षा, घरखर्च र भविष्यको योजना यही पेशासँग जोडिएको छ।
स्वस्थ प्रतिस्पर्धा र दिगो राइड-सेयरिङ सेवाप्रति पठाओको प्रतिबद्धता:
हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौँ, तर त्यस्तो प्रतिस्पर्धा दीर्घकालीन रूपमा दिगो हुनुपर्छ, जहाँ ग्राहकले उचित मूल्यमा राम्रो सेवा पाऊन् र त्यो सेवा उपलब्ध गराउने राइडरले पनि सम्मानजनक आम्दानी गर्न सकून्।
पछिल्लो समय बजारमा मूल्य प्रतिस्पर्धा तीव्र हुँदै जाँदा हामीले पनि ग्राहकका लागि भाडा थप प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता महसुस गर्यौँ। त्यसबेला राइडरले पाउने आम्दानी घटाउनुको सट्टा पठाओले आफ्नो आम्दानीको हिस्सा घटाउने निर्णय गर्यो।
बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी हामीले रु. १२ को निश्चित प्लेटफर्म शुल्क कायम गर्यौँ। यो शुल्क राइडरको आम्दानीबाट कटौती हुने गरी होइन, ग्राहकले तिर्ने भाडामै समावेश हुने गरी समायोजन गरिएको हो। अर्थात्, ग्राहकबाट संकलित रु. १२ राइडरले पठाओलाई बुझाउने व्यवस्था गरिएको छ, जसमा राइडर तथा ग्राहकको सुरक्षासँग सम्बन्धित बीमा शुल्कसमेत समावेश रहेकोछ।
यो निर्णय तत्कालीन प्रतिस्पर्धालाई मात्र हेरेर गरिएको थिएन। हाम्रो सोच स्पष्ट थियो, ग्राहकका लागि सेवा सुलभ बनाउँदै राइडरको आम्दानीलाई सुरक्षित राख्नु नै राइड-शेयरिङ उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउने सही बाटो हो।
राइडर सुरक्षा र हित संरक्षणको प्रतिबद्धता:
राइडर साथीहरूको सुरक्षा, कल्याण र भविष्यलाई लिएर पठाओले वर्षौँदेखि विभिन्न पहल गर्दै आएको छ।
राइडरप्रतिको हाम्रो प्रतिबद्धता भाडादरमा मात्र सीमित नभई राइडरको सुरक्षा, हित संरक्षण तथा दीर्घकालीन हितलाई पठाओले आफ्नो प्राथमिकतामा निरन्तर राख्दै आएका छौँ। पठाओ मार्फत सञ्चालन हुने अनलाइन राइडहरूमा बीमा सुरक्षा, दुर्घटना वा आपत्कालीन अवस्थामा तत्काल सहयोगका लागि Quick Response Team तथा राइडर र ग्राहकका समस्या एवं गुनासो सम्बोधन गर्न २४/७ Call Center Support उपलब्ध छन्।
त्यसैगरी, Pathao Benefit Program मार्फत राइडर साथीहरूको योगदान र निरन्तरतालाई सम्मान गर्दै विभिन्न श्रेणीअनुसार पेट्रोल खर्चमा सहयोग, निःशुल्क बाइक सर्भिसिङ, मोबाइल डेटा, अस्पताल तथा अन्य सेवामा छुट, छोराछोरीको शिक्षाका लागि वार्षिक सहायता र दुर्घटनाका कारण केही समय काम गर्न नसक्ने अवस्थामा गुमेको आम्दानीमा सहयोग पुर्याउने Accident Bed Rest Allowance लगायतका सुविधा उपलब्ध गराउँदै आएका छौँ।
यी कार्यक्रम तथा सुविधाहरू राइडर साथीहरूले समय–समयमा उठाउँदै आउनुभएका समस्या, आवश्यकता र सुझावलाई ध्यानमा राखी क्रमशः विकास तथा विस्तार गरिएका हुन्। राइडरको आवाज सुन्ने, उहाँहरूको आवश्यकता बुझ्ने र हितको संरक्षण गर्ने विषय पठाओका लागि कुनै अल्पकालीन पहल वा अभियान मात्र नभई निरन्तर जिम्मेवारी र प्रतिबद्धताको विषय हो।
आगामी दिनमा पनि राइडर समुदायसँगको संवाद र सहकार्यलाई निरन्तरता दिँदै उहाँहरूको सुरक्षा, कल्याण र दीर्घकालीन हितलाई केन्द्रमा राखेर आवश्यक कार्यक्रम तथा पहलहरू अघि बढाउने प्रतिबद्धता पठाओले व्यक्त गर्दछ।
हाम्रो भाडादर वैज्ञानिक आधारमा निर्धारण गरिएको छ:
पठाओले सुरुदेखि नै बाइक राइडको भाडादर मनोमानी रूपमा वा तत्कालीन बजार परिस्थितिका आधारमा मात्र निर्धारण गरेको छैन।
भाडा संरचना तयार गर्दा २०६५ सालमा यातायात व्यवस्था विभागबाट नेपाल इन्जिनियरिङ अध्ययन संस्थानले तयार गरेको वैज्ञानिक भाडादरसम्बन्धी प्रतिवेदनमा आधारित ढाँचालाई आधार मानि भाडा निर्धारण गर्दा इन्धन खर्च, सवारी साधनको लागत तथा ह्रास, मर्मतसम्भार, सञ्चालन खर्चलगायत राइड सञ्चालनसँग सम्बन्धित लागतलाई ध्यानमा राखिन्छ। सोही आधारमा पठाओको भाडा संरचनामा मुख्यतः Base Fare, Per Kilometer Fare र Per Minute Fare समावेश छन्। इन्धनको मूल्य, महँगी तथा अन्य सञ्चालन लागतमा हुने परिवर्तनलाई ध्यानमा राखी आवश्यकताअनुसार भाडादर समायोजन गर्दै आएका छौँ।
आवश्यक परेको अवस्थामा सम्बन्धित सरकारी निकायसमक्ष हाम्रो भाडा संरचना तथा त्यसको आधारसमेत प्रस्तुत गर्दै आएका छौँ। यसर्थ, पठाओको विद्यमान भाडा संरचना राइडरको वास्तविक सञ्चालन लागत, सेवाको निरन्तरता तथा दीर्घकालीन दिगोपनलाई ध्यानमा राखी निर्धारण गरिएको संरचना हो।
रु. २५ प्रतिकिलोमिटरको मागबारे हाम्रो धारणा:
हाल राइडर साथीहरूले न्यूनतम रु. २५ प्रतिकिलोमिटर कायम गर्नुपर्ने माग राख्नुभएको छ।
यस मागको मूल भावना “राइडरले उचित आम्दानी पाउनुपर्छ भन्ने विषयसँग हामी सहमत छौँ।”
राइडरको उचित आम्दानीको विषयलाई केवल राइडरको मुद्दाका रूपमा पनि हेर्नु हुँदैन। राइडर आर्थिक रूपमा दिगो हुँदा मात्रै उहाँहरू सेवामा निरन्तर रहन, सवारी साधनको उचित मर्मतसम्भार गर्न, सुरक्षामा ध्यान दिन र ग्राहकलाई भरपर्दो सेवा उपलब्ध गराउन सक्षम हुन्छन्।
अर्थात् राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
पठाओको विद्यमान भाडा संरचना भने ठ्याक्कै “रु. २५ प्रति किलोमिटर” को flat structure मा आधारित छैन। हाम्रो संरचनामा Base Fare, Per Kilometer Fare र Per Minute Fare समावेश छन्। तथापि, विभिन्न दूरीका सामान्य राइडहरूको समग्र गणनाअनुसार प्रभावकारी भाडादर औसतमा करिब रु. २५ प्रतिकिलोमिटर आसपास नै पर्न आउँछ। अर्थात्, राइडर साथीहरूले उठाउनुभएको माग र पठाओको हालको औसत भाडादरबीच ठूलो अन्तर छैन; फरक मुख्यतः भाडा निर्धारण गर्ने संरचनामा र विधिमा रहेको छ ।
त्यसैले राइडर साथीहरूले माग गर्नुभएको रकमको मर्मसँग हाम्रो असहमति छैन।
यस विषयमा सरकार, राइडर प्रतिनिधि, डिजिटल प्लेटफर्म तथा अन्य सम्बन्धित सरोकारवालाबीच सहमति भई कुनै साझा भाडा संरचना वा न्यूनतम दर निर्धारण गरिन्छ र उक्त व्यवस्था सबै प्लेटफर्ममा समान रूपमा लागू हुन्छ भने पठाओ आफ्नो विद्यमान भाडा संरचना (Fare Structure) आवश्यकता अनुसार संशोधन गरी कार्यान्वयन गर्न तयार छ।
भाडादरसँगै समग्र नियमन आवश्यक:
हालको बहसले नेपालको राइड-शेयरिङ उद्योगलाई अझ व्यवस्थित र दिगो बनाउने अवसर पनि दिएको छ भन्ने हाम्रो विश्वास छ।
राइडरको आम्दानी र ग्राहकको हित दुवै सुरक्षित गर्न सरकारले न्यूनतम र अधिकतम भाडादरको स्पष्ट सीमा तोक्नु आवश्यक छ। यसले एकातर्फ राइडरको श्रम र सञ्चालन लागतको न्यूनतम सुरक्षा सुनिश्चित गर्छ भने अर्कोतर्फ अस्वाभाविक रूपमा उच्च भाडाबाट ग्राहकलाई पनि संरक्षण गर्छ।
तर नियमन भाडादरमा मात्र सीमित हुनु हुँदैन।
राइड-शेयरिङमा बीमा सुरक्षा, 24/7 ग्राहक तथा राइडर सहायता, दुर्घटना तथा आपत्कालीन अवस्थामा तत्काल प्रतिक्रिया दिने संयन्त्र, प्रभावकारी गुनासो व्यवस्थापन, सुरक्षा मापदण्ड तथा राइडर र ग्राहक दुवैको हित संरक्षण गर्ने स्पष्ट व्यवस्था पनि उद्योगका आधारभूत मापदण्ड बन्नुपर्छ भन्ने हाम्रो विश्वास छ।
यस्ता मापदण्ड सबै प्लेटफर्ममा समान रूपमा लागू हुँदा प्रतिस्पर्धा केवल मूल्यमा सीमित हुँदैन; सुरक्षा, सेवा गुणस्तर, प्रविधि, विश्वसनीयता र राइडर तथा ग्राहकप्रतिको जिम्मेवारीमा पनि प्रतिस्पर्धा हुन्छ।
त्यही नै स्वस्थ र दिगो राइड-शेयरिङ उद्योगको आधार हो।
हाम्रो प्रतिबद्धता स्पष्ट छ:
राइडर साथीहरूको उचित आम्दानीको मागको मर्मसँग हामी सहमत छौँ।
पठाओ राइडरको उचित आम्दानी, ग्राहकको सुरक्षा र निष्पक्ष प्रतिस्पर्धाप्रति प्रतिबद्ध छ। सरकारको नेतृत्वमा सबै सरोकारवालाबीच सहमति भई सबै प्लेटफर्ममा समान रूपमा लागू हुने भाडादर तथा उद्योगसम्बन्धी मापदण्ड निर्धारण भएमा पठाओ त्यसको कार्यान्वयन र पालना गर्न पूर्ण रूपमा तयार छ।
हाम्रो उद्देश्य स्पष्ट छ:
राइडरले सम्मानजनक र दिगो आम्दानी गर्न पाऊन्।
ग्राहकले सुरक्षित, भरपर्दो र उचित मूल्यमा सेवा पाऊन्।
नेपालको राइड सेयरिङ उद्योग स्वस्थ, निष्पक्ष, व्यवस्थित र दिगो बनोस्।
--- यशु थकाली (प्रबन्ध निर्देशक), पठाओ नेपाल प्रा.लि |
Pathao Bike Ride मा 0% Commission!
हो, तपाईंले ठीक सुन्नुभयो — Pathao Bike Ride मा 0% Commission छ।
अनि हरेक ride मा लाग्ने Rs. 12 Platform Booking Fee पनि customer को fare मै add भएर आउने हुन्छ।
अब 0% Commission मा Pathao सँग ride लिनुहोस् र अधिक आम्दानी गर्नुहोस्।
नाग पञ्चमीको हार्दिक शुभकामना। 🌿
नाग देवताको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य छाओस्।
५% Tax rider को earning बाट काटिने होइन। यो customer fare बाट लागू हुने tax हो।
Rider को earning बाट भने नेपाल सरकारको नियमअनुसार १% TDS मात्र कट्टा हुन्छ।
थप जानकारीको लागि 01-5970099 मा सम्पर्क गर्नुहोस्।
11/08/2026
अनलाइन व्यवसाय सरल बनाउने उद्देश्यसहित ‘पठाओ कमर्स’ सुरु, च्याटदेखि डेलिभरीसम्म एउटै सिस्टम काठमाडौं । पठाओ नेपालले अनलाइन व्यवसायीहरूका लागि एकीकृत डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम ‘पठाओ कमर्स’ सार्व....
A new way to simplify your online business is here. 🚀
Introducing Pathao Commerce.
Hear from Mr Yeshu Thakali, Managing Director of Pathao Nepal, on why we built Pathao Commerce and how it can help businesses grow.
Pathao Commerce — Simplify Your Online Business.
आजको दिन खीरको मिठास जस्तै तपाईंको जीवन पनि मिठो बनोस्। सबैमा खीर खाने दिनको हार्दिक शुभकामना! 🤍
29/07/2026
🌸 Happy Guru Purnima! 🌸
She knew better... so she booked Pathao Maramat Sewa instead. 😌🛠️
Why wait around when help is just a few taps away?
Book professionals from Maramat Sewa and let the experts handle it.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when Pathao posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.