Gyanendra Raut
वसुधैव कुटुम्बकम् !!
01/06/2026
हरेकपटक देखेको , सुनेकको कुरा साँचो नै हुन्छ भन्ने जरुरी छैन। प्लेटोको गुफा कथामा जस्तै, हामीले वरिपरिको संसारलाई बुझ्ने तरिका बाहिरी प्रभावहरूले बनाएको हुन्छ जस्तै मिडिया, पढाइ वा पैसाको कुरा। यति हुँदा पनि, मानिससँग सोच्ने दिमाग छ, रचनात्मकता छ न्। त्यही भएर त, जब समस्या आउँछ तब समाधान पनि देखिन्छ। यस्तो बेला परिवार र साथीहरूको साथले अझै भित्री बल मिल्छ, असफलताले केही न केही सिकाउँछ, अनि सानातिना सफलताले पनि जनमनमा रमाइलो ल्याउँछ। अन्त्यमा, जब आफु बलियो छ ,छेउका मान्छेहरू पनि दरो छन् र समाज बलियो छ भने त्यही बेला मात्र सामुहिक भविष्य सुरक्षित बन्छ।
27/05/2026
जीवनका सबै बाधा अड्चनहरू पशुपतिनाथको पाउमा सुम्पिदिनुस्, उहाँले पक्कै कल्याण गर्नुहुनेछ। जय शम्भो!🙏🏻🙏🏻
नेपालको जित🥰😍😘🇳🇵कुशलको शतक ❤️
जीवनका सबै बाधा अड्चनहरू पशुपतिनाथको पाउमा सुम्पिदिनुस्, उहाँले पक्कै कल्याण गर्नुहुनेछ। जय शम्भो!
02/05/2026
भक्तपुरको चासुखेलमा माता चण्डेश्वरीको भब्य मन्दिर अवस्थित रहेको छ । दुईवटा मयुरको मुर्ती सहित निर्मित सुनौलो मन्दिर हेर्ने जो कोहिलाई मोहित पार्दछ । यो मन्दिर उपत्यकाको पुरानो मन्दिरहरु मध्य एक हो । सम्भवत लिच्छवि राजा आनन्ददेवको पालामा निर्मित यस मन्दिरमा बर्षको २ दिन जात्रा हुने गर्दछ । चन्दासुर दैत्यको संहार गर्न माता पर्वतीले माता चण्डेश्वरीको रुप धारण गर्नु भएको थियो । चण्डेश्वरी माता काठमाण्डौको स्वेतकाली (नरदेवी) कि छोरी पनि मानिन्छ । दैत्यको संहार पछि गाजाबाजाका साथ जात्रा गरि देवताहरुले स्वर्ग लग्नु भएका थिए । यसै दिनलाई स्मरण गरि चण्डेश्वरी जात्रा गर्ने गरिन्छ । बैसाख शुक्ल पुर्णिमाका अघिल्लो दिन र पुर्णिमाका दिन मनाइने यस जात्रा अरु जात्रा भन्दा पृथक रहेको छ । चण्डेश्वरी मातालाई नेवारीमा चासुद्य: भन्ने गरिन्छ र चासुद्य:को जात्रा मनाउने दिनलाई चासु पुन्ही भनिन्छ । अघिल्लो दिन मनाउने जात्रालाई "तिप्वा" जात्रा भनिन्छ । यसदिन माता चण्डेश्वरीको मुर्तिलाई आगो तपाउने गरिन्छ । यो पृथक जात्रा हेर्ने भक्तालुहरुको धुइचो लाग्ने गर्दछ । भोलिको दिन हिन्दु परम्परा अनुसार बलि दिई पुजा गर्ने गर्दछ जस्लाई "बलिपुजा" पनि भनिन्छ । बलिपुजा पश्चात् चण्डेश्वरीको खटलाई दरवार परिक्रमा गर्ने गरिन्छ । राजा आनन्ददेव चण्डेश्वरी माताको भक्त थिए । दिनहुुँ माताको दर्शन नगरी दिनचर्या सुरु गर्दैनथ्यो । समय बित्दै गयो राजाको बुढेसकालले माताको दर्शन गर्न आउन नसकेपछि माताले नै आफ्नो दर्शन गराउन दरवार गएर दर्शन दिएको थियो भन्ने किंवदन्ती रहेको छ । तसर्थ चण्डेश्वरीको जात्रा दरवार देखि दत्तात्रय (पुरानो लायकु दरवार) सम्म मात्र हुने गर्दछ । र अन्तमा एकदम रमणीय जात्रा हुने गर्दछ जसलाई "चतामरी जात्रा" भनिन्छ । यस जात्रामा भक्तपुरको कुटुपालीमा चण्डेश्वरी माताको खटलाई एक तर्फ मात्र बोकि घिसारेर तानिन्छ (स्थानिय भाषामा धकु टुकु गर्ने भनिन्छ) भने भक्तालुजनहरुले चतामरी उडाउने गरिन्छ । आकास तिर हेर्दा चराहरु उडेको जस्तै गरि चतामरी उडाउने गरिन्छ ।
बनेपाको प्रसिद्ध जात्रामा चण्डेश्वरी जात्रा हुन । यस चण्डेश्वरी जात्रा सुरु गर्ने भक्तपुरको चण्डेश्वरीको फुल र प्रसाद नलगे सम्म बनेपामा जात्रा सुरु गर्दैनन ।
मध्यपुर थिमि या कला संस्कृती ।।
तजिलजि पुच: मध्यपुर थिमि
01/05/2026
राधाकृष्ण भगवानको जोडी जस्तै सुखी र खुसी रहोस् तपाईको 🙏🏻🙏🏻
27/04/2026
पशुपतीनाथले सबैको कल्याण गरुन!! जय गोरख 🕉️🙏
26/04/2026
शुभ बिहानी पशुपतीनाथले सबैको कल्याण गरुन!! जय गोरख 🕉️🙏
24/04/2026
ॐ गं गणपतये नमः । आजको दिनको शुरुवात भगवान गणपतीको आशिषसंगै गरौं । 🙏🙏🙏🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600