Design Hub Architecture
"By dint of building well, you get to be a good architect"
12/09/2025
संसद विघटन भयो, चुनाव फाल्गुन २१ मा हुने!*
12/09/2025
Update: संसद विघटन हुने अनि अन्तरिम प्रधानमन्त्री नियुक्ति हुने!
11/09/2025
Supreme Court Notice!
09/09/2025
यतिबेला यसरी जलीरहेको छ सिंहदरबार ।😭💔
09/09/2025
खै, के भन्ने, के गर्ने? जित कि हार, केही थाहा छैन.
जितेर पनि हारियो🥲
हामीलाई लाग्छ आज हामी जित्यौँ… तर साँच्चै के गुमायौँ?
१. भाटभटेनी सुपरमार्केट:
हजारौँ आमा–बाबा, युवा–युवतीले त्यहाँ काम गर्थे। अब उनीहरूको रोजगारी सकियो। आज राति उनीहरू भोलिको डर लिएर सुतिरहेका छन्।
२. कार शो-रूम, थापाथली:
किन ध्वस्त पारियो? गाडीहरू अझै दुर्लभ र महँगा हुनेछन् हामी जनताकै लागि। के यसले सत्तावालालाई चोट पुर्यायो?
३. राष्ट्रिय परिचयपत्र केन्द्र, ठमेल:
हरेक नागरिकलाई परिचय चाहिन्छ। बिना परिचय कसरी आफ्नो पहिचान प्रमाणित गर्ने, पढ्ने, यात्रा गर्ने वा बाँच्ने? हामीले आफ्नै अधिकार जलायौँ।
४. सर्वोच्च अदालत, बार काउन्सिल, अटर्नी अफिस:
यी नै अवसरका ठाउँ थिए, त्रुटिपूर्ण भए पनि न्याय खोज्ने थलो थिए। हामीले आफ्नै हातले खरानी बनायौँ।
५. सिंहदरबार:
यो केवल कार्यालय मात्र थिएन, इतिहास र वास्तुकला थियो। नेपालको कथा बोकेको दरबार, आगोले नष्ट भयो। हामीले पर्खाल मात्र जलाएनौँ, आफ्नै गौरव र इतिहास जलायौँ।
६. हिल्टन होटल:
एक निजी सम्पत्ति—तर किन? पर्यटन र विदेशी विश्वासको प्रतीक। अब संसारले नेपाललाई अराजकताको चित्रमा मात्र देख्छ।
७. १५०० कैदीहरू मुक्त:
धेरैजना अपराधी थिए। अब हाम्रा आफ्नै सडकहरू हाम्रा छोराछोरीका लागि असुरक्षित भए।
८. बैंक लुटियो:
बैंक बिना न बचत हुन्छ, न ऋण, न अर्थतन्त्र। हामीले आफ्नै भविष्यमा आगो लगायौँ।
दशैं.तिहारको उज्यालो नजिकिँदै छ, तर तलब दिने ढोका अन्धकारमा बन्द हुँदैछ। बिदा मात्र बाँकी छ। है भगवान्, नेपालीको भाग्य कहिले बदलिन्छ?”
सूची अझै लामो छ……
सत्य के हो भने:
हामीले आफ्नै घाउ बनायौँ।
हामीले रोजगारी जलायौँ। हामीले इतिहास जलायौँ। हामीले आफ्नै भोलि जलायौँ।😢😢🇳🇵🇳🇵🇳🇵
09/09/2025
राष्ट्रिय सम्पति जलिरहेछ, मन पोलिरहेछ 💔 : नेताहरु रावण भए नि देश लङ्का हैन् जलाउनलाई !!!
1 जिल्ला प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो
2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो
3.सर्वोच्च जल्यो - न्याय जल्यो
4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो
5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो
6 राष्ट्र बैंक जल्यो - राष्ट्रको ढुकुटी जल्यो
7 पसुपतिनाथ लुटिदै छ- धर्म संस्कृति रीतिरिवाज सकिन्छ
8 कारागार जल्यो - अपराधि खुला भए।
अब भन्नोस कस्को के जल्यो?
आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !
जय देश 🇳🇵
जय नेपाली सेना 🪖💪
Important: काठमाडौं महानगर क्षेत्रभित्र यदि तपाईंलाई सुरक्षा, स्वास्थ्य वा दमकल सहयोग आवश्यक परेमा कृपया तलका नम्बरमा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ। काठमाडौं महानगर प्रहरी तथा संयुक्त अपरेशन केन्द्र, नेपाली सेनाको मुख्यालय: ९८५१०६८५२३, ०१-५९७९२२३, ०१-५९७९२२४ !🙏🏻
09/09/2025
हिजो दुखले सुत्न सकिएन आज पिरले सुत्न सकेको छैन l💔
Click here to claim your Sponsored Listing.
Category
Address
Thapathali
Kathmandu
44600