Bimal

Bimal

Share

3.1M followers

02/11/2025

बालेन बिदेशी Agent नै हो कि क्या हो।। नत्र मु*, मा** वाला गाली आउथियो नि F...K कसरी आयो।।🤗

25/08/2025

इम्बोस्ड नम्बरप्लेटबारे उठेका विरोधका स्वरलाई केवल भाषाको विवाद वा नम्बरप्लेट राख्ने–नराख्ने सानो बहसमा सीमित गर्नु हुँदैन।

यो केवल नम्बरप्लेटको कुरा होइन, यसलाई नागरिकमाथि वर्षौँदेखि थोपारिँदै आएको योजनाबद्ध ठगी, हैरानी र अपमानको अन्त्य गर्ने संघर्ष रुपमा अघि बढाउनु जरुरी छ।

चर्को शुल्क तिरेर पनि लामो लाइनमा उभ्याएर सास्ती दिने, पैसा लिएर पनि वर्षौँसम्म लाइसेन्स नदिने, अनि उल्टै सेवाग्राहीलाई दोषी ठहर्याउने प्रवृत्ति अब अस्वीकार्य छ। कमिसन र व्यक्तिगत लाभका लागि इम्बोस्ड नम्बरजस्ता ‘फण्डा’ ल्याएर गरिने ठगी तत्काल बन्द हुनुपर्छ।

करोडौँ राजस्व उठाउने विभागमा सर्भर बारम्बार डाउन हुनु केवल प्रविधिगत कमजोरी होइन, नागरिकप्रतिको अपमान र योजनाबद्ध बेइमानीको ठोस प्रमाण हो। यो नागरिकलाई निरन्तर सास्ती दिने, दलालीलाई बढावा दिने र जिम्मेवारीबाट पन्छिने नियोजित खेल हो।

अब स्पष्ट भन्नै पर्छ — यदि सहज र सम्मानजनक वातावरणमा सवारी कर तिर्ने व्यवस्था हुँदैन भने, यो तिर्दैनौ । समस्यै सिर्जना गरेर ब्लुबुक रिन्यु नगर्ने, लाइसेन्स नबन्ने, अनि उल्टै हर्जाना तिराउने प्रवृत्ति अब अन्त्य हुनु अनिवार्य छ।

सवारी दर्ता, रिन्यु र लाइसेन्स नवीकरणजस्ता काम अनलाइनमै सहजै गर्न सकिन्छ। तर कार्यालयमै पनि एउटा टेवलमा सकिने काम एक झ्यालदेखि अर्को झ्याल कुदाइरहनु केवल लापरबाही होइन, नागरिकमाथिको उपहास र अपमान हो।

अब सार्वजनिक सेवामा गुणस्तर, सहजता र जवाफदेहीताको माग गरौँ। यातायात व्यवस्था विभाग र अन्य सरकारी निकायको अत्याचार र ठगी तत्काल बन्द हुनुपर्छ।
जनतालाई सास्ती दिने र अपमान गर्ने नियतले थोपारिएको इम्बोस्ड नम्बरप्लेटको उर्दीलाई अस्वीकार गरौँ, ठगी र जवाफदेहीहिनताविरुद्ध बुलन्द आवाज उठाऔँ।

11/06/2025

: संसारमा काग मात्र यस्तो पक्षी हो, जसले उडिरहेको बाजको पिठ्युँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ ।

आफूलाई ठुगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिंजाउँछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउँछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ ।

जिन्दगीका मोडहरूमा भेटिने कागजस्ता मान्छेहरूलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूका निम्ति समय खेर फाल्नु उचित हुँदैन । केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफैँ खस्नेछन् । आफैँलाई गुमाउने छन् । पश्चाताप मान्ने छन् ।

26/05/2025

एकपटक कुकुरहरुकाे दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। तर जब दाैडकाे प्रतियोगिता सुरु भयो चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आ-आफ्नो दौड सुरु गरे,उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै।

मालिकले चितुवालाई तिमी किन दौडिएनाै भनेर सोधे, चितुवाले रोचक जवाफ दिए: "कहिलेकाहीं आफुलाई उत्कृष्ट साबित गर्नु वास्तवमा आफ्नै अपमान हो। सबैतिर आफूलाई प्रमाणित गर्न आवश्यक छैन। केही मानिसहरूको अगाडि मौनता सबैभन्दा राम्रो जवाफ हो। कुकुरहरू कुकुरहरूसँग दौडन्छन चितुवा चितुवासग दौडने हाे ! आफूलाई उत्कृष्ट साबित गर्न चितुवाले कुकुरहरूसँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन। चुप लागेर बस्नु नै राम्रो हुन्छ। किनभने स्तर नमिल्ने प्रतियोगितामा भाग लिनु आफ्नै अपमान गर्नु हो।"

23/04/2025

आज चिनी नखाएको पुरै ३ महिना भयो !

⭕️ दैनिकी: बिहान सबेरै उठेर ५ किमी दौडिने । त्यसपछि २ घण्टा जति जीम । बिहान चिया कफि प्याट्टै बन्द ।
⭕️ कुनैपनि खाने नशा “नो नट” ।
⭕️ खानामा फ्रुट्स र हरियो तरकारीका परिकार त्यो पनि अर्गानिक मात्र ।
⭕️ मनतातो पानी दिनमा करिब २ लिटर पिउॅछु ।
⭕️ शरिरमा अभूतपूर्व परिवर्तनको महशुस गरेको छु । लगभग १३ किलो वजन कम भएको अवश्था ।
⭕️ यहि रुटिंग जीवनभर लागू गर्ने .. पौष्टिक आहार र दैनिक २ घण्टा व्यायाम ।
थाहा छैन कस्ले पोष्ट गरेको हो तर कपिपेष्ट गरेर एकदम जीऊ हल्का भएको महशुस भैरहेको छ। 😝🤪🥴🤣😅😂 cp

19/04/2025

Trusted. You should also check it out. Thanks !!

15/04/2025
07/04/2025

had hey😆😂

29/03/2025

ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गर!

28/03/2025

एकजना पर्यटक एउटा होटेलमा पुगे । पर्यटकले २,५०० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।........
पैसा पाउनासाथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो । घ्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।........
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो । गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा २,५०० रुपैयाँ घटाएर आयो ।........
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले होटलका मालिकसँग गाह्रोसाह्रो पर्दा सापटी लिने गर्दथ्यो । उसले २,५०० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो ।........
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन । यति भनेर उनले पहिले जम्मा गरेको २,५०० रुपैयाँ फिर्ता लगेर गए ।........
हेर्नुहोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो । यहाँ कहाँ भयो त गडबडी ?
कहीँ गडवड भएको छैन । तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो । वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानुपर्छ । 🙏🙏........
साभार : सामाजिक संजाल

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Buddhanagar Kathmandu
Kathmandu
44600