Samata Pathshala Kailali
"A place to learn""the space to growth"
24/09/2026
आदरणीय अभिभावकज्यू नमस्कार,
विषय: विद्यालय विदा सम्बन्धमा।
लम्कीचुहा नगरपालिकाको मिति २०८३/०६/०८ गतेको सूचनाअनुसार भारी वर्षा, हावाहुरी तथा चट्याङबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८३ असोज ९ गते शुक्रबार लम्कीचुहा नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा रहने निर्णय भएको छ।
सोही निर्णयअनुसार समता पाठशाला कैलालीमा पनि मिति २०८३ असोज ९ गते शुक्रबार एक दिन विद्यालय विदा रहने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीज्यूहरूमा जानकारी गराइन्छ।
विदाको समयमा सम्पूर्ण विद्यार्थीहरूलाई सुरक्षित स्थानमा रहन तथा नदी, खोला, पोखरी लगायत जोखिमयुक्त स्थानमा नजानुहुन अनुरोध गर्दछौँ।
समता पाठशाला कैलाली
19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
नेपालको संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, न्याय, अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताहरू अझ सुदृढ हुँदै जाऊन्।
देशको समृद्धि, सुशासन र राष्ट्रिय एकताका लागि हामी सबैमा सकारात्मक सोच, जिम्मेवारी र कर्तव्यबोध बढोस्।
संविधान दिवसको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵
सम्पूर्ण महिला दिदीबहिनीहरूमा प्रेम, सद्भाव, खुशी र समृद्धिले भरिएको पावन पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।
यस पर्वले सबैको जीवनमा खुशी, उमंग र नयाँ ऊर्जा थपोस्। 🙏
समता पाठशाला कैलाली परिवार
सानो पाइला, ठूलो भविष्य
Samata Pathshala Kailali 2083
29/07/2026
गुरु"
कखरा
सिक्न आएको थिए
यहाँ त जिवनको बारेमा सिकाइदो रहेछ।
पढाइदो रहेछ,
बर्तमान र भबिष्यको बारेमा ।
जोड, घटाउ, गुणा र भाग सबै सिकाइदो रहेछ- जिन्दगीको।
समयले,
जिवनका हरेक ढोकामा सुनौला किरण पस्की रहने रहेछ ।
कृतिम उज्यालो नबालिकन
जूनको रोशनीमा पनि कैयौ माइलको यात्रा गर्छन गर्ने हरु।
गुरुले,
आफुमा थोरै अंस बाकी नराखी मेरै झोलिमा हालिदियका छन - ज्ञानको भन्डार
उज्यालो खोज्नेहरुले पनि,
गुरुले थापी दिएको तेल र बातिमा
मनको दियो सल्काउन सक्नु पर्ने रहेछ ।
बा -आमाले स्कुलको ढोकामा छोडिदिए पश्चात्
जिवनको सबै उज्यालो यतै देख्न पाएको छु।
हिडन खोज्नेहरुले,
न डगमगाई हिडनका लागि बा- आमाको हात पश्चात् गुरुको हात समाउन सक्नु पर्ने रहेछ ।
सपना देख्न खोज्नेहरुलाइ पनि,
न निदाइकन, सपना देख्न सिकाउने पनि गुरुनै रहेछन ।
अहो, बिडम्बना !
गुरुलाइ ढिलो चिनेछु ।
#2083
23/06/2026
आदरणीय अभिभावकज्यू नमस्कार ।
लम्कीचुहा नगरपालिकाको शिक्षा शाखाबाट प्राप्त सूचना अनुसार अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै समता पाठशालामा पनि केही दिनका लागि गर्मी बिदा रहने जानकारी गराइन्छ ।
विद्यालयमा नियमित पठनपाठन पुनः २०८३/०३/१५ गतेबाट साविककै समयमा सञ्चालन हुने जानकारी गराइन्छ । बिदाको समयमा आफ्ना बालबालिकालाई अत्यधिक घाममा बाहिर नहिँडाउनुहोस् तथा नदी, तालतलैया जस्ता जोखिमयुक्त स्थानबाट टाढा राखी सुरक्षित वातावरणमा राख्न अनुरोध गर्दछौं ।
धन्यवाद ।
समता पाठशाला परिवार
📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! 📢
समता पाठशाला कैलालीमा शैक्षिक सत्र २०८३ का लागि नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूमा जानकारी गराउदछौं।
🎓 कक्षा: Play Group देखि कक्षा ६ सम्म
🏫 विद्यालय: समता पाठशाला कैलाली
📍 स्थान: लम्कीचुहा–१, राजीपुर, कैलाली
आफ्ना नानीबाबुको उज्ज्वल भविष्यका लागि आजै भर्ना गराउनुहोस्।
सीमित सिट भएकाले समयमै सम्पर्क गर्नुहुन अनुरोध छ।
📞 सम्पर्क: 9825675368 / 9749806566
23/01/2026
हार्दिक निमन्त्रणा
आदरणीय अभिभावकज्यू तथा शुभेच्छुकहरूमा
सादर नमस्कार 🙏
आज पवित्र श्री सरस्वती पूजाको शुभ अवसरमा
Samata Pathshala द्वारा आयोजित
प्रसाद ग्रहण तथा अक्षरारम्भ कार्यक्रममा
हजुरको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
विद्या, बुद्धि र संस्कारको आराधनासँगै
नानीबाबुहरूको शैक्षिक यात्राको शुभ सुरुवातमा
सहभागी भई कार्यक्रमलाई सफल बनाइदिनुहुन अनुरोध छ।
🙏 धन्यवाद 🙏
Samata Pathshala, Lamki – Kailali
21/01/2026
कृतिम उज्यालो नबालिकन,
ज्ञानको दीप बाल्ने थलो हो विद्यालय।
कालोपाटीमा कोरिएका अक्षरहरूबाट
बालबालिकाको भविष्य उज्यालो बनाउने
यात्रा यहीँबाट सुरु हुन्छ।
🙏 सरस्वती पूजा – ज्ञानको आराधना 🙏
यस पावन अवसरमा
Samata Pathshala, Lamki–Kailali
बालमस्तिष्कमा अक्षरारम्भ गराउँदै
उज्यालो भविष्यतर्फ डोर्याइरहेको छ।
✨ Saraswati Puja Special Offer ✨
🎓 FREE ADMISSION
📚 Play Group देखि UKG सम्म
🗣️ English Medium
👩🏫 अनुभवी गुरुजन, संस्कारयुक्त शिक्षा
गुरुको आशीर्वाद र
सरस्वतीको कृपाले
तपाईंको नानीबाबुको जीवनका
हरेक ढोकामा
सुनौलो किरण पसोस् 🌼
📍 Samata Pathshala
Lamki–Tikapur Road, Kailali
contact: 9825675368/9749806566/091591769
Category
Contact the school
Telephone
Website
Address
Kailali
Alerts
Be the first to know and let us send you an email when Samata Pathshala Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.