Public Focus

Public Focus

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Focus, Media/News Company, janakpur, Janakpur.

15/03/2026

रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जना - ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको छ । पार्टी सचिवालयको निर्णय अनुसार : निर्वाचन आयोगलाई सुचिमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाईनेछ ।

खसआर्यबाट : १७ जना
आ.जनजाती : १६ जना
मधेशी : ९ जना
दलित : ८ जना
थारु : ४ जना
मुस्लिम : ३ जना

जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रिया पश्चात प्रकाशित गरिने पार्टीले जनाएको छ ।

06/03/2026

महावीर पुन अपडेट
महावीर पुन🔺: १०६६
🌞 : ६१२
⭐️ : ४७२
🌳 : ३९५

06/03/2026
06/03/2026

धनुषा -३
रास्वपा- घण्टी 🔔 :-१३५०४
काङ्ग्रेस- गाछि🌲=३७६४
एमाले- सुर्य☀️=१५९९

16/02/2026

जनकपुरधाम,४ फागुन।
चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ । अदालतले उनलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढकरोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।
हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता यादवले सन् २०१० मा दिल्लीका एक व्यवसायीसँग ५ करोड भारु ऋण लिएको बताइन्छ । उनले सो रकम आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘अता पता लापता’ मा लगानी गरेका थिए ।
तर फिल्मले बक्स अफिसमा सफलता नपाएपछि उनले ऋण तिर्न सकेनन् । उनी निकटका व्यक्तिहरूका अनुसार उनले वर्षौंदेखि प्रयास गरे पनि ब्याज बढ्दै जाँदा पूरा रकम तिर्न सकेनन् र अन्ततः यो रकम करिब ९ करोड भारु पुगेको थियो ।
अदालतले ५ करोड रुपैयाँ ऋण दिएको व्यवसायीको कम्पनी ‘मुरली प्रोजेक्ट्स कम्पनी’ लाई पनि जमानत निवेदनबारे जवाफ दिन नोटिस जारी गरेको थियो । मुद्दा करिब ९ करोड भारु तिर्न बाँकी रहेको विषयसँग सम्बन्धित छ ।
सुनुवाइका क्रममा यादवका वकिलले भुक्तानीबारे निर्देशन लिन समय मागेका थिए । यादवले यही महिनाको अन्त्यतिर शाहजहाँपुरमा आफ्नी भतिजीको विवाहमा सहभागी हुनुपर्ने पनि बताएका थिए । उनी फेब्रुअरी ५ देखि तिहाड जेलमा न्यायिक हिरासतमा थिए ।

13/02/2026

धनुषा, फागुन १ — धनुषा प्रतिनिधि सभा क्षेत्र नं. ४ अन्तर्गत जनता समाजवादी पार्टी नेपाल ले चुनावी अभियानलाई तीव्र बनाउँदै मिथिला नगरपालिका–ढल्केबर र क्षीरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ।
मिथिला नगरपालिका–ढल्केबरस्थित कार्यक्रममा पार्टीका प्रतिनिधि सभा उम्मेदवार ई.डा. कृष्ण चन्द्र प्रसादले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो। सो अवसरमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले मधेशको अधिकार, विकास निर्माण, रोजगारी सृजना तथा सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताएका थिए।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा पनि भव्य कार्यक्रमका बीच प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार साहले जनताको विश्वास जितेर क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
पार्टीका स्थानीय नेताहरूले दुवै स्थानमा कार्यालय स्थापना भएसँगै घरदैलो, टोलसभा तथा विभिन्न जनसम्पर्क कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिएका छन्।

08/02/2026

नेपाल प्रेस युनियन महोत्तरी शाखाका उपाध्यक्ष पत्रकार बैद्यनाथ चौधरीको ६७ वर्षको उमेरमा आज विहान ५:०० बजे असमायकि निधन भएको छ।

04/02/2026

जनता समाजवादी पार्टी ,नेपाल
बृहत् पार्टी प्रवेश कार्यक्रममा मन्तब्य राख्दै उपेन्द्र यादव

04/02/2026

जनता समाजवादी पार्टी (जसपा) नेपालमा पार्टी प्रवेश कार्यक्रममा
धनुषा क्षेत्र नं.–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार ई. डा. कृष्ण चन्द्र प्रसादले आफ्नो विचार सहितको मन्तव्य राख्दै।

04/02/2026

जनता समाजवादी पार्टी (जसपा) नेपालमा पार्टी प्रवेश कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ को परमेश्वर साह प्रतिनिधी सभा सदस्य उमेदवारले आफ्नो शुभकामना सहितको मन्तव्य राख्दै ।

04/02/2026

राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीबाट जनकपुरधाम आएर औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Janakpur
Janakpur
45600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00