Routine Of Ilam Evolution
Gmail:[email protected]
ईलाम हाम्रो सान , राष्ट्रको पहिचान❤️
जय ईलाम, जय इलामबासी ❤️
This is our official page of "Routine Of Ilam Evolution" We deliver authentic information,essential updates, entertaining posts,photographs, etc.
07/06/2026
मेची राजमार्ग अन्तर्गत इलामको माईखोला क्षेत्र वर्षा लाग्नेबित्तिकै यात्रुहरूको लागि चुनौतीको अर्को नाम बन्ने गरेको छ। हरेक वर्ष सडक सुधारका कुरा सुनिन्छन्, योजना बन्छन्, बजेट छुट्याइन्छ, तर वर्षात् सुरु भएपछि वास्तविकता फेरि उस्तै देखिन्छ। हिलो, खाल्डाखुल्डी, पहिरोको जोखिम र घण्टौंसम्मको जामले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई सास्ती दिइरहेको छ।
पूर्वी नेपालको जीवनरेखा मानिने यो राजमार्गको अवस्था हेर्दा विकासका ठूलाठूला भाषणभन्दा जनताले सुरक्षित र सहज यात्रा गर्न पाउने अधिकार अझै ओझेलमा परेको महसुस हुन्छ। बिरामी बोकेका एम्बुलेन्स, विद्यार्थी, कर्मचारी, व्यापारी तथा दैनिक यात्रा गर्ने हजारौं नागरिकले वर्षेनी एउटै समस्या भोग्न बाध्य छन्।
सम्बन्धित निकायको ध्यान केवल अस्थायी मर्मतमा होइन, दीर्घकालीन र गुणस्तरीय समाधानतर्फ जान आवश्यक छ। सडक केवल बाटो होइन, यो जनताको जीवन, अर्थतन्त्र र विकाससँग जोडिएको आधार हो। माईखोलाको समस्या समाधान हुनु भनेको सम्पूर्ण क्षेत्रको सहज आवागमन सुनिश्चित हुनु हो।
आशा गरौं, अबका वर्षहरूमा वर्षा सुरु हुँदा सडकको अवस्था सम्झेर चिन्तित हुनुपर्ने दिनको अन्त्य हुनेछ।
💚
05/06/2026
❤️
04/06/2026
Ilam ko hills, Portugal ko skills, World Cup ko thrills. 😎🇵🇹🏔️⚽
Ranke Ilam ❤️
03/06/2026
©kapil
03/06/2026
इलाम क्षेत्र नं. २ को विकासलाई अझ प्रभावकारी र जनमुखी बनाउन अब कुन–कुन क्षेत्रमा प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ?
गुणस्तरीय सडक सञ्जाल, स्वास्थ्य सेवा, शिक्षा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, खानेपानी, रोजगारी सिर्जना, युवा अवसर तथा अन्य पूर्वाधार विकासका विषयमा तपाईंका सुझावहरू कमेन्टमा लेख्नुहोस्।
विकास केवल नेताहरूको एजेन्डा होइन, जनताको आवश्यकता र चाहनासँग जोडिएको विषय हो। त्यसैले इलाम–२ को समृद्ध भविष्यका लागि तपाईंको विचार र सुझाव महत्त्वपूर्ण छन्।
तपाईंको नजरमा इलाम–२ मा सबैभन्दा आवश्यक विकासको काम के हो? आफ्नो धारणा कमेन्टमा अवश्य राख्नुहोस्।
Pic: Srijan
03/06/2026
इलाम क्षेत्र नं. २ का सुहाङ नेम्वाङ र क्षेत्र नं. १ का निश्चल राईबारे तपाईंको धारणा के छ?
उहाँहरूको नेतृत्व, काम गर्ने शैली र जनताप्रतिको जिम्मेवारीलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?
आफ्नो विचार कमेन्टमा खुलस्त राख्नुहोस्। 👇
k xa साथी हरु? 😀
नेपालले पनि भारतको भूमि मिचेको छ- B***n प्रधानमन्त्री
Click here to claim your Sponsored Listing.