HAMRO PURWA
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HAMRO PURWA, Media/News Company, Ilam.
सत्य तथ्य समाचार र जानकारीमूलक कुराहरु साथै लुकेका प्रतिभाहरु र नचिनिएका ठाउँको हामी प्रचार गर्ने छौ। हामिलाई साथ दिनुहोस हामी तपाईलाई चिनाउने छौ । हाम्रो पेजलाई लाइक फलो गरिदिनु होला ।
02/01/2026
shree antu😎😎😎
29/12/2025
भोलि पुस १५ गते देखि २५ गते सम्म सूर्योदयनगरपालिका ३ तिनखुट्टेमा तिनखुट्टे पर्यटन ,कृषि तथा सांस्कृतिक महोत्सव २०८२ ।
मेलाको आकर्षणहरु
रोटेपिङ , नाउरेस ,बालबालिकाको विभिन्न खेलहरु ,मनोरञ्जनात्मक कार्यक्रमहरु ,दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजेड सांगीतिक प्रस्तुतिहरु रहनेछन ।
आयोजक : TRC सूर्योदयनगरपालिका ३ तिनखुट्टे
स्थान : तिनखुट्टे चोक खेलमैदान ।
Shreeantu ilam❤️
Video : facebook
29/08/2025
Heart Breaking : श्रीमानको कुवेतमा विषक्त मदिरा सेवनका कारण मृत्यु,! श्रीमानको मृत्युको खबर सुनेपछि नेपालमा बेहोश भएकी श्रीमतीको पनि मृत्यु ।💔
कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो।
पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो ।
श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्।हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ ।
23/08/2025
स्थाई घर झापा बर्ने भएको र केही समय अगाडिबाट उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइ रहेको आज बिहान माईजोगमाई १ प्रेमेजुङ जंगलमा घासकाटने मानिसहरुले सडेको अवस्थामा मृत शरीर फेला पारेको र नयाँबजारबाट प्रहरिको टोलि र जनप्रतिनिधिहरु जादैगरेको पत्रकार विनु खडकाले बताए । घटनाको प्रकृति हेर्दा लडेर मरेको अवस्था देखिएको समेत खडकाले बताए । थप विवरण आउन बाकीँ
मानिस हराएको सुचना !
स्थाई घर झापा बर्ने भएको अहिले उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइरहेको हुनाले कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी वा भेना डिल्ली राम 9849062572,9842163631मा सम्पर्क गरिदिनु होला । हराएका ब्यक्ती बिरामी भएकोले सबैले यो पोस्टलाई सेयर गरेर खोज्नमा मद्धत गरिदिनु होला ।
23/08/2025
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतिराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
यस्तै
हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयाेग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।
23/08/2025
आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन सम्पूर्ण बुवाहरुप्रति समर्पण
सानो हुँदा हात समाई ताते-ताते गर्दै हिँडाउनुभएका,
आफ्नो पेट खाली राखेर पनि छोराछोरीको पेट भर्ने,
पुराना लुगा लाएर पनि हाम्रो सपना नयाँ बनाउन खोज्ने–
त्यही अमूल्य नाउँ हो बुवा।
थकाइ, पीडा र रोग सबै लुकाएर,
दिनरात पसिना खन्याउँदै परिवारको खुशीमा रम्ने,
न त रुने ठाउँ नत कतै जाने ठाउँ छ बा तपाईको मात्र त्याग र अरुको खुसिको लागि मरिहत्ते गर्ने मेरा बा
बाहिर कठोर देखिए पनि भित्रबाट संसारकै कोमल हृदय बोकेर
हामीलाई जीवनको बाटो देखाइरहनु हुन्छ।
आजको दिनमा मात्र होइन,
हरेक दिन उहाँको सम्झना, मायाँ र आशीर्वाद हाम्रो लागि शक्तिको स्रोत हो।
म आज जहाँ छु, त्यो तपाईँकै असीम त्याग र प्रेरणाको उपज हो।
साँच्चै भन्ने हो भने,
मैले अझै पनि तपाईँका सपना अनुसार केही गर्न सकेको छैन,
तर तपाईं सधैँ आशिर्वादका साथमा हुनुहुन्छ,
बाकै कारण आट, हिम्मत र आत्मविश्वास पलाउँछ।
एक दिन अवश्य तपाईंलाई गर्व गर्ने पल दिनेछु, बा🙏❤️
तपाईको छोरा हुँ भन्दा गर्व लाग्छ बा तपाईलाई सधै माया र सम्मान 🙏❤️❤️
17/08/2025
मानिस हराएको सुचना !
स्थाई घर झापा बर्ने भएको अहिले उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइरहेको हुनाले कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी वा भेना डिल्ली राम 9849062572,9842163631मा सम्पर्क गरिदिनु होला । हराएका ब्यक्ती बिरामी भएकोले सबैले यो पोस्टलाई सेयर गरेर खोज्नमा मद्धत गरिदिनु होला ।
🌼🙏 शुभ कृष्ण जन्माष्टमी २०८२ 🙏🌼
आज भगवान श्रीकृष्णको जन्मोत्सव, सत्य, धर्म र न्यायको प्रतीकको दिन।
यस पावन अवसरमा सबैमा प्रेम, करुणा र शान्तिको भावना जागोस् 💛 श्री कृष्णजन्माष्टमीको सम्पूर्णमा हार्दिक शुभकामना 🏵️🕉️🕉️🦚🦚🦚
"यदा यदा हि धर्मस्य..." – श्रीमद्भागवत गीता
जय श्रीकृष्ण! 🦚✨ राधे राधे
09/08/2025
हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ilam
इलाम