Chulachulimedia.com
Chulachuli Media (chulachulimedia.com)
Address : Chulachuli Rural Municipality , ilam ( चुलाचुली गाउँपालिका, इलाम ) video creation
06/06/2026
वाहिङ प्रोडक्सन युट्युब च्यानलमा पहिलो क्रश को भाग ८ सार्वजनिक भएको छ।
#प्रतिक्रिया
आजको भाग हेरेर प्रतिक्रिया दिनु होला।
First Crush_episode-8 || Khemraj, Reshika, sanam shrestha ll wahing production. First Crush_episode-8 || Khemraj, Reshika, sanam shrestha ll wahin...
चुलाचुली रंगमञ्च इलामको आयोजनामा रहेको "तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव २०८१" दृश्य कस्तो लाग्यो?
#प्रतिक्रिया
पुरा नाटक भिडियो :
https://youtu.be/Tsk4n36KmsY?si=zklGPEKV3MUlYPv9
साकेला नृत्य गरेर टिकटकमा भाइरल भइरहेकी उनी कुन देशको नागरिक हुन्?
05/06/2026
-सजिव लिम्बु
रित्तो छु म (कविता)
केहि हराए जस्तो
हराएपछि
खोजी रहदा
कतै केही नभेटाए जस्तो
भएपछि
लाग्छ,,,कि
हराएको सामग्री खोजी रहनु त
ब्यार्थै पो होकि जस्तो
तर....
कहि कतै अलि अलि त....
यो मनमा पनि।
अझै पो
भेट्छु कि भन्ने लाग्छ ।
त्यसैले भेटिने
आशा जागेर बेला-बेला आउदो रहेछ
बर्षियौ अघि बाट
खोजी रहेको छु
भेटिने आशामा दौडि रहेको छु।
म....कतै सोच्छु
जिन्दगी पनि
हेर्दा सुन्दर देखिने
पढ्न कठिनाइ हुने
एउटा किताबको पानाहरु जस्तो भएको छ।
यो जिन्दगी पनि ।
त्यसैले म रित्तो खाली हात भएको छु ।
मैले त.....
पर्खाइमा साच्चै थुप्रै समय बिताएको छु
हराए पछि नै हो
खोज्दा नभेटे पछि
मैले खोज्न छोडि दिएको हुँ
आफ्नै सपना बाट रितिएको छु
लुटिेएको छु।
-चुलाचुली गाउँपालिका-१, इलाम
05/06/2026
सांसद सुधन गुरुङ निर्दोष !
रास्वपा सांसद एवम् पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरू पूर्ण रूपमा आधारहीन ठहरिएका छन् ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित छानबिन समितिले गुरुङको आयव्यय र लगानीको गहिरो अनुसन्धान गरी 'विवादास्पद कम्पनीको सेयर खरिद'मा उनको कुनै पनि संलग्नता नदेखिएको स्पष्ट निष्कर्षसहित आज प्रधानमन्त्रीसमक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो ।
#प्रतिक्रिया तपाई के भन्नुहुन्छ?
पानीमा किन डुबाइयाे १ कराेड भन्दा धेरै पर्ने माेबाइल ?
सिरहामा एसईईमा जफत गरिएका एक करोड बढी मूल्यका मोबाइल प्रहरीले नष्ट गरेकाे छ ।
05/06/2026
चिट चोर्ना प्रयोग गरेको भन्दै मोबाइल फुटाउदै प्रहरीहरू #प्रतिक्रिया तपाई के भन्नुहुन्छ?
पानीमा किन डुबाइयाे १ कराेड भन्दा धेरै पर्ने माेबाइल ?
सिरहामा एसईईमा जफत गरिएका एक करोड बढी मूल्यका मोबाइल प्रहरीले नष्ट गरेकाे छ ।
श्रम संस्कृतिको पार्टीका अध्यक्ष तथा सासऺद हर्क साम्पाङ राई गाईघाटबाट धरान फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेको छ।
उक्त दुर्घटनामा उहाँको हातमा सामान्य चोट लागेको छ।
#प्रतिक्रिया
उहाँले कसरी मोटरसाइकल चलाई रहेका छन्? सहि वा गल्त?
05/06/2026
बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै..
काठमाडौं । सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले कु'टपिट गरेको आरोप लागेको छ। धनकौल गाउँपालिका–५ हरकठवा'का फेकु दास प्रहरीको कुटाइबाट गम्भीर घा'इते भएका छन्।
दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका सम्बन्धमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो। पी'डित दासका अनुसार बुधबार दिउँसो उनी श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भनेको तर विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनले लगाएका छन्। कु'टपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई बरहथवास्थित हनुमन्त अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ।
यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवानबीच वि'वाद भएको स्वीकार गर्दै सोही क्रममा कु'टपिटको घ'टना भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताउँदै दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हात'पात गर्न खोजेपछि विवाद भएको प्रारम्भिक जानकारी आएको बताए। उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
साभार :मेरो पोस्ट
वाहिङ प्रोडक्सन युट्युब च्यानलमा पहिलो क्रश को भाग ७ हेर्नु भयो?
अमृत बोर्डिङ स्कुलको प्रस्तुति रहेको वेव सिरिज विधार्थीहरुको कला सीपलाई हौसला, प्रविधि अभ्यासको लागि निर्माण भइरहेको छ।
#प्रतिक्रिया
Full video link :https://youtu.be/HTBy1ZuY-IY?si=Z28Z_BE4lEoGwMja
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Chulachuli
Ilam