ANNFSU AFU Hetauda

ANNFSU AFU Hetauda

Share

“देशभरका सम्पूर्ण प्रगतिशील जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं ।”✊️

Photos from ANNFSU AFU Hetauda's post 16/09/2025

स्वागत, सम्मान तथा फेरी भेटौँला कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका निम्ति सहयोग गर्नुहुने सम्पूर्णमा अनेरास्ववियु वन विज्ञान संकाय हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । ✊✊
स्वागत, सम्मान तथा फेरी भेटौँला कार्यक्रमका केही झलकहरु...

#अनेरास्ववियु_वन_विज्ञान_संकाय
#अनेरास्ववियु ✊✊
#अनेरास्ववियुजिन्दाबाद✊

31/08/2025

“ स्वागत, सम्मान तथा फेरि भेटौंला कार्यक्रम "

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वन विज्ञान संकाय, हेटौंडा द्वारा आयोजित“स्वागत, सम्मान तथा फेरि भेटौंला कार्यक्रम” मा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं । ❤️

कार्यक्रममार्फत हामीबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउन, विद्यार्थी आन्दोलनको गौरवशाली इतिहासलाई सम्झन, नयाँ पुस्तालाई जिम्मेवारी र भविष्यको दिशा देखाउन, साथै सामूहिक एकताको भावनालाई बलियो बनाउन विशेष योगदान पुग्ने विश्वास लिएका छौं ।

📅 मिति: २०८२ भदौ २१ गते, शनिवार
🕒 समय: दिउँसो १:०० बजे
📍 स्थान: रोयल पार्टी प्यालेस (हल - B),हेटौंडा

यो ऐतिहासिक भेलामा सम्पूर्ण अग्रज, साथीभाइ, शुभेच्छुक तथा समर्थकहरूलाई हार्दिक स्वागत गर्दछौं ।

तपाईंको सम्मानित उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र सफल बनाउनेछ । ✊✊❤️

#अनेरास्ववियु_वन_विज्ञान_संकाय

26/08/2025

हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना।।

#अनेरास्ववियु

Photos from ANNFSU AFU Hetauda's post 16/08/2025

आज मिति: २०८२/०४/३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा अनेरास्ववियु ,१३औं ब्याच (२०८१-०८५) कमिटी, वन विज्ञान संकाय, हेटौंडा द्वारा आयोजित “जुरेथुम भ्रमण तथा भेटघाट” कार्यक्रम सफलतापू्र्वक सम्पन्न गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्याक्त गर्दछौं ।✊

हार्दिक अभिवादन !✊️
#अनेरास्ववियु ❤️

15/08/2025

अनेरास्ववियु ,१३औं ब्याच (२०८१-०८५) कमिटी, वन विज्ञान संकाय, हेटौंडा द्वारा आयोजित “जुरेथुम भ्रमण तथा भेटघाट” कार्यक्रममा सम्पूर्णलाई हार्दिक निमन्त्रणा ।❤️

मिती :२०८२/०४/३१ गते
भेला हुने स्थान: फरेष्ट्री गेट
समय: बिहान ५:३० बजे

हार्दिक अभिवादन !✊️
#अनेरास्ववियु ❤️

10/08/2025

म्याद थप गरिएको व्यहोरा जानकारी गराउँदछौं।
२०५२/०४/३१ गते सम्म लेखरचनाहरु उपलब्ध गराएर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।

#प्रतिविम्ब
#अनेरास्ववियु

09/08/2025

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः तेन त्वाम् प्रतिबद्धनामि रक्षे माचल माचलः
अनेरास्ववियु वन विज्ञान संकाय हेटौँडाको तर्फ बाट सम्पूर्णमा जनै पुर्णिमा, क्वाटी पुन्ही तथा रक्षा बन्धनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
हार्दिक अभिवादन!!!

#अनेरास्ववियु✊

03/08/2025

आफ्नो लेखरचना उपलब्ध गराएर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।



#प्रतिविम्ब

23/07/2025

"नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव तथा विचारका अगुवा कमरेड पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा उहाँप्रति क्रान्तिप्रति समर्पित जीवनका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

देश, जनता र श्रमिक वर्गको मुक्तिका लागि उहाँले देखाएको मार्ग, बोकेको विचार र त्याग–समर्पण आज पनि हामी सम्पूर्ण प्रगतिशील विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय — हेटौंडा, मकवानपुर — क्रान्तिकारी विचार र जनपक्षीय शिक्षाको पक्षमा दृढ छ।

✊ उहाँको योगदान अमर रहोस्!
विचार मर्छ, विचारधारा कहिल्यै मर्दैन!
विद्यार्थी एकता, संघर्ष र परिवर्तनका लागि!! 🚩"


#अनेरास्ववियु✊❤️

Photos from ANNFSU AFU Hetauda's post 18/07/2025
Want your organization to be the top-listed Government Service in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Hetauda