Hetauda Live

Hetauda Live

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hetauda Live, News & Media Website, Hetauda.

12/06/2026

#फिफा_विश्वकप २०२६ः उद्घाटन खेलमा घरेलु टोली #मेक्सिको दक्षिण अफ्रिका बिरुद्ध २–० गोलअन्तरले #विजयी ।

12/06/2026

#फिफा_विश्वकप उद्घाटन खेलमै ३ वटा #रातो कार्ड
फिफा विश्वकप फुटबल(२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन् । खेलमा घरेलु टोली मेक्सिकोका १ र दक्षिण अफ्रिकाका २ खेलाडीले रातो कार्ड पाएका हुन् ।
दक्षिण अफ्रिकाका सेफेलो सिथोल, थेम्बा ज्वाने र मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाए । खेल घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ ।

10/06/2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित, नेतृत्व सम्पर्क बिहिन भएपछि, सुरक्षाकर्मीले प्रतिनिधिहरूलाई कार्यक्रम स्थलबाट हटायो ।

10/06/2026

रास्वपा बागमती प्रदेशको अधिवेशनमा लफडा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत सुरु भएको निर्वाचन प्रक्रिया मतदान सुरु भएको करिब आधा घण्टामै विवादमा तानिएको छ । राति अबेर सुरु भएको मतदान पाँच जनाले मत खसालेपछि स्थगित गरिएको छ भने बुधबार बिहानसम्म पनि निर्वाचन प्रक्रिया पुनः सुरु हुन सकेको छैन ।

10/06/2026

किन रोकियो बागमती प्रदेशको प्रथम अधिवेशन ???

09/06/2026

सामाजिक कार्यकर्ता विशाल राज महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकवानपुर भ्रमणका क्रममा सीमित व्यक्तिको रिपोर्टिङमा मात्र भर नपरी कार्यकर्ता, शुभेच्छुक र आमजनताको आवाज सुन्न आग्रह गरेका छन्। उनले पार्टीभित्र फरक मत, प्रतिनिधि छनोट, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताबारे प्रश्न उठाउँदै जनसरोकारका मुद्दामा रास्वपाको स्पष्ट धारणा आवश्यक रहेको बताएका छन्। हेटौँडा–काठमाडौँ सुरुङमार्ग, २५ मिटर सडक विस्तार, सुकुम्बासी समस्या, लागूऔषध दुर्व्यसन र उद्योगहरूको अवस्थाबारे जनताले पार्टीबाट सक्रिय भूमिका अपेक्षा गरेको महतको भनाइ छ।
Bishal Raj Mahat
Rastriya Swatantra Party - RSP

09/06/2026

सार्वजनिक बिदा विरुद्ध सर्वोच्चमा मुद्दा दायर
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले पेश गरेको रिट दर्ता गर्दै बुधबारलाई पेसी तोकिएको छ।

09/06/2026

सार्वजनिक बिदा बिरुद्ध सर्वोच्चमा मुद्दा
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले पेश गरेको रिट दर्ता गर्दै बुधबारलाई पेसी तोकिएको छ।

Photos from Hetauda Live's post 09/06/2026

चुहाको फुल
फोटो: Amrit Yonjan-Tamang सरको फेसबुकबाट

09/06/2026

गृहमन्त्रीमा ब्याक भएपछि सुदन गुरुङले गरेका चार निर्णय:
१. २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने,
२. जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने,
३. केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने,
४. छानबिनमा रहेका अनुसन्धान प्रकृया टुंगो लगाउने र हरेक फाइल खोल्ने ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Address


Hetauda