Akhabarhub.com
अखबार हव सञ्चार प्रालिले सञ्चालन गरेको अनलाईन न्युज पोर्टल ''अखबारहब डट कम'' http://www.akhabarhub.com/ को आधिकारीक फेसबुक पेजमा यहाँलाई स्वागत छ ।
06/05/2026
शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन ।
06/05/2026
हावाहुरीले १६ लाख मूल्य बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
कैलाशमा आएको हावाहुरीले ९ घरमा क्षति हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–९ घैराङमा मंगलबार पानीसँगै आएको हावाहुरीले ९ घरमा क्षति पुर्याएको छ । ह.....
06/05/2026
प्रधानमन्त्री बालेनलाई घनश्याम भूसालको चेतावनी- ओलीको जस्तै नियति भोग्नु नपरोस्
06/05/2026
सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकमवासी बस्तीमा सरकारले डोजर आतंक देखाएको भन्दै उक्त कार्य स्वीकार्य नहुने बताएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुकुमवासी बस्तीमा चलेको डोजरलाई आतंकको संज्ञा दिँदै स्वीकार्य नभएको बताएका हुन् ।
06/05/2026
बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंन्छी विकास मन्त्रालयमा गाभ्ने प्रदेश मन्त्रीपरिषदको निर्णय प्रति नेपाल वन प्राविधिक संघको असन्तुष्टि ।
हेटौंडा-भैंसे-काठमाडौं सडकखण्ड अन्तर्गत त्रिखण्डीमा मालबाहक ट्रक सडकछेउको नालीमा फसेपछि यातायात अवरुद्ध भएको छ। ट्रक फसेसँगै दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ। जामका कारण बिरामी बोकेको एम्बुलेन्स समेत बाटोमै रोकिएको छ।
05/05/2026
सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन ।
मन्त्रालय घट्ने भएसँगै बागमतीमा कायम रहने मन्त्रालय
१)मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
२)आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय,
३)आर्थिक मामिला तथा योजना मन्त्रालय,
४)खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालय,
५)भौतिक पूर्वाधार विकास मन्त्रालय,
६)कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालय,
७)स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय,
८)उद्योग पर्यटन, श्रम तथा यातायात मन्त्रालय
मन्त्रीपरिषद्को निर्णय साउन १ गतेबाट कार्यान्वयन आउने छ ।
05/05/2026
सञ्चार मन्त्रालय मातहतका निकायमा राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?
बागमती प्रदेशमा मन्त्रालय सङ्ख्या घट्यो
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकबाट बागमती प्रदेशमा हाल कायम रहेका १४ वटा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री कार्यालय सहित ८ मन्त्रालय कायम रहने निर्णय भएको छ । मन्त्रालयको संख्या २०८३ साल श्रावण १ गतेबाट कार्यान्वयन हुनेछ ।
बागमती प्रदेशको मन्त्रालय सङ्ख्या घट्यो
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकबाट बागमती प्रदेशमा हाल कायम रहेका १४ वटा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री कार्यालय सहित ८ मन्त्रालय कायम रहने निर्णय भएको छ । मन्त्रालयको संख्या २०८३ साल श्रावण १ गतेबाट कार्यान्वयन हुनेछ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Hetauda-2, Manaschwok, Makwanpur
Hetauda
44107