Bishal Raj Mahat

Bishal Raj Mahat

Share

राजनैतिक परिवर्तन त भयो तर चेतना?परिवर्तन सम्भव छ। सुरुवात आफै बाट हुनु पर्छ।

24/04/2026

युवालाई अपराधमा धकेल्ने, लागुपदार्थको जालमा फसाउने र त्यसैलाई संरक्षण गर्नेहरूकै कारण आज समाज अपराधको दलदलमा फस्दै गएको छ। हरेकजसो अपराधमा लागुपदार्थको छाया देखिनु संयोग होइन, यो योजनाबद्ध खेल हो।
शक्ति र सत्ताको आडमा बसेर आफूलाई नेता भन्नेहरू नै यसका मुख्य दोषी हुन जो पर्दा पछाडि युवाको भविष्य सिध्याउने धन्दा चलाइरहेका छन्। युवालाई अपराधी बनाउने, अनि आवाज उठाउनेलाई धम्की र दबाबले चुप लगाउने खेल अब लुकेको छैन।
यदि यही अवस्था जारी रह्यो भने, समाजलाई बर्बादीतिर धकेल्ने यी संरक्षकहरूलाई नै इतिहासले कठघरामा उभ्याउनेछ।
म माथी भएको हातपात हुदा म त एउटा पात्र हु। नदेखिएको धेरै पात्रहरु यस्ताका सिकार भएका छन।

14/04/2026

सबैमा🙏🙏

06/04/2026

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा नेपाल पूर्वाधार विकास कम्पनी ले सेयरमार्फत सर्वसाधारणबाट संकलन गरेको करिब ३१ करोड ७६ लाख रुपैयाँ कामै नगरी ठगी गरिएको भन्ने व्यापक गुनासो सम्बन्धमा माननीय मन्त्रीज्यू समक्ष औपचारिक ध्यानाकर्षण गराएका छौँ।
ध्यानाकर्षण पत्र सचिवालयमा दर्ता भई आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगेको जानकारी गराउन चाहन्छौ।
जनताले गाई–बाख्रा, जग्गा बेचेर जुटाएको पसिनाको पैसा फिर्ता गराउनु राज्यको दायित्व हो भन्ने हाम्रो स्पष्ट धारणा छ। आशा गरौँ सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउनेछ।
केही समय धैर्य गर्न सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गर्दछु।
हामी निरन्तर पहल र दबाब दिने छौ।

03/04/2026
30/03/2026

सुरुङ मार्ग बनाउने नाममा जनताको पसिना लुट्नेहरूलाई अब चुप लागेर हेर्ने समय सकियो ; बिशाल राज महत

“पूर्वाधार विकास”को नाम बेचेर ३१ करोड ७६ लाख उठाउने, अनि वर्षौँसम्म हिसाब नदिने यो सीधै जनतामाथिको ठगी हो, विश्वासघात हो।
हेटौंडाका सर्वसाधारणले गाई बाख्रा बेचेर, ऋण काढेर, पेन्सनको पैसा लगाएर गरेको लगानी कुनै खेलौना होइन। यो रगत–पसिनाको कमाइ हो। तर आज न सुरुङ देखियो, न प्रगति, न जिम्मेवारी कहाँ छन् कुसकुमार जोशी? कहाँ छन् सञ्चालकहरू? किन मौन छन् सम्बन्धित निकाय?
अब सहेर बस्ने होइन प्रत्येक रुपैयाँको हिसाब चाहिन्छ
दोषीलाई कानुनी दायरामा ल्याउनै पर्छ
जनताको लगानी डुबाउनेहरूलाई उन्मुक्ति दिनु हुन्न
सरकार, नियामक निकाय र सरोकारवालालाई हामी ध्यानाकर्षण गराउने छौ यदि छानबिन भएन भने जनस्तरबाट दबाब सिर्जना हुन्छ, र यो मुद्दा सडकदेखि अदालतसम्म पुग्छ।
सेयर होल्डरहरू आफ्नो प्रमाणपत्र सुरक्षित राख्नुहोस
अब हिसाब चाहिन्छ, जवाफ चाहिन्छ।

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hetauda