Hedamba News

Hedamba News

Share

जिम्मेवार र जवाफदेही पत्रकारिता

Photos from Hedamba News's post 29/05/2026

मकवानपुरका ३ बक्सर फाइनलमा, रोसिकी ‘बक्सर अफ द डे’ घोषित
हेटौंडामा जारी अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन्। प्रतियोगितामा मकवानपुरका तीन जना बक्सर फाइनल प्रवेश गर्न सफल भएका छन्।
RDS बक्सिङ क्लबका रोसिकी शाही खड्गी ५० केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै ‘बक्सर अफ द डे’ घोषित भएका छन्। उक्त पुरस्कारका लागि युवा व्यवसायी प्रचण्ड खनालले सहयोग गरेका थिए।
कार्यक्रममा समाजसेवी सुदिप ठकुरी र प्रकाश बस्नेत अतिथिका रूपमा उपस्थित रहेका थिए। प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

29/05/2026

सरकारी कार्यालय र कर्मचारीलाई लक्षित बजेट घोषणा
• निजामती, सेना, प्रहरी र शिक्षकहरूको सेवासुविधा क्रमशः वृद्धि गरिने ।
• संस्थानका पदाधिकारीहरूले वस्तु तथा सेवा खरिदमा पाउँदै आएको छुट सुविधा खारेज ।
• तालिम केन्द्र बाहिर हुने तालिम खर्चमा रोक लगाइने ।
• क्यामेरा, टेलिभिजन लगायत उपकरण खरिदका लागि छुट्टाइएको बजेट कटौती ।
• ३१ निकाय खारेज, ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण तथा १८ निकाय पुनःसंरचना गरिने ।
• गाभिएका तथा खारेज गरिएका निकायहरूको छुट्टाइएको रकम रोक्का गरिने ।
• विभाग, कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासन सुधारमा प्रयोग गरिने ।
• यी कदमबाट करिब २० अर्ब रुपैयाँ बचत हुने प्रारम्भिक अनुमान ।

29/05/2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् विनियोजन गरिएको छ ।

29/05/2026

स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड विनियोजन, बाल क्यान्सर उपचार निःशुल्क गरिने

29/05/2026

पाँच वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण

सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ उनले भने ।

29/05/2026

पथलैया–हेटौंडा र हेटौंडा–चितवन सडक यसै वर्षबाट निर्माण सुरु हुने । बजेटमा घोषणासँगै हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषय यसै वर्ष टुंगिने देखिएको छ ।

29/05/2026

३ वर्षभित्र ८ हजार दर्शक क्षमताका १० रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने
खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।

29/05/2026

नागढुंगा सुरुङमार्ग साउनबाट सञ्चालनमा आउने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनबाट सञ्चालनमा ल्याइने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । सुरुङमार्गको निर्माणको काम ९८ प्रतिशत सकिसकेको छ ।

29/05/2026

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले दशकौँदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने पहल थालेको छ। एसियाली विकास बैंकमार्फत तयार पारिएको ड्यु डेलिजेन्स अडिट प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसँगै उद्योगलाई नयाँ प्रविधि र सार्वजनिक-निजी साझेदारी मोडलमा चलाउने बाटो खुलेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमार्फत बन्द उद्योग सञ्चालनको कार्ययोजना ल्याउने तयारी गरेकाले नेपालमै पुनः टायर उत्पादन सुरु हुने र हजारौँले रोजगारी पाउने सम्भावना बढेको छ।

29/05/2026

बालेन सरकारले हेटौंडामा २.५ मेगावाट ग्रीन हाईड्रोजन प्लान्ट निर्माण गर्ने ।

29/05/2026

हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड एक महिनाका लागि बन्द गरिएको छ । इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा सडक ढलानको काम सुरु गरिएकाले सडक बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक रूपमा हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक प्रयोग गर्न सवारी चालकलाई आग्रह गरेको छ ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Hetauda