Hello Sotang

Hello Sotang

Share

सूचना, समाचार, आशा र ज्ञान
Hello Sotang हाम्रो अभियान ।

11/06/2026

गाउँपालिका शैक्षिक अनुदान,निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको,शिक्षक पदको लागि विज्ञापन -२०८३

10/06/2026

सोताङ गाउँपालिका अध्यक्ष श्री खिलराज बस्नेत ज्युको अथक प्रयास पश्चात आज सोताङ गाउँपालिकामा भुमि प्रशासन तथा नापी कार्यालय स्थापना भएको छ । सोताङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलको अध्यक्षतामा, सोताङ गाउँपालिका अध्यक्ष श्री खिलराज बस्नेत ज्युको प्रमुख आतिथ्यमा विभिन्न राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारी तथा स्थानीय हरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खिलराज बस्नेत ज्युले भुमि प्रशासन तथा नापी कार्यालय संयुक्त उद्घाटन गर्नुभएको छ ।

10/06/2026

सोताङ गाउँपालिका वडा नम्बर २ ले मिति २०८३/०२/२६ गते आफ्नो सेवा क्षेत्र भएका विद्यालयहरूबाट उत्कृष्ट शिक्षकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुनुहुने सम्पूर्ण गुरूवर्गहरूलाई हार्दिक बधाई साथै तपाईहरूले सोताङ गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिनुभएको योगदानको लागि हार्दिक आभार प्रकट गर्दैछौं ।

10/06/2026

प्रशिक्षक आवश्यक्ता सम्बन्धि वीरेन्द्र ज्योति माविको सूचना!!!

09/06/2026

खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा आयोजित भलिबल प्रतियोगितामा सोताङ गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान ओग्टन सफल भलिबल खेलाडीहरूलाई सोताङ गाउँपालिकाले सम्मान गरेको छ साथै उक्त टीमलाई नगद रू ५०,००० प्रदान गरिनेछ ।

09/06/2026

सोताङ गाउँपालिकामा मालपोत र नापी भोलि(जेठ २७ गते ) उद्घाटन हुँदै ।
उद्घाटन समारोहमा उपस्थित हुन सम्पूर्णलाई अनुरोध !!!

08/06/2026

आर्थिक वर्ष २०८३/०८४ को लागि संघीय सरकारबाट सोताङलाई २७ करोड ६७ लाख बजेट !!!

08/06/2026

खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा आयोजित महिला तथा पुरुष भलिबल प्रतियोगितामा सोताङ गाउँपालिकाले लिखुपिके गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै शानदार विजय हासिल गरेकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाै ।
🏐 सोताङ गाउँपालिका टोलीलाई पुनः हार्दिक बधाई! 🎉

07/06/2026

⚽ WORLD CUP 2026
मात्र ४ दिन बाँकी! 🎉
११ जुन २०२६ देखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ। यस संस्करणमा ४८ टोली सहभागी हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो।
तपाईं कुन देशको समर्थक नि ?
धेरै नेपाली फुटबलप्रेमीहरू Argentina, Brazil र Portugal का समर्थक देखिन्छन्। 😄

Want your business to be the top-listed Media Company in Gudel?
Click here to claim your Sponsored Listing.

Category

Address


Sotang
Gudel
56004