MB Meditech Pvt.ltd
hospital eqipment and surgical supplier
24/04/2023
लोकतन्त्र दिवसको सबैलाई शुभकामना
(आज १४ औं लोकतन्त्र दिवस हो। तत्कालीन राजा ज्ञानेन्द्रले जनता सामू घुँडा टेकेको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइन्छ। विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो। यसकै सम्झनामा यो दिवस मनाइने गरिएको हो।)
(२०८०-०१-११/2023-April-24-Monday)🇳🇵🇳🇵
13/04/2023
नव बर्ष २०८० सालको सुखद उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका आदरणीय ग्राहकवर्ग एवं बुबा,आमा तथा दाजु भाइ दिदी बहिनिहरुमा सुस्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
❣️🙏🎁🎁🎈
एम.बी. मेडिटेक परिवार
इटहरी, सुनसरी
07/03/2023
रङ्गहरूको उत्सव फागु पूर्णिमाको अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्णमा स्वस्थ, सुख, शान्ति, समृद्धि एवं उल्लासमय समयको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
MB Meditech परिवार 💝
30/09/2022
बिजयादशमी 2079 को अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दिदि बहिनीहरुमा स्वस्थ, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
MB Meditech परिवार 💝
29/09/2022
विश्व मुटु दिवसको शुभकामना
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
मुटु दिवसको नारा
वर्ष २०२२ मा विश्व मुटु दिवसको नारा चाहिँ Use Hearth For Every Heart रहेको छ । यसको अर्थ हरेक मुटुलाई मुटु देखि नै माया गरौँ भन्ने लाग्दछ । हृदय एक मात्र अङ्ग हो जुन तपाईँले सुन्न र महसुस गर्न सक्नुहुन्छ। यो जीवनको पहिलो र अन्तिम सङ्केत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो।
हृदय रोगको जोखिम
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ ।
दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्युलाई रोक्न सकिन्छ ।
मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पुर्याउन शक्तिलाई विकेन्द्रित गरौँ भन्ने आव्हान गरिएको हो ।
ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ ? हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।
सबैको हृदयको गति जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् ।
विश्व मुटु दिवसको शुभकामना
MB Meditech Pvt. Ltd. परिवार 😊💝🙏
साभर हाम्रो पात्रो
26/09/2022
आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिनको हार्दिक मङ्गलमय शुभकामना ।
MB Meditech परिवार। 😊🙏💐
02/10/2019
May the Divine of Dashain remove the darkness of ignorance
and sorrow and shower wisdom, good health, peace
and prosperity in your future. With Best Wishes. HAPPY DASHAIN
👌😍🤣
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bp Chok Itahari Sunsari
Dharan
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |