Joshi Keshab

Joshi Keshab

Share

हरेक मानिस एक महान सम्भावना बोकेर यो धर्तीमा पाइला टेक्दछ। ती सम्भावनाको खोजी र प्रयोग गरेर आनन्दित जीवन बाच्नु नै एक उद्देश्य हो।

27/02/2026

वैदेशिक सम्बन्ध र कूटनीति हाम्रोजस्तो संबेदनशील मुलुकको लागि पूर्ण परिभाषित, राष्ट्रिय एकतामा आधारित र दीर्घकालीन महत्वको हुनुपर्छ भनेर जान्दाजान्दै पनि यसलाई घरेलु राजनीतिक स्वार्थ र चुनावी दाउपेचहरुमा हलुका रुपले प्रयोग गर्नु दुर्भाग्यपूर्ण छ। यस्ता क्रियाकलापले हामी नेपाली र हाम्रो नेपालको पन्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई कमजोर बनाउँदछ।

21/07/2024

जीवनको तत्वबोध गर्न प्रेरित गर्ने सम्पूर्ण गुरुहरुमा हार्दिक नमन !!!

07/06/2024

`बहुदलीय लोकतन्त्र´लाई `बहुबलीय योगतन्त्र´को रुपमा बिकास गर्नुपर्ने जिम्मेवारी भएका राजनीतिक दलहरुको प्रमुख कार्यभार यसलाई `बाहुबलीय ठोकतन्त्र´मा बदलिनु बाट जोगाउनु नै हो जस्तो लाग्छ।
-एक नागरिक

16/08/2023

आइसक्रीम छुँदा चिसो लाग्छ तर खाँदा त्यसले शरीरमा ताप दिन्छ। जसको लागि पाचन प्रणाली तन्दुरुस्त हुनु जरुरी छ।
पाचनको प्रक्रिया मुख देखि मलद्वार सम्म प्लास्टिक पाइप जोडेर पूरा हुँदैन।
#देखेकोसत्य

29/07/2023

हाम्रा राष्ट्रिय रोगहरु :
• धेरै पैसा कसरी कमाउने : भ्रष्टाचार गरेर
• हैसियत कसरी बनाउने : अरुलाइ तर्साएर
• ठूलो कसरी बन्ने : अरुलाइ होच्याएर
• पपुलर कसरी बन्ने: काम भन्दा कुरा धेरै गरेर

29/05/2023

नैतिक शक्तिभन्दा भौतिक शक्तिमा बढी भरोसा गर्ने राजनीतिक प्रवृत्तिले बहुदलीय ब्यवस्थालाई बाहुबलीय ब्यवस्था र गणतन्त्रलाई गुण्डातन्त्रमा परिणत गरिदिएको अवस्थामा, बोल्न पाउने तर सुनुवाइ नहुने सीमान्तकृत नागरिकको जिम्मा स्वयं आफैले लिनसक्ने शक्ति प्राप्त होस। (कागजतान्त्रिक) गणतन्त्र दिवसको शुभकामना !!!

03/03/2023

जुन चीजले गर्दा जो चीज जहाँ हुनुपर्ने हो अर्कै चीजले गर्दा त्यो चीज त्यहाँ भएपछी हुनुपर्ने चीज नहुनु सामान्य सत्य हो जस्तो लाग्छ।

23/02/2023

आफ्नो सबल पक्ष पहिल्याउन र प्रयोग गर्न नसक्ने प्रवृत्तिले प्रायः अर्काको कमजोरीमा आनन्द र अवसर खोज्ने रहेछ।
वर्तमान राजनीतिक नेतृत्वको कमजोरी भनेकै आफ्नो पार्टीको रोडम्याप जनताको तहसम्म स्थापित गर्ने र तदनुरुप काम गर्ने भन्दा पनि अर्काको कमजोरी देखाएर उसलाई तल पार्ने अनि आफू माथी पर्ने खेलमा सीमित हुने प्रवृत्तिप्रतिको लामो संलग्नताको गहिरो प्रभाव समाजको संस्कृतिमा परिसकेको छ। जसको कारण अधिकार, पद, दान, दातव्य बिहीन हुदा अहिलेका नेताहरुलाई तिनकै कार्यकर्ताले समेत नटेर्ने अवस्था आइसकेको छ। कसले कसलाई के भन्ने ? बिचौलिया मालामाल!!!!

18/02/2023

महाशिवरात्रीको पावन अवसरमा ध्यान, ज्ञान, बिज्ञान,भक्ति, भाव, शक्ति, स्थिरता एवम एकाग्रता प्राप्तिको हार्दिक मंगलमय शुभकामना !!! जय शम्भो!!!!

25/01/2023

देशलाई संविधान, कानून, नियम, प्रक्रिया र पद्धति बमोजिम नेतृत्व गर्दै आम आशा, भरोसा र बिश्वासको सन्चार गराउन सक्नु सरकारको प्रमुख कर्तव्य हुनुपर्ने एक प्रज्वलन्त उदाहरण संसद भवन आगाडी आज देखियो।
आत्मदाह बिरोध, निराशा र असन्तुष्टिको सर्वोच्च नमुना हो।
मानव कल्याण भन्दा ठूलो कुनै सिद्धान्त हुनुहुँदैन।
कृपया राजनीति आफ्नो लागि मात्रै होइन आम जनता, लोककल्याण र अमनचयनको लागि गरौं ।

15/01/2023

वातावरण तथा दैनिक जीवनमा आउने परिवर्तनसंग अनुकूलन र सामन्जस्यताको बिकासको क्रममा आविष्कार भएका हुनसक्ने हाम्रा मौलिक चाडपर्वहरुमध्येको एक माघे सन्क्रान्ति/माघी/नरहरि को हार्दिक मंगलमय शुभकामना !!!

Want your school to be the top-listed School/college in Darchula?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Gokule Darchula
Darchula