Db Rascal Upendra
Highty, thin, frankly
26/11/2025
जन्मदिनको अनेकौँ शुभकामना छोरी
#मुस्ताङ
26/11/2025
ऊ हेर र
त्यो जुन
डुब्नै लागेको छ, तर पनि चमक बिर्सिएको छैन
आधा छ तर पनि उज्यालो दिएको छ ।
प्रतिक्षा
तिम्रो अँगालोको खोजी गर्दैछ आज मेरो मन पनि।
साथ छुटेको पनि महिनौं भइसक्यो,
तर यता युग बितेको अनुभूति भइरहेको छ।
हुन त समय धेरै कुर्न पर्ने छैन,
तर पनि अझैं यो समय कति लामो लागेको हो —
घडीको सुई नघुमे जस्तो,
पृथ्वी टक्क अडिए जस्तो।
बिहान आउँछ, तर उज्यालो अधुरो लाग्छ,
साँझ पर्छ, तर रात न्यानो हुँदैन।
पवन चल्छ, तर त्यो सुगन्ध छैन —
जसले तिम्रो उपस्थितिको सम्झना दिलाउँथ्यो।
तिमी गएकी होइनौ,
बस कतै अर्को क्षणमा अडिएकी हौ,
जहाँ समय अलिक ढिलो चलेको छ,
र म यता, ती क्षणहरू गन्ने काममा व्यस्त छु।
कहिलेकाहीँ लाग्छ,
तिमी यता आइरहेकी छौ,
हावाको झोक्का जस्तै —
जसले मेरो ओठ छुन खोज्छ,
तर बोल्दैन।
आकाशमा जुन हेर्छु —
त्यो पनि तिमीझैँ अधुरो लाग्छ,
उज्यालो त छ, तर टाढा।
तर म विश्वास गर्छु —
जुन पनि कुनै रात हाम्रो आकाशमै आउँछ,
जसरी तिमी पनि एकदिन फर्किने छौ।
अब म पीडामा होइन,
आशामा बाँच्छु —
तिम्रो पाइलाको आवाज सुन्ने प्रतिक्षामा।
यो मनले सिकिसकेको छ —
साँचो माया टुट्दैन,
केवल समयको घडीमा ढिलो बज्छ।
तिमी आउँने छौ भन्ने विश्वास
अब मेरो प्रार्थना बनेको छ,
र म हरेक साँझ
त्यही विश्वासका मैनबत्ती बाल्छु।
तिमी फर्कने छौ —
शब्द होइन, अनुभूति हो त्यो।
किनकि माया कहिल्यै हराउँदैन,
उसले केवल दिशामात्र बदल्छ।
Db Rascal Upendra
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Dailekh
21600