Bikram Pandey

Bikram Pandey

Share

राप्रपा केन्द्रीय वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री एवं संघीय सांसद

11/10/2026

बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
माता दुर्गा भवानीले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून्।

06/10/2026

आजदेखि हाम्रो राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ६ प्रदेशमा हुने प्रदेश अधिवेशनहरूको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस अधिवेशनले राष्ट्रप्रति समर्पित, सक्षम र जिम्मेवार नेतृत्व चयन गर्दै राजसंस्था, सनातन हिन्दू राष्ट्र तथा राष्ट्रिय हितका एजेन्डालाई थप सशक्त बनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अझ सुदृढ, व्यवस्थित र बलियो संगठनका रूपमा अघि बढाउन सफल हुनेछ भन्ने विश्वास लिएको छु।
जय राष्ट्रवाद 🇳🇵

Photos from Bikram Pandey's post 23/09/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी, चितवनद्वारा आयोजित नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ ग्रहण तथा सक्रिय सदस्यता वितरण कार्यक्रममा सहभागी हुँदाको क्षण। 🇳🇵
नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै राष्ट्रहितको यात्रामा निरन्तर अघि बढौँ। 🇳🇵

11/09/2026

मेरो पहिलो गुरु, मेरो आदर्श र मेरो प्रेरणाको स्रोत—मेरा बुबा।
उहाँले सिकाउनुभएको इमानदारी, कर्म र कर्तव्यको बाटो नै मेरो जीवनको मार्गदर्शन हो।
कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिनमा सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन। 🙏

Photos from Bikram Pandey's post 08/09/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी, चितवनको जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित चेतनाथ वाग्ले लगायत सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

एकता, संगठन र जनताको विश्वासलाई अझ सुदृढ गर्दै राष्ट्रवादी अभियानलाई नयाँ उचाइमा पुर्‍याउन सफल हुनुहोस्। 🇳🇵

अधिवेशन सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।

Photos from Bikram Pandey's post 07/09/2026

राष्ट्रिय शोकको यस दुःखद घडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जिल्ला कार्यसमिति चितवनद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी भई भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरियो।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। 🙏

Photos from Bikram Pandey's post 06/09/2026

जनताको सुख–दुःखमा साथ दिने र दुःखको घडीमा परिवारजनसँगै उभिने दायित्व हो।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

Photos from Bikram Pandey's post 05/09/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी, नवलपुर (बसुपु)को ऐतिहासिक जिल्ला अधिवेशनमा
राष्ट्र पहिलो, जनता सर्वोच्च।

Photos from Bikram Pandey's post 04/09/2026

दुःखमा नागरिकसँगै, पीडामा परिवारसँगै।
भोटेकोशी बाढीमा दिवंगत इन्जिनियर बिमल काफ्ले, राप्रपाका संस्थापक जिल्ला सदस्य स्व. गोपी प्रसाद दाहाल, स्व. रिता सापकोटा कंडेल र स्व.क्या हरि आचार्य को घरमा पुगेर समवेदना व्यक्त गरियो।
दुःखको घडीमा साथ दिनु नै हाम्रो जिम्मेवारी हो।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।

17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना!
नागदेवताको पूजा–आराधनासँगै प्रकृति, पर्यावरण र समस्त जीवप्रति सम्मान गर्ने यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्।
नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना!

Category

Address

Bharatpur/10
Chitwan

Alerts

Be the first to know and let us send you an email when Bikram Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Chitwan.