Tarauli Community Library
Tarauli Community Library
Ratnanagar municipality-05, Tarauli, Chitwan, Nepal (website:- www.taraulicl.org.np)
06/06/2026
मिति २०८३/०२/२३ गतेका दिन टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष श्री सागर मिश्र ज्यूको अध्यक्ष्यतामा र रत्ननगर नगरपालिका वडा नं-५ का वडा अध्यक्ष बालकृष्ण चापागाईको विशेष उपस्थितिमा साथै विभिन्न उपसमितिका सदस्यहरू लगायत विद्यालयका मेन्टर शिक्षिकाहरुको उपस्थितिमा रीड नेपालको सहयोगमा संचालीत टेक एज युथ (TAY) परियोजना अन्तर्गत नयाँ किशोर किशोरीहरु छनोटका लागी लिखित तथा मौखिक परिक्षा पुस्तकालयमा सम्पन्न गरीयो।
सबै भाइ बहिनीहरुलाई शुभकामना❤️
08/05/2026
मिति २०८३/०१/२५ गतेका दिन रिड नेपालको सहयोगमा टरौली सामुदायिक पुस्तकालयमा सञ्चालन भएको TAY परियोजनाको सम्झौता पछी विद्यालय अभिमुखीकरण कार्यक्रम ७ देखि ९ कक्षा सम्मको १२ देखि १९ वर्ष सम्मका उमेर समुहका किशोरकिशोरीहरुलाइ कार्यक्रमको बारेमा सिनियर ट्याग किशोरी ,कार्यक्रम संयोजक ,प्रधानाध्यापक र पुस्तकालय कर्मचारीद्वारा श्री झुवानी माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरियो ।
05/05/2026
मिति २०८३/०१/२२ गतेका दिन रिड नेपालको सहयोगमा टरौली सामुदायिक पुस्तकालयमा सञ्चालन भएको TAY परियोजनाको सम्झौता पछी विद्यालय अभिमुखीकरण कार्यक्रम ७ देखि ९ कक्षा सम्मको १२ देखि १९ वर्ष सम्मका उमेर समुहका किशोरकिशोरीहरुलाइ कार्यक्रमको बारेमा सिनियर ट्याग किशोरी ,कार्यक्रम संयोजक ,प्रधानाध्यापक र पुस्तकालय कर्मचारीद्वारा माध्यमिक विद्यालयमा गवै खैरहनी-१३मा कार्यक्रम सम्पन्न गरियो ।
28/03/2026
मिति २०८२ चैत १३ गते का दिन यस टरौली सामुदायिक पुस्तकालयमा मोति सामुदायिक पुस्तकालय (फलेवास, पर्वत) बाट आउनुभएका पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी तथा फलेवास नगरपालिका शिक्षा विभाग का प्रतिनिधि सहित टरौली सामुदायिक पुस्तालयको अध्ययन–अवलोकन भ्रमण गर्नु भएकोमा मोती सामुदायिक पुस्तकालय परिवारलाई धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछौ ।
27/03/2026
टरौली सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष श्री सागर मिश्र ज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति उन्मुख जीवनको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
टरौली सामुदायिक पुस्तकालय परिवार रत्ननगर न.पा-०५, टरौली, चितवन
16/02/2026
रिड नेपाल र टरौली सामुदायिक पुस्तकालय, झुवानी सामुदायिक पुस्तकालय, सौराह सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालय विच टेक एज युथ र टेक एज गर्ल परियोजना सम्झौता तथा हस्ताक्षर कार्यक्रम रत्ननगर नगरपालिका सामाजिक विकास संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष सोहेन्द्र राज खरेल , वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईं, वडा नं ६ का वडा अध्यक्ष किरण महतो , नगर कार्यपालिका सदस्य बबिता चौधरी, वडा नं. ७ का वडा सदस्य कुल प्रसाद आचार्य ज्यूको समुपस्थितिमा सम्पन्न गरियो।
25/01/2026
यस टरौली समुदायिक पुस्तकालय द्वारा संचालित टरौली सामुदायिक पुस्तकालय समुन्नति अक्षकोषको संयोजक रही तथा अन्य विभिन्न तरिकाले यस पुस्तकालयलाई सहयोग गर्दै आउनु भयको हिरा देवी थापा ज्यूको आज पर्न गएको जन्मदिनको पावन अवसरमा सुखशान्ति,समृद्धि, सुस्वास्थ्य,दिर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना हजुरका हरेक पलहरु उल्लासमय रहोस ।
30/12/2025
आज मिति २०८२/०९/१५ गतेका दिन यस टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष सागर मिश्रको अध्यक्षतामा साथै रिड नेपालको प्रतिनिधिहरु अर्जुन महर्जन, चिनकाजी श्रेष्ठ, भाग्यश्री विष्ट र दिक्षा अधिकारीको विषेश उपस्थितिमा र रत्ननगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष वालकृष्ण चापागाईंको विशेष आतिथ्यतामा टरौली सामुदायिक पुस्तकालयको आयोजनामा तथा झुवानी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय र रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालयका व्यवस्थापन समितिका अध्यक्षहरु, पदाधिकारीहरु र सदस्यहरु लगायत तपसिलका व्यक्तिहरूको उपस्थितिमा आगामी सञ्चालन हुने परियोजनाका बारेमा विशेष छलफल तथा अन्तर्कृया पुस्तकालयको सभाहलमा सम्पन्न गरियो ।
दिपावलीको उज्यालो झैँ तपाईंको जीवनमा सुख, समृद्धि र शान्ति छाओस् भन्ने कामनासहित, टरौली सामुदायिक पुस्तकालय परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, साझेदार, कर्मचारी तथा शुभेच्छुकहरूलाई दिपावली (तिहार), लक्ष्मीपूजा, गोवर्धनपूजा र भाईटीकाको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
14/09/2025
"बालबालिकामा लगानि, सुनिश्चित भबिष्यको थालनि"
बाल दिवसको शुभकामना❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Chitwan
056
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Saturday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |