Shanker Neupane

Shanker Neupane

Share

नेपाली हामी रहुला कहाँ नेपाल नरहे...

05/10/2025

#उनमुक्तिकिन
ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गराउनेलाई कानुनी दायरा अनिवार्य ल्याउन पर्छ छोराको नाममा पास गराउने। हल्ला भएपछी फिर्ता गराउने यो सरासर भ्रष्टचार हो कि होइन ??

30/09/2025

अब सबै मिलौ देश बनाउन लागौं सबैका मागलाई सम्बोधन गरौं।

18/02/2025

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट

७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइवक्सने हाम्रा जिज्यू युवाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं। जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।

"प्रजातन्त्र" आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो। आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने सर्वमान्य आर्दश पनि हुन पर्यो। यसवाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र -सवैको प्रिय व्यवस्था हुनु पर्दथ्यो। यसमा कहिं कसैको शंका हुन सक्दैन ।

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई बाद विवाद, द्वन्द विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ। सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ। सवैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ-आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिदै गएको छ। नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशवाट वाहिरिदै गएका छन्। नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ। जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गए गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।

प्रजातन्त्र आसा जगाउने प्रणाली हुनु पर्दछ। जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ। प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो।

हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यो राष्ट्रमा कुनै संकट नआवोस भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं। त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं। त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो। हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।

देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल

२०८१ साल फागुन ७ गते

17/01/2025

सुनौ है...

11/01/2025

शुभकामना...

09/01/2025

अझै पनि कति जय जयकार गर्छौं
यता सुन

13/04/2024

नव वर्ष २०८१ को शुभकामना

25/03/2024

सम्पुर्णमा शुभकामना

15/01/2023

सम्पुर्णमा माघे संक्रान्तिको शुभकामना

10/11/2022

एकपटक राप्रपा
यसैपटक राप्रपा
राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गरौं ।

Photos from Shanker Neupane's post 31/10/2022

प्रतिबद्धता पत्र २०७९

Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal/11
Butwal