My Butwal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from My Butwal, News & Media Website, BUtwal-6 Rupandehi, Butwal.
Welcome to My Butwal
Butwal का रमाइला ठाउँहरू, daily updates, travel vlogs र interesting जानकारीहरू यहाँ पाउनुहोस्।
🎥 Explore | 🌆 City Life | 🚗 Road Updates | 🍽️ Food Vlog
👉 Follow गर्नुहोस् र Butwal लाई नजिकबाट चिनौं
📌 My Butwal – Your City, You
06/06/2026
उत्तरी नाइजरको सहारा मरुभूमिमा गाडी बिग्रिएर पानी सकिँदा ५० जना यात्रुको मृत्यु भएको छ। उनीहरू मालीबाट फर्किँदै थिए। अत्यधिक गर्मी र पानीको अभावले ५२ मध्ये २ जना मात्र बाँच्न सफल भए।😥
06/06/2026
नेपालमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले नयाँ समर्थन मूल्य तोकेपछि बजारमा खुद्रा मूल्यसमेत बढेको हो।
नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य करिब प्रति क्रेट ५४५ देखि ५६० रुपैयाँ पुगेको छ। यससँगै खुद्रा बजारमा एक अण्डाको मूल्य कम्तीमा २५ रुपैयाँसम्म पुगेको छ।
06/06/2026
राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक (ग्रेड वृद्धि) परीक्षाको नतिजा परीक्षा सकिएको करिब दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असार १ देखि ९ गतेसम्म परीक्षा सञ्चालन हुने छ भने नतिजा असार २५ गतेभित्र प्रकाशित गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।
06/06/2026
सर्वोच्च अदालतले चेक बाउन्स सम्बन्धी मुद्दामा महत्वपूर्ण नजिर स्थापित गर्दै अबदेखि बाउन्स भएको चेकको केवल मूल रकम मात्र होइन, त्यस अवधिको ब्याजसमेत पीडितलाई उपलब्ध गराउनुपर्ने स्पष्ट गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै पीडितलाई भएको सम्पूर्ण आर्थिक क्षतिको भरपाई हुनुपर्ने सिद्धान्तलाई आधार मानेको हो। अदालतले चेक बाउन्सका कारण सम्बन्धित व्यक्तिले लामो समयसम्म आफ्नो रकम प्रयोग गर्न नपाएको अवस्थालाई वास्तविक आर्थिक क्षति मान्दै, केवल मूल रकम फिर्ता गर्नु मात्र न्यायको पूर्ण प्रत्याभूति नहुने निष्कर्ष निकालेको छ।
यो निर्णयले चेक बाउन्स सम्बन्धी भविष्यका मुद्दाहरूमा महत्वपूर्ण मार्गदर्शन दिने कानुन व्यवसायीहरूले बताएका छन्।
06/06/2026
बुटवल
अमरपथ सडक महाेत्सव
06/06/2026
बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत शान्तिचोकदेखि माथि रहेको नुवाकोट क्षेत्रको जंगलमा बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
पर्यावरण समाजको आयोजनामा शनिबार सञ्चालन गरिएको अभियानमा १ हजार २ सयभन्दा बढी स्थानीयवासीको सहभागिता रहेको थियो। अभियानमा टोल विकास संस्था, आमा समूह, बाल क्लब, युवा समूह, योग तथा जुम्बा समूह, विभिन्न सामाजिक संघसंस्था, विद्यार्थी, शिक्षक, व्यवसायी, सुरक्षाकर्मी तथा सर्वसाधारण सक्रिय रूपमा सहभागी भएका थिए।
सरसफाइका क्रममा शान्तिचोकदेखि माथिल्लो क्षेत्रसम्म करिब तीन किलोमिटर फैलिएको जंगलबाट प्लास्टिकजन्य फोहोर, चाउचाउका खोल, पानीका बोतल, मदिराका सिसा तथा कागजलगायत ठूलो मात्रामा फोहोर संकलन गरिएको आयोजकले जनाएको छ।
06/06/2026
अहिलेकाे बुटवलकाे अबस्था❤️
बुटवलमा सितलता महसुस🙂
06/06/2026
चालु आ.व. २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी सूचना
06/06/2026
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
BUtwal-6 Rupandehi
Butwal