Butwal Post

Butwal Post

Share

Online News Portal from Nepal | ButwalPost तथ्य सत्य एवं खाेजमुलक राेचक सम्पूर्ण समाचारकाे एक मात्र डिजिटल पत्रिका

01/06/2026

इमानमा किञ्चित् शंका छैन,
शब्दविन्यासमा थाेरै त्रुटि-कमजोरी भएकै हाे |

"नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको (भारतीय पक्षको दावी !) प्रधानमन्त्री भएपछि थाहा पाएँ | अर्थात् उनीहरू पनि यसाे भनिरहेका छन् | यी सबै कुराहरू वार्ताको टेबुलमा बसेर समाधान गरिनेछ |"

याेभन्दा बढी बुझ्नु भनेको बकबक गर्नलाई मात्रै हाे |

प्रधानमन्त्री बालेनले नेपालको सीमासमस्या हल गर्ने सन्दर्भमा वार्तामा इङ्गल्याण्डसमेत (तत्कालीन इष्टईन्डिया कम्पनी) लाई सहभागी गराउन प्रयत्न भइरहेको कुरा गरेका छन् |

अब वार्ता कहिले गर्ने ? भनेर घच्घच्याउने हाे !
वार्ता छिटाे गर भनेर घच्घच्याउने हाे !
र, सीमा समस्या सधैंका निम्ति अन्त्य गर्नेगरी कामकुरा गर भनेर घच्घच्याउने हाे |

राष्ट्रियता भज्याउने विषय हाेइन |
महाकाली सन्धीका कारणी र मतियारहरूले बुझ- मातृभूमिप्रति तिमीहरूले गरेका कुकर्म र पापाचारहरूकाे प्रायश्चित्त तिमाैर्काे सातजन्मसम्म पनि हुने छैन | कालापानी-लिम्पियाधुरा-लिपुलेककाे समस्या त्यहीँबाट झनै बल्झिएकाे हाे |
नाेयडामा बसेर नेपालमा हिंसा, हत्या र विध्वंश मच्चाउने र सुरुङयुद्धकाे नाैटंकी प्रदर्शन गर्ने खान्तिकारीहरूले त झन् राष्ट्रियताका कुरा नगरेकै बेस ! पुराना खलक सबैले दूताबासमा ढुकेरै चारदशक बितायाै ! अहिले बाख्राका बड्किम्ला उफ्रेझैँ उफ्रिनुकाे केही अर्थ छैन | गाेडापन्ध्रेक भैंसी उपहार पाउनेबाहेक अर्को उपलब्धि के भाे त नि !?

राजनीतिमा मुद्दाविहीन भएपछि त्यसै पनि बड्बडाउनुपर्ने हुनेरहेछ | भनिन्छ- अन्धाे कुकुर हावा चले पनि भुक्छ...!

जे हुन्छ अब हुन्छ,🤨
अब जे हुन्छ, असल हुन्छ !!🌺
✍️: शेषकान्त गौतम
(facebook timeline)

01/06/2026

भारत भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिल्ली विमानस्थलमा स्वागत
स्वागत गर्दै भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले साथै अन्य पदाधिकारीहरु।

01/06/2026

देखाएको होइन है मैले देखाएको चाहिँ होइन,
नेपालमा टकरावका दुई दृश्य चर्चित छन्
संसदमा सांसदहरू जुधिरहेका छन्,
बुटवलको बाटोमा गोरुहरू,
फरक यति हो,
गोरुले बाटो रोक्छन्, सांसदले देशको भविष्य
😄🐂🏛️

01/06/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरुले सदन अवरोध जारी राखेका छन्। सदन १५ मिनेटका लागि स्थगित।

01/06/2026

काठमाडौँ महानगरपालिकाको कक्षा ११ र १२ छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौँ महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। न्यूनतम ४० अंक प्राप्त गरेका उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रमसहित नतिजा प्रकाशन गरिएको हो।
महानगरका शिक्षा अधिकारी नमराज ढकालका अनुसार परीक्षामा सर्वाधिक ९२ अंक प्राप्त भएको छ भने दोस्रो उच्चतम ९१ अंक र तेस्रो उच्चतम ९० अंक पाँच जना विद्यार्थीले हासिल गरेका छन्।
नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले १ हजार रुपैयाँ राजस्व तिरेर जेठ २० गतेभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। अन्तिम योग्यता सूची प्रकाशनपछि मात्र शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन प्रक्रिया सुरु हुनेछ।
यस वर्ष २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएकोमा २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

01/06/2026

भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न खोज्नु प्रतिउत्पादक हुने : एसडी मुनी

काठमाडौं । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास प्रतिउत्पादक हुन सक्ने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुनीले नेपाल
भारत सीमा समस्या एकतर्फी नभएको विषय प्रधानमन्त्री शाहले खुलेर स्वीकार गरेकोलाई साहसिक कदमको रूपमा प्रशंसा गरेका छन्। उनले सुस्तामा नदीको धार परिवर्तनका कारण केही भारतीय भूमि नेपालतर्फ परेको विषय उल्लेख गर्दै सीमा विवादका विषयहरू जटिल र दुवै पक्षसँग सम्बन्धित रहेको बताएका छन्।
तर, यस्तो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु समाधानको उचित उपाय नभएको उनको भनाइ छ। उनले नेपाल र भारतबीचका सीमा सम्बन्धी मुद्दा आपसी संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा लिपुलेकको विषयमा भारत, चीन र बेलायतसँग समेत कुरा गर्ने बताएका थिए। सोही अभिव्यक्तिपछि मुनीको प्रतिक्रिया आएको हो।

***n #

31/05/2026

सिमा विवाद सम्बन्धि प्रधानमन्त्री बालेन,
प्रधानमन्त्रीले कुन तथ्य र प्रमाणका आधारमा नेपालले भारतीय भूमि मिचेको बताए होलान् ?
***n

30/05/2026

बालेन शाहको सफलता वा असफलता उनले गरेका वाचा कति इमान्दारीका साथ पूरा गर्छन् भन्ने कुरामै निर्भर रहनेछ। ***n 🇳🇵

Photos from Butwal Post's post 30/05/2026

बुटवल । बुटवलस्थित इलाका प्रहरी कार्यालयमा MRR द्वारा भजन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा प्रहरी कर्मचारी तथा अन्य सहभागीहरूले भजन–कीर्तनमार्फत आध्यात्मिक आनन्द लिँदै सकारात्मक सन्देश प्रवाह गरेका थिए। 🕉️

30/05/2026

तान्त्रिक लम्बकर्ण भट्टले हिँडाएर लेराएका काल भैरव

तस्विर : बि सं २०४३ साल तिर हनुमान ढोका दरवार स्थित काल भैरव

न्यायको सर्वोच्च स्थान मानिने यस मूर्तिमा मानिसहरूलाई कसम खुवाउन ल्याइन्थ्यो र यदि कसैले काल भैरवको अगाडि उभिएर झुट बोल्यो भने उसले तत्कालै रगत छादेर मृत्युवरण गर्ने विश्वास थियो । त्यसैकारण थुप्रै समयसम्म अपराधीहरूलाई सत्य बोल्न लगाउन र न्याय सम्पादनका लागि यसलाई 'शपथ लिने स्थान' का रूपमा काल भैरवको प्राङ्गणको प्रयोग हुन्थ्यो ।
मल्लवंशी राजा प्रताप मल्लका प्रमुख तान्त्रिक गुरु र सल्लाहकार लम्बकर्ण भट्ट थिए। भनिन्छ, नागार्जुनको खेतमा आधा गाडिएको अवस्थामा भेटिएको काल भैरवको यो विशाल मूर्तिलाई हनुमानढोकासम्म ल्याउने बेला तान्त्रिक लम्बकर्ण भट्टले आफ्नो तान्त्रिक विद्या र मन्त्रको शक्ति प्रयोग गरेर मूर्तिलाई 'हिँडाएर' वा अदृश्य शक्तिद्वारा बसन्तपुरसम्म ल्याउन सफल भएका थिए र उनैको सल्लाह अनुसार राजा प्रताप मल्लले यस मूर्तिलाई हनुमान ढोका दरवारक्षेत्रमा स्थापना गरेका थिए। दक्षिण भारतबाट आएका विद्वान ब्राह्मण लम्बकर्ण भट्टले काठमाडौं उपत्यकामा तन्त्र साधना र विभिन्न देवदेवीका मूर्तिहरूको प्राण प्रतिष्ठामा ठूलो योगदान दिएका छन्।

Want your business to be the top-listed Finance Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Saturday 10:00 - 17:00
Sunday 09:30 - 17:00