Sunrise Creation

Sunrise Creation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunrise Creation, Photography Videography, Butwal.

06/02/2026

घरहरू रित्तिए होलान्, तर माटोको माया रित्तिएको छैन..." 🌾🥀
अर्घाखाँचीको खुम्चिकोट—जहाँ प्रकृतिको काखमा ईश्वरको बास छ, जहाँ खाँची राज्यको इतिहास लुकेको छ। तर समयसँगै मान्छेहरू सहर पसे तर गाउँले आफ्ना सन्तानलाई पर्खिरहेको छ ।
मेरो बाल्यकाल, मेरो विद्यालय र रित्तिँदै गाउँको यो प्यारो कथा...🙂😇

27/11/2025

यो हाम्रो सानो प्रयास मात्र हो , 103 बर्ष उमेर हुनुभएका हजुरबुबा संगको एउटा गन्थन मन्थन गरेका छौ न आशा छ मन पराउनु हुने छ

08/11/2025

hajur haru ko sano sayog le kasi ko jiban bacxvane aaphu askdo sayog ko lagi ardik aapil garda xau

06/11/2025

सिंहदरबार पुग्ने गाउँमा पानीको अभाव | | A ground report by ‎⁨⁩

यो हाम्रो प्रयोगात्मक Creation हो —
हामीले गाउँमा भएका यस्तै समस्याहरूलाई देखाउने प्रयास गरेका छौं। यस भिडियोमा एक यथार्थपरक प्रस्तुति, जसमा हामीले अर्घाखाँची जिल्लाको रजिया गाउँमा पानीको गम्भीर अभाव देखाएका छौं।
राजधानीसम्म पुग्ने सडक छ, तर गाउँका मानिस अझै पनि हरेक बिहान घण्टौं हिँडेर पानी खोज्छन्।
राज्यको ध्यान नपुगेको यो गाउँमा महिलाहरूको दैनिक संघर्ष, बालबालिकाको कठिनाइ र प्राकृतिक स्रोतहरूको दुरावस्थाले धेरै कुरा भन्छ।
यदि हाम्रो सानो प्रयासबाट केही परिवर्तन हुन्छ भने हामी तयार छौं तपाईँहरूमै तयार हुनुहोस्।

🎥 Documentary Credits:

Concept & Creation: Manoj Ghimire & Laxman Acharya

Script & Camera Handling: Laxman Acharya

Anchoring & Editing: Måñøj Ghimire

🧩 Presented by Sunrise Creation
🎯 उद्देश्य — गाउँगाउँका यस्ता मौन कथा सार्वजनिक गर्न, जसमा आफ्नै पीडा र व्यथा छन्

👉 Subscribe गर्नुहोस् र यस्तो यथार्थ कथा हेर्दै नेपालका वास्तविक आवाजहरू सुन्नुहोस्।
🔗 ।

01/11/2025

सराय नाच भन्नाले के बुझ्नुहुन्छ?
के यो केवल साधारण नाच मात्र हो — कि यसको भित्र लुकेको छ हाम्रो संस्कृतिको आत्मा, आस्था र पहिचान?

विजयादशमीपछिका पाँच दिनहरूमा, अर्घाखाँची जिल्लाका विभिन्न गाउँहरूमा मनाइने “सराय नाच”
केवल मनोरञ्जन होइन — यो विश्वास, परम्परा र देवीप्रतिको श्रद्धा हो।

यो नाच झ्याली, सानही र बाजाको तालमा प्रस्तुत गरिन्छ,
जसले गाउँलाई उत्सव, भक्ति र एकताको माहोलमा बाँधिदिन्छ।

यस डकुमेन्ट्रीमा हामीले सराय नाचको रहस्य, यसको इतिहास र आजको रूप देखाउने प्रयास गरेका छौं।

---

🎥 स्थान: अर्घाखाँची जिल्लाका विभिन्न ठाउँहरू
📅 समय: विजयादशमीपछिका पाँच दिनहरू

---

👥 Documentary Team:
🎙️ Narration: मनोज घिमिरे
🔊 Voice Over: लक्ष्मण आचार्य
📸 Camera: लक्ष्मण आचार्य
✂️ Editing: मनोज घिमिरे

30/10/2025

माटो संरक्षण र यसको महत्त्व | Soil in Nepal
वातावरण संरक्षण सिरिजको पहिलो भागमा हामीले हाम्रो पृथ्वीको मुख्य तत्व — माटो — को बारेमा गहिरो रूपमा चर्चा गरेका छौँ।
यस एपिसोडमा हामीले
१ माटो कमजोर हुनुका कारणहरू
२ मानव क्रियाकलापले माटोमा पारेको असर,
३ माटो संरक्षणका व्यावहारिक उपायहरू
प्रस्तुत गरेका छौँ। 🌾

👉 यो भिडियो हाम्रो सानो प्रयास हो वातावरण संरक्षणका लागि।
आशा छ, यसले जनचेतना फैलाउन मद्दत गर्नेछ र हामी सबैलाई हाम्रो धरातलको रक्षा गर्न प्रेरित गर्नेछ। 💚
यस्तै भिडियोको लागि सनराइज क्रिएसन हेर्दै गर्नुहोला
📺 Episode 1: माटोको संरक्षण र व्यवस्थापन
📢 Next Episode: पानीको संरक्षण र दिगो उपयोग

🔖

17/10/2025

“सराय नाच : अर्घाखाँचीको प्रसिद्ध सांस्कृतिक नाच | Sarai Naach || A Video about our Culture”

Naach, #सराय_नाच, , ,

14/10/2025

सत्य जति नै उफ्रिए पनि बदलिँदैन माटोसँग काम गर्ने किसानहरू फोहोर नै हुन्छन्। यो कुरालाई स्वीकार्न सक्नुपर्छ सफा हुनको लागि किसान किसान होइन एमालेको किसान हुनुपर्छ।
यो भिडियो सम्बन्धित व्यक्तिसम्म पुगोस्।

10/10/2025

हुन त सबैको दशैं रमाइलो हुन्छ तर हाम्रो दशैं निकै रमाइलो भयो। र त्यसलाई प्रस्तुत गर्ने शैली पनि अलिकति फरक छ। हेर्नुहोस् हाम्रो युनिक दशैं ,
#

Want your business to be the top-listed Photography Service in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal
32800