DR. Pratap

DR. Pratap

Share

देशप्रेम🥰🙏❤️

14/04/2026

Happy New year 2k83 everyone❣️

01/04/2026

अनि अर्को कुरा
वडा कार्यालय,नगरपालीका लगायतका धेरै सरकारी कार्यालयहरुमा यौटा ५रुपिया नपर्ने कागज(जसमा विवरण पहिल्यै हुन्छ) निवेदकको नाम फोन नं र दस्तखत गरे पुग्छ ।त्यसलाई निवेदन भनिन्छ। मास्टर phd गरेका व्यक्तिहरु समेत निवेदन लेखिदिनुस् भन्दै १०० तिरेको देख्दा दुख मात्र लाग्दैन आखिर किन र केको लागी पढ्यौं र पढायौं त भनेर पश्चाताप पनि लाग्छ।
फेरि कतिपयले हुदैन यैं फर्मेटको नै चाहिन्छ भनेर निवेदकले आफै निवेदन लेख्छु भन्दानी लेख्न पाईंदैन सम्म भन्छन् रे…🤔
आखिर किन?
अनि सामान्य यौटा डकुमेन्ट नेपालीवाट अंग्रेजी गराईदियवापत जग्गा को मुल्य अनुसार १०% समम् तिर्नुपरने??यो नियममा छ??
भन्छन् system हो।
यो कस्तो खालको जनतामारा system हो?
रहरले कोहि विदेश जाने documents वनाउन जान्छ??
कि Australia America जाने हरुसंग पैसाको भकारी हुन्छ??
जानकारहरुले प्रष्ट पारीदिनुहोला is it system or MANPRITANTRA??🙏🏽
कुनै व्यक्ती,पार्टी वाँ समुह होईन अव देशको system परिवर्तन गर्नुपर्दछ।
असल अभ्यासहरुको वा..वा र ताली साथै भ्रष्ट र कुसंस्कारको खवरदारी र गाली गर्ने गरौं🙏🏽
#जयदेश ❤️🌎

29/03/2026

अहिलेको आन्दोलनमा सहभागी हुन लाग्नुभएका विशेषगरी युवा साथीहरूलाई मेरो सानो तर गम्भीर अनुरोध 🙏

कृपया, तपाईं जुनसुकै भातृ संगठनसँग जोडिनुभएको भए पनि : एमाले, कांग्रेस, नेकपा, राप्रपा वा अन्य आन्दोलनमा जानुभन्दा पहिले एकछिन शान्त भएर सोचिदिनुहोस्।

आजको अवस्था पहिले जस्तो छैन। अहिलेको सरकार बलियो र स्थिर छ र कानुनी प्रक्रिया पनि कडाइका साथ लागू भइरहेको छ। यदि आवेगमा आएर तोडफोड, हिंसा वा कुनै गैरकानुनी गतिविधिमा संलग्न हुनुभयो भने, त्यसको परिणाम गम्भीर हुन सक्छ : सार्वजनिक मुद्दा, जरिवाना, क्षतिपूर्ति र लामो समयसम्म अदालत धाउनु पर्ने अवस्था।

पहिले जस्तो “आफ्नो पार्टी सत्तामा छ, छुटकारा पाइन्छ।” भन्ने सोच अब व्यवहारिक छैन। कानुनी रेकर्डले तपाईंको भविष्यमा प्रत्यक्ष असर पार्न सक्छ! विशेषगरी वैदेशिक रोजगारी, करियर वा व्यवसाय गर्ने योजनामा ठूलो बाधा बन्न सक्छ।

क्षणिक आवेगमा लिइएको निर्णयले जीवनभर पछुतो दिन सक्छ। अरूको उक्साहटमा होइन, आफ्नै विवेकले निर्णय लिनुहोस्।

देश अहिले सुशासन र समृद्धिको दिशामा अघि बढ्न खोजिरहेको छ। यस्तो बेला भावनामा बगेर होइन, जिम्मेवार नागरिकको रूपमा सोच्ने समय हो। सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य हुँदैनन्, धेरै कुरा भ्रम पनि हुन सक्छन्।

आजको एउटा गलत कदमले भोलिको भविष्य अन्धकार बनाउन सक्छ।
तसर्थ, युवा साथीहरू : सचेत बनौं, संयमित बनौं र विवेकपूर्ण निर्णय गरौं। 🙏
#साभार ©®

27/03/2026

२०८२/१२/१३
सम्माननिय प्रधानमन्त्री बालेनाशाह लगायत सम्पुर्ण नव गठित मन्त्रीमण्डल लाई धेरै धेरै बधाइ तथा शुभकामना !❤️
जनताको आशा र भरोसा नमरोस्🙏🏽🙏🏽

12/03/2026

…….र मैले के सिकें भन्दा चाहिने भन्दा बढी कसैलाई दिनु भनेको आफु नांगिनु हो,चाहे त्यो माया होस् पैसा यात विश्वास😞🙏🏽
यौटा झुट लुकाउन १००० झुट वोल्दिन म अव…
जस्ले मेरो विश्वास र सोझोपनको फाईदा ऊठायो त्यसैको भलो सोच्दिन म…
पटक पटक यौटै गल्ती दोहोर्याउने र माफीको भिख माग्ने संग पग्लिदैन म….
उस्को पनि त मन होनी भनेर विचराको भाव प्रकट गर्दिन म….
वैगुनीलाई गुनले मारनुपर्छ भन्ने मेरो संस्कारलाई परिवर्तन गरेर जस्तालाई तस्तै वन्दिन्छु म…..
आफै झगडाको झिल्को उठाउनेहरुको आगो निभाउंदिन म,जलेर वाकी रहेको खरानी संग गुनासो गरुन् किन आगो सल्कायछु भनेर….
म अव सबक सिकाउंदिन कसैलाई किनकी अहंकार र घमण्डले भरियका मानवहरुलाई सिकाउनु भनेको दुस्मनी कमाउनु हो…..
म अव मेरो लागी जिउँछु किनकी दुनियालाई खुसी राख्ने ठेकेदार होईन म….
कर्ममा विश्वास गर्ने म अव यौटा मात्र कुरामा अडिग रहनेछु;;जैसन कर्म,ओईसन फल…..🙏🏽
वाच्नुपर्छ किनकि मरण हामीहरुले सोचेजस्तो सहज पक्कै छैन।
अव त्यो दिनको पर्खाईमा छु जुन दिन आज मेरो गल्ती देखाउन हात धोयर लागेकाहरुले सोच्नेछन्;आखिर उस्ले मेरै लागीत गरेको रहेछ त्यो सव र भन्नेछन् गलत त मै रहेछु।
पश्चातापको रापले जीवनभर नपिरलोस् वस्…

10/03/2026

१) स्पष्ट बहुमत नयाँ होइन । विगतमा पनि जनताले दिएकै हुन् । तर पाँच वर्ष जनताले नटिकाएका होइनन् । दल आफैंले भत्काएका हुन् । जनता दोषी होइनन्, थिएनन् ।
२) रास्वपालाई बधाई छ । पाँच वर्ष टिकाउनू ।‌ टिक्नू । उसका नेता कार्यकर्ता उक्सिनु, मातिनु जरुरी छैन । कामले मन जित्ने हो । मतले मात्र जनताको मन जित्न सकिन्न ।
३) जनताका ठूला अपेक्षा छन् । ती कति पूरा गर्न सकिन्छ कति सकिन्न । सुरुङ मार्ग, पुल जस्ता सामान्य विकास निर्माण गरेर फूर्ति लगाउने युग होइन यो । यस्ता कुरामा फूर्ति लगाउँदा विश्व हाँस्छ । आर्थिक समृद्धि प्रमुख कुरा हो । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न सक्नुपर्छ । आयात घटाउने अवस्था सिर्जना गर्नुपर्छ ।
४) कतिपय प्रणाली भत्किएका छन् । तिनलाई सुधार्न सक्दा पनि जनताले ठूलो राहत पाउनेछन् । सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र जस्ता समयमा हात पर्दैन । भ्रष्टाचारका छिद्र नै छिद्र छन् । तिनलाई टाल्न ठूलो युद्ध गर्नुपर्ने अवस्था छ ।
५) उचाइ हासिल गर्न पक्कै मिहिनेत गर्नुपर्छ । तर उचाइमा पुगेपछि त्यहाँ टिक्न त्योभन्दा हजारौं गुना मिहिनेत गर्नुपर्छ । यो कुरा सधैं याद गर्नु होला ।
६) संयमित भएर अगाडि बढ्न सक्नु भएन भने अर्को चुनावमा जनताले तागत देखाउने छन् भन्ने हेक्का राखौँ । यो देश र सत्ता कसैको पेवा होइन, हामी सबैको भूमि हो । 🙏

06/03/2026

"परिस्थिति बदलियो, समय बदलियो, तर नेताको शैली बदलिएन भने ...मात लाग्यो भने.... जनताले आफ्नो 'मत' 🗳️ बदल्ने रैछन् ।"
अहिलेको परिणामले यहीं देखायो ।।

जित्नेहरु नमात्तिनु, न आत्तिनु । 🙏🙏

06/03/2026

गुल्मी-१ नतिजा : [5:00PM]
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) सागर ढकाल : 3819
नेकपा एमाले (सूर्य) प्रदिप ज्ञवाली : 1681
नेपाली काँग्रेस (रुख) डा. चन्द्र भण्डारी : 1661
नेपाली कम्युनिस्ट पार्टी (तारा) सुदर्शन बराल : 1120

06/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२ – पछिल्लो मत अपडेट

क्षेत्र : कञ्चनपुर-२

🔔 दीपकराज बोहरा: ८१०९
🌳 एनपी साउद: २४५३
⭐ माधव प्रसाद पन्त: १६३६

अन्य क्षेत्रका अपडेटहरुका लागि निरन्तर पेज हेर्दै गर्नुहोला ।

06/03/2026

गुल्मी क्षेत्र नम्बर १ को हाल सम्मको मत परिणाम

🔔घन्टी (सागर ढकाल): 3230
☀️सूर्य (प्रदीप ज्ञवाली): 1109
🌳रूख (चन्द्र भण्डारी): 1118
⭐️तारा (सुदर्शन बराल): 801

06/03/2026

Latest update🙏🏽

06/03/2026

मोरङ निर्वाचन अपडेट:
मोरङका सबै ६ क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू अगाडि छन्! 😮
क्षेत्र १: यज्ञमणि न्यौपाने – ६,०१३ मत
क्षेत्र २: कृष्ण कुमार कार्की – ४,१२० मत
क्षेत्र ३: गणेश कार्की – १,६५२ मत
क्षेत्र ४: सन्तोष राजवंशी – १६,६१५ मत
क्षेत्र ५: आशा झा – ५,१०५ मत
क्षेत्र ६: रुबिना आचार्य – १४,३२४ मत
रास्वपाको अग्रता सबै क्षेत्रमा स्पष्ट देखिन्छ। ✨

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal