Bikram Chhetri

Bikram Chhetri

Share

Official Page

19/01/2026

अहिलेको राजनीतिक परिवेशमा परिवर्तनको सपना बोकेर अघि बढिरहेका युवाहरू नै देशका वास्तविक आशा हुन्।

राजनीतिप्रति बढ्दो चासो, अन्यायविरुद्ध बोल्ने साहस र जिम्मेवारी सँगै बिना स्वार्थ समाज रूपान्तरण र समाज सेवामा समर्पित यिनै युवाहरूबाट नयाँ नेतृत्व जन्मिँदैछ।

विक्रम क्षेत्री

12/01/2026

नेपालको राजनीति अहिले परिवर्तनको दोबाटोमा छ—जनताको धैर्य सकिँदैछ, आशा अझै बाँकी छ।
अब नेतृत्व होइन, नियत र कामले देशको भविष्य तय गर्ने समय आएको छ।

06/01/2026

वीरगंज महानगर क्षेत्रका दुई समुदायबीच उत्पन्न तनावपूर्ण अवस्थाका कारण कर्फ्यु लागू भएपछि सम्पूर्ण विद्यालय बन्द हुन पुगेका छन्। यसले विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगर समितिले सामाजिक शान्ति, सद्भाव र शिक्षा क्षेत्रको संरक्षणका लागि सबै पक्षलाई संयमित हुन अपिल गरेको छ।

एनप्याब्सन वीरगंजका सचिव शेख अजहरद्वारा जारी प्रेस विज्ञप्तिमा कर्फ्युका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको शैक्षिक यात्रा गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा बारम्बारका बिदा, आन्दोलन तथा अन्य अस्थिरताले विद्यार्थीहरूको शैक्षिक स्तर र मानसिक अवस्थामासमेत नकारात्मक असर परिरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा बालबालिका कुनै पनि आन्दोलन वा द्वन्द्वका जिम्मेवार होइनन्; उनीहरू नै समाज र राष्ट्रको भविष्यका आधारस्तम्भ हुन्।”

यसरी विद्यालयहरू पटक–पटक बन्द हुनु अभिभावक, विद्यार्थी र विद्यालय सबैका लागि चिन्ताको विषय भएको भन्दै एनप्याब्सनले कुनै पनि कार्यक्रम वा आन्दोलन अघि बढाउँदा शिक्षा क्षेत्रमा पर्ने प्रभावबारे गम्भीर ध्यान दिन सरोकारवालालाई आग्रह गरेको छ।

साथै, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग शिक्षा क्षेत्र थप प्रभावित नहोस् भन्नेमा विशेष संवेदनशीलता अपनाउन आग्रह गरिएको छ। निरन्तर विद्यालय बन्द हुनुले अभिभावकहरू वीरगञ्जका विद्यालयमा बालबालिका भर्ना गराउन हिच्किचाउने अवस्था सिर्जना हुन सक्ने र यसले शहरको शैक्षिक प्रतिष्ठामाथि नकारात्मक असर पार्न सक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

एनप्याब्सनले सम्पूर्ण नगरवासी, समुदाय, राजनीतिक दल र सामाजिक संघ–संस्थाहरूलाई आपसी सहिष्णुता, सौहार्द र समझदारी कायम गरी शान्तिपूर्ण शैक्षिक वातावरण बनाउन सहयोग गर्न आह्वान गरेको छ।

पर्सा प्रशासनले पछिल्ला दिनहरूमा देखिएको धार्मिक संवेदनशीलता र तनाव नियन्त्रणका लागि वीरगञ्जमा कर्फ्यु आदेश जारी गर्दै आएको छ। अवस्था सामान्य बन्दै गएपछि शैक्षिक गतिविधि पुनः नियमित हुने अपेक्षा गरिएको छ।

31/12/2025

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बताएका छन्। राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा उनले पार्टीभित्र एकता र समन्वय आवश्यक रहेको उल्लेख गरे। फरक विचारलाई समेट्ने साझा मञ्चका रूपमा विशेष अधिवेशन अपरिहार्य भएको उनको भनाइ छ। विधानतः बाध्यकारी मात्र नभई पार्टीको आत्मविश्वासका लागि अधिवेशन आवश्यक रहेको उनले बताए। राष्ट्र निर्माणमा सबै कार्यकर्ताले सामूहिक जिम्मेवारी बोध गर्नुपर्नेमा उनले जोड दिए।

30/12/2025

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। जुनियर बोयजतर्फ पर्साको ग्रामीण क्षेत्रस्थित ब्लु हेभन एकेडेमी ले वीरगञ्जको साउथ जोन स्कुल लाई पराजित गर्दै उपाधि जित्दै इतिहास रचेको छ।गल्र्सतर्फ लिटल फ्लावर एकेडेमी ले नेशनल एकेडेमी लाई हराउँदै च्याम्पियन बन्न सफल भयो।विजेता तथा उपविजेता विद्यालयहरूलाई वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन प्रमुख आनन्द लामिछाने ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।समापन समारोहमा शिक्षासँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।

25/12/2025

नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा भएको प्रतियोगीता शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादवको विशेष उपस्थितीमा भएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । औपचारीक कार्यक्रमको सहजीकरण काव्या एकेडेमीका प्रधानाध्यापक ममता कुशवाहाले गर्नु भएको थियो ।
प्रतियोगितामा प्राथमिक तहतर्फ जि.एच.पि विद्यालयका छात्र आयुष गुप्ता प्राथम, ज्ञान उदय विद्यालयकी छात्रा नितिन कानु द्वितीय, आईडिएल एकेडेमीकी रिदम राई तृतीय भएको बताईएको छ । यसैगरी माध्यमिक तहतर्फ डि.पि.एसका छात्र सिद्धार्थ श्रेष्ठ प्रथम, पियुष कुमार साह द्वितीय, सगरमाथा एकेडेमीका किशन साह तृतीय भएका छन । माध्यमिक (+२) तहतर्फ समित चौधरी प्रथम, डेसिमल स्कुलका आयुष चौरसिया द्वितीय, दिल्ली पब्लिक स्कूलका सुमेधा खण्डेवाल तृतीय भएको बताईएको छ । विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । आयोजक संस्थाले बुद्धि चाल जस्ता बौद्धिक खेलले विद्यार्थीहरूको राजनीतिक सोच, अनुशासन र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Traffic Chowk
Butwal
32903