YN Korean Language Center
पहिले कोरिया ।अनि अरु । त्यसपछि अरु
한국어를 배우는 사람들에게 매우 유용한 페이지입니다. 🇳🇵- 🇰🇷
30/06/2026
Let's go 🇰🇷
09/06/2026
Big news : दक्षिण कोरिया पठाइदिने भन्दै दाङका १९ विद्यार्थीबाट ३ करोडभन्दा बढी ठ*गी, शैक्षिक संस्थाका सञ्चालक फरार! 😮
दाङको घोराहीस्थित ‘एडभान्स एकेडेमी’ का सञ्चालकले दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाएर १९ जना विद्यार्थीबाट ३ करोड रुपैयाँभन्दा बढी रकम अ*सुलेर फरार भएको आ*रोप लागेको छ।
रकम बुझाएपछि न त कोरिया जान पाएका छन्, न त आफ्नो पैसा फिर्ता पाएका छन्। पीडित विद्यार्थीहरूले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय दाङमा संयुक्त उजुरी दिएका छन्।
विदेशमा उज्ज्वल भविष्य बनाउने सपना देखेका विद्यार्थीहरू अहिले अन्यायको शिकार बनेका छन्। घटनाले दाङमा व्यापक चर्चा र चिन्ता बढाएको छ। पीडितहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्
09/06/2026
दक्षिण कोरिया ले बिदेशि हरु को लागि दिएको भिसा को प्रकार संगै कुन भिसा मा आउदा कस्तो भिसा परिवर्तन गर्न सकिन्छ बुज्नुहोस !!
काम खोज्दा प्रयोग हुने वाक्यहरू
1.회사에서 연락 왔나요?
कम्पनीबाट सम्पर्क आएको छ?
2.사장님한테 전화 왔나요?
साहुले फोन गर्नुभयो?
3.제 이름으로 연락 온 거 있나요?
मेरो नाममा कुनै सम्पर्क आएको छ?
4.아직 회사 연락 없나요?
अझै कम्पनीबाट खबर आएको छैन?
5.회사에서 출근하라고 했나요?
कम्पनीले काममा आउन भन्यो?
6.사업장 변경 진행 상황 확인하고 싶어요.
कम्पनी परिवर्तनको अवस्था बुझ्न चाहन्छु।
7.혹시 문자 온 거 있나요?
कुनै म्यासेज आएको छ?
8.전화 기록 확인 가능할까요?
फोन आएको रेकर्ड हेर्न मिल्छ?
9회사 연결됐나요?
कम्पनी मिल्यो?
10.아직 기다려야 하나요?
अझै कुर्नुपर्छ?
11.사장님이 뭐라고 했나요?
साहुले के भन्नुभयो?
12.오늘 연락 왔는지 확인 부탁드립니다.
आज सम्पर्क आएको छ कि जाँच गरिदिनुहोस्।
13.제 서류 회사에 보냈나요?
मेरो कागज कम्पनीमा पठाइयो?
14.회사에서 답변했나요?
कम्पनीले जवाफ दियो?
15.언제쯤 연락 올까요?
कहिलेसम्म सम्पर्क आउला?
16.새 회사 구해졌나요?
नयाँ कम्पनी भेटियो?
17.아직 매칭 안 됐나요?
अझै कम्पनी मिलेको छैन?
18.회사에서 사람 필요하다고 했나요?
कम्पनीले मान्छे चाहिएको भन्यो?
19.출근 날짜 정해졌나요?
काममा जाने मिति तय भयो?
20.혹시 내일 다시 와야 하나요?
भोलि फेरि आउनुपर्छ?
21.결과 나오면 알려주세요.
नतिजा आएपछि खबर दिनुहोस्।
22.연락 오면 전화 부탁드립니다.
सम्पर्क आए फोन गरिदिनुहोस्।
23.빨리 일하고 싶어요.
छिट्टै काम गर्न चाहन्छु।
24.아직 승인 중인가요?
अझै स्वीकृति प्रक्रियामा छ?
25.회사에서 거절했나요?
कम्पनीले अस्वीकार गर्यो?
26.혹시 다른 회사 소개 가능할까요?
अर्को कम्पनी मिलाइदिन सकिन्छ?
27.지금 바로 확인 가능할까요?
अहिले नै जाँच गर्न मिल्छ?
28.오늘 결과 알 수 있나요?
आज नतिजा थाहा हुन्छ?
29.회사 연락 기다리고 있어요.
कम्पनीको खबर पर्खिरहेको छु।
30.제 상황 한번 확인해주세요.
मेरो अवस्था एकपटक जाँच गरिदिनुहोस्।
31.출근 가능하다고 연락 왔나요?
काममा आउन मिल्छ भनेर खबर आयो?
31.회사랑 통화됐나요?
कम्पनीसँग कुरा भयो?
32.아직 소식 없나요?
अझै कुनै खबर छैन?
33.사장님이 다시 부른다고 했나요?
साहुले फेरि बोलाउने भन्नुभयो?
34.연락이 늦어지는 이유가 뭔가요?
सम्पर्क ढिलो हुनुको कारण के हो?
35.오늘 확인해주실 수 있나요?
आज जाँच गरिदिन सक्नुहुन्छ?
36.회사 주소 알 수 있나요?
कम्पनीको ठेगाना थाहा पाउन सक्छु?
37.회사 번호 알려주실 수 있나요?
कम्पनीको नम्बर दिन सक्नुहुन्छ?
38.제가 직접 연락해도 되나요?
म आफैं सम्पर्क गर्न सक्छु?
39언제까지 대기해야 하나요?
कहिलेसम्म पर्खिनुपर्छ?
40.혹시 문제 생긴 건 아니죠?
कुनै समस्या भएको त होइन?
41.제 비자 상태 괜찮나요?
मेरो भिसा अवस्था ठीक छ?
42.회사에서 빨리 오라고 했나요?
कम्पनीले छिट्टै आउन भन्यो?
43.오늘 회사 연락 꼭 확인해주세요.
आज कम्पनीको खबर पक्का जाँच गरिदिनुहोस्।
44.아직 일자리 없는 상태인가요?
अझै काम नपाएको अवस्था हो?
45.다시 상담 가능할까요?
फेरि सल्लाह लिन मिल्छ?
46.회사 결정 나왔나요?
कम्पनीको निर्णय आयो?
47.오늘 안에 연락 올까요?
आजभित्र सम्पर्क आउला?
48.혹시 저한테 불이익 있나요?
मलाई कुनै समस्या हुन्छ?
49.감사합니다. 잘 부탁드립니다.
धन्यवाद। सहयोग गरिदिनुहोस्।
कोरियाको कम्पनी वा कार्यस्थल (Workplace) मा काम गर्दा, हाकिम (सा장님/반장님) सँग कुरा गर्दा र कामदार साथीहरूसँग सञ्चार गर्दा सबैभन्दा धेरै प्रयोग हुने १०० वटा महत्त्वपूर्ण वाक्यहरू तल विधागत रूपमा दिइएको छ।
🇰🇷 कार्यस्थलमा प्रयोग हुने १०० कोरियन - नेपाली वाक्यहरू 🇳🇵
१. कामको सुरुवात र दैनिक अभिवादन (Daily Greetings)
१. 안녕하십니까? – नमस्कार / आरामै हुनुहुन्छ?
२. 좋은 아침입니다. – शुभ प्रभात।
३. 오늘도 수고하십시오. – आज पनि मेहनतका साथ काम गर्नुहोस्।
४. 네, 알겠습니다. – हजुर, बुझेँ।
५. 오늘 작업은 무엇입니까? – आजको काम के हो?
६. 제가 무엇을 하면 됩니까? – मैले के गर्नुपर्छ?
७. 준비가 다 되었습니다. – तयारी सबै पूरा भयो।
८. 지금 시작하겠습니다. – अहिले सुरु गर्नेछु।
९. 오늘도 안전하게 일합시다. – आज पनि सुरक्षित रूपमा काम गरौँ।
१०. 잘 부탁드립니다. – राम्रो सहयोगको अपेक्षा गर्दछु।
२. निर्देशन सुन्ने र उत्तर दिने (Understanding Instructions)
११. 네, 바로 하겠습니다. – हजुर, तुरुन्तै गर्नेछु।
१२. 다시 한번 말씀해 주세요. – कृपया फेरि एकपटक भनिदिनुहोस्।
१३. 조금 더 천천히 말씀해 주세요. – कृपया अलि बिस्तारै भनिदिनुहोस्।
१४. 이것은 어떻게 합니까? – यो कसरी गर्ने हो?
१५. 여기에 두면 됩니까? – यहाँ राख्यो भने हुन्छ?
१६. 네, 무슨 뜻인지 이해했습니다. – हजुर, के भन्नुभएको हो बुझेँ।
१७. 아직 잘 모르겠습니다. – अझै राम्रोसँग थाहा पाउन सकिनँ।
१८. 처음이라 잘 못합니다. – पहिलो पटक भएकाले राम्रोसँग जान्दिनँ।
१९. 도वान주셔서 감사합니다. – मद्दत गरिदिनुभएकोमा धन्यवाद।
२०. 죄송합니다, 제 실수입니다. – माफ गर्नुहोस्, मेरो गल्ती हो।
३. मेसिन, औजार र कार्य सञ्चालन (Machinery & Tools)
२१. 기계를 켜십시오. – मेसिन चालू गर्नुहोस्।
२२. 작업이 끝나면 기계를 끄세요. – काम सकिएपछि मेसिन बन्द गर्नुहोस्।
२३. 이 기계는 어떻게 작동합니까? – यो मेसिन कसरी चल्छ?
२४. 공구를 가져오세요. – औजार लिएर आउनुहोस्।
२५. 줄자를 장갑 옆에 두었습니다. – नाप्ने टेप पन्जाको छेउमा राखेको छु।
२६. 이 물건을 조립해야 합니다. – यो सामान जडान गर्नुपर्छ।
२७. 부품이 부족합니다. – पाटपुर्जा अपुग छ।
२८. 불량품이 나왔습니다. – बिग्रेको/खराब सामान निस्कियो।
२९. 여기에 구멍을 뚫으세요. – यहाँ प्वाल पार्नुहोस्।
३०. 이 박스를 높이 쌓으세요. – यो बाकसलाई अग्लो हुने गरी थुपार्नुहोस्।
४. सामान ओसारपसार र लोडिङ (Handling & Moving Materials)
३१. 이 물건을 옮겨 주세요. – यो सामान सारिदिनुहोस्।
३२. 지게차를 불러 주세요. – फोर्कलिफ्ट बोलाइदिनुहोस्।
३३. 제품을 트럭에 상차하세요. – सामान ट्रकमा लोड गर्नुहोस्।
३४. 원자재가 도착했습니다. – कच्चा पदार्थ आइपुग्यो।
३५. 박스를 하나씩 포장하세요. – बाकसलाई एउटा-एउटा गरी प्याक गर्नुहोस्।
३६. 이것은 아주 무겁습니다. – यो धेरै भारी छ।
३७. 조심히 운반하십시오. – होसियारीपूर्वक ओसारपसार गर्नुहोस्।
३८. 물건을 바닥에 떨어뜨리지 마세요. – सामान भुइँमा नझार्नुहोस्।
३९. 창고에 보관해 두었습니다. – गोदाममा सुरक्षित राखेको छु।
४०. 여기를 깨끗이 치우세요. – यो ठाउँ सफा गर्नुहोस्।
५. सुरक्षा, खतरा र स्वास्थ्य (Safety & Health)
४१. 안전모를 반드시 착용하십시오. – सुरक्षा टोपी (हेलमेट) अनिवार्य रूपमा लगाउनुहोस्।
४२. 안전화를 신으세요. – सुरक्षा जुत्ता लगाउनुहोस्।
४३. 여기는 위험구역입니다. – यो जोखिमपूर्ण क्षेत्र हो।
४४. 기계에 손대지 마십시오. – मेसिनमा हात नहाल्नुहोस्।
४५. 조심하세요, 뜨겁습니다. – होसियार गर्नुहोस्, तातो छ।
४६. 장갑을 끼고 작업하세요. – पन्जा लगाएर काम गर्नुहोस्।
४७. 바닥이 미끄러우니 조심하세요. – भुइँ चिप्लो छ, होसियार हुनुहोस्।
४८. 몸이 안 좋습니다. – शरीर ठीक छैन / बिरामी छु।
४९. 손을 다쳤습니다. – हातमा चोट लाग्यो।
५०. 병에 가야 할 것 같습니다. – अस्पताल जानुपर्ने जस्तो छ।
६. कामको अवस्था र सोधपुछ (Reporting & Inquiries)
५१. 일이 다 끝났습니다. – काम सबै सकियो।
५२. 작업을 완료했습니다. – कार्य सम्पन्न गरेँ।
५३. 이 제품은 어디에 둡니까? – यो सामान कहाँ राख्ने हो?
५४. 확인해 보겠습니다. – जाँच गरेर हेर्नेछु।
५५. 문제가 생겼습니다. – समस्या उत्पन्न भयो।
५६. 기계가 고장 났습니다. – मेसिन बिग्रियो।
५७. 움직이지 않습니다. – चल्दैन / हलचल गर्दैन।
५८. 이상한 소리가 납니다. – अनौठो आवाज आइरहेको छ।
५९. 수리해야 합니다. – मर्मत गर्नुपर्छ।
६०. 반장님, 잠시만 와 주세요. – नाइके ज्यू, एकैछिन यता आइदिनुहोस्।
७. विश्राम र खानपिन (Break Time & Dining)
६१. 점심시간은 몇 시부터입니까? – दिवाखाजाको समय कति बजेदेखि हो?
६२. 이제 쉬는 시간입니다. – अब आराम गर्ने समय भयो।
६३. 담배는 어디서 핍니까? – चुरोट कहाँ पिउने हो?
६४. 물을 마시고 오겠습니다. – पानी पिएर आउनेछु।
५५. 식사 맛있게 하십시오. – खाना मिठो गरी खानुहोस्।
६६. 조금만 쉬었다가 합시다. – अलिकति आराम गरेर गरौँ।
६७. 피곤합니다. – थकाई लागेको छ।
६८. 커피 한잔하시겠습니까? – एक कप कफी पिउनुहुन्छ?
६९. 오늘 간식은 무엇입니까? – आजको खाजा के हो?
७०. 식당은 कहाँ छ? – खाना खाने ठाउँ (मेस) कहाँ छ?
८. थप काम (Overtime) र विदा (Leaves)
७१. 오늘 잔업이 있습니까? – आज थप काम (ओभरटाइम) छ?
७२. 네, 두 시간 잔업 있습니다. – हजुर, दुई घण्टा ओभरटाइम छ।
७३. 오늘 야간 근무입니다. – आज रात्रिकालीन ड्युटी हो।
७४. 주말에 출근합니까? – सप्ताहन्त (शनिबार/आइतबार) मा काममा आउनुपर्छ?
७५. 내일 연차를 쓰고 싶습니다. – भोलि वार्षिक विदा बस्न चाहन्छु।
७६. 고향에 다녀와야 합니다. – गाउँ/स्वदेश गएर आउनुपर्ने छ।
७७. 휴가를 신청하고 싶습니다. – विदाको लागि निवेदन दिन चाहन्छु।
७८. 다음 주 월요일에 쉬어도 됩니까? – अर्को हप्ताको सोमबार विदा बस्न मिल्छ?
७९. 사정이 있어서 조퇴해야 합니다. – काम विशेषले गर्दा समय अगावै काम छोडेर जानुपर्ने छ (조퇴)।
८०. 월급날이 언제입니까? – तलब आउने दिन कहिले हो?
९. कार्यस्थलको सरसफाइ र व्यवस्थापन (Organization & Cleaning)
८१. 작업장을 정리정돈 하세요. – कार्यस्थल व्यवस्थित र सफा राख्नुहोस्।
८२. 쓰레기는 यहाँ फाल्नुहोस्। – फोहोर यहाँ फाल्नुहोस्।
८३. 재활용품을 분류해야 합니다. – पुनः प्रयोग हुने सामानहरू छुट्याउनुपर्छ।
८४. 밀대를 가져와서 바닥을 닦으세요. – मप (पुछ्ने साधन) लिएर भुइँ पुछ्नुहोस्।
८५. 빗자루로 쓰레기를 쓸으세요. – कुचोले फोहोर बढार्नुहोस्।
८६. 먼지가 너무 많습니다. – धुलो धेरै छ।
८७. 창문을 열어 환기시키세요. – झ्याल खोलेर हावा ओहोरदोहोर गराउनुहोस् (Ventilation)।
८८. 공구를 제자리에 두세요. – औजारलाई आफ्नै स्थानमा राख्नुहोस्।
८९. 여기에 물을 흘리지 마세요. – यहाँ पानी नपोख्नुहोस्।
९०. 깨끗하게 청소했습니다. – सफासँग सफा गरेँ।
१०. कामको अन्त्य र बिदाइ (End of Work)
९१. 퇴근 시간입니다. – काम सकिएर घर जाने समय भयो।
९२. 오늘 업무는 여기까지입니다. – आजको काम यहाँसम्म मात्र हो।
९३. 모두 수고하셨습니다. – सबैजनाले धेरै मेहनत गर्नुभयो।
९४. 수고하셨습니다, 반장님. – मेहनत गर्नुभयो, नाइके ज्यू।
९५. 먼저 들어가겠습니다. – म पहिले निस्कन्छु/जान्छु।
९६. 내일 뵙겠습니다. – भोलि भेटौँला।
९७. 주말 잘 보내십시오. – सप्ताहन्त शुभ बितोस्।
९८. 안녕히 가십시오. – राम्रोसँग जानुहोस्।
९९. 집에 조심히 가세요. – घर होसियारपूर्वक जानुहोस्।
१००. 월요일에 다시 뵙겠습니다. – सोमबार फेरि भेटौँला।
#कोरियन_भाषा #कार्यस्थलमा_प्रयोग_हुने_वाक्य #सिक्ने_तरिका
"Issue भएपछिका प्रक्रिया केके हुन्?"
हरेक पटक यो प्रश्न धेरै नै आईरहेका हुन्छन्। Issue भएपछिका प्रक्रियाहरु क्रमागत रुपमा निम्नानुसार छन्। ध्यान दिएर पढ्नुहोला।
१. Mediation हुँदै Hired भएपछि 발급 हुन्छ,
२. यस पश्चात कम्पनिले तपाईंको Labor Contact (LC) Forward गर्नुपर्ने हुन्छ, ( Issue भएको दिनबाट ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि हुनसक्छ)
३. LC Forward भएपछि इपीएस कार्यालय, ग्वार्कोमा स्वयं उपस्थित भई LC Sign गर्नुपर्दछ। (LC Forward भएको भोलीपल्ट देखि ढिलोमा ७ दिन भित्र)
४. LC Sign गरेपछि तपाईंहरुले Training Form अनलाईन मार्फत भर्नुपर्ने हुन्छ, Sign भएपछि कुनै पनि ढिलाई नगरि Training Form भर्नुहोला,
५. LC Sign भएपछि CCVI आउँछ, तपाईंले Training नलिए पनि CCVI आउँछ, CCVI Form भर्न Training Certificate चाहिने भएकाले Training चाहिँ चाँडै लिनुपर्दछ, (CCVI पनि LC Sign भएको ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि आउनसक्छ)
६. CCVI आएपछि तुरुन्तै CCVI Form भर्नुपर्दछ, CCVI भर्न इपीएस, कार्यालय ग्वार्को मै जानुपर्नेछ,
७. CCVI भरेपछि तपाईंको File कोरियन Embassy मा पुग्छ र भिषा प्रक्रिया भई ९० दिनको भिषा लाग्दछ,
८. यस पश्चात Flight आउँछ,
९. Final Flight आएपछि Flight सुचनामा उल्लेख गरे अनुसार श्रम, बिमा साथै अन्य आवश्यक प्रक्रिया गरि Flight लिनुपर्दछ।
नोट: कोरिया जाने वा अन्य कुनै देश जाने तयारीमा रहनुभएका सबैले Personal PAN Card बनाएर राख्नुहोला, पछि सहज हुनेछ।
"जीवनको यात्रा विचित्र छ। मानिसले धेरैपटक आफूले चाहेको कुरा पाउँदैन र नचाहेको कुरा भोग्नुपर्छ। तर पछि फर्केर हेर्दा उसले बुझ्छ कि केही नपाउनु पनि आशीर्वाद रहेछ। किनकि यदि हरेक इच्छा तुरुन्त पूरा भएको भए मानिसले धैर्य सिक्ने थिएन, संघर्ष बुझ्ने थिएन र आफ्नो वास्तविक क्षमता पनि कहिल्यै पत्ता लगाउने थिएन।"
सपना देख्नु भनेको जिन्दगीको एउटा सङ्घर्षको बाटो नै रोज्नु जब संघर्ष गरिन्छ पनि सबै सपनाहरू पूरा गर्न सकिन्छ जिन्दगीको सुरुवातमा धेरै किसिमका सपनाहरू असफल हुन्छन् त कोही सफल हुन्छन् त्यसमा भाग्यको र अनि हाम्रो कुनै दोष हुँदैन
왜 바빠요? तिमी किन व्यस्त छौ?
직업이 뭐예요? तिम्रो काम (पेशा) के हो?
저녁 식사가 언제 준비돼요? खाना कहिले तयार हुन्छ?
가장 가까운 은행이 어디에 있어요? नजिकको बैंक कहाँ छ?
누가 전화하고 있어요? तिमीलाई कसले फोन गरिरहेको छ?
어느 펜이 당신 거예요? कुन कलम तिम्रो हो?
시험 어땠어요? तिम्रो परीक्षा कस्तो भयो?
아기가 왜 울고 있어요? बच्चा किन रोइरहेको छ?
보통 뭐 해요? तिमी सामान्यतया के गर्छौ?
휴가가 언제예요? तिम्रो बिदा कहिले हो?
어디에서 약을 살 수 있어요? मैले औषधि कहाँ किन्न सक्छु?
누가 유리를 깨뜨렸어요? सिसा कसले फुटायो?
어떤 가방을 사야 할까요? मैले कुन झोला किन्नुपर्छ?
이것을 어떻게 열 수 있어요? म यो कसरी खोल्न सक्छु?
왜 웃고 있어요? तिमी किन हाँसिरहेका छौ?
무엇이 당신을 행복하게 만들어요? तिमीलाई के कुराले खुशी बनाउँछ?
언제부터 일을 시작했어요? तिमीले काम कहिलेदेखि सुरु गर्यौ?
사무실이 어디에 있어요? तिम्रो कार्यालय कहाँ छ?
누가 이 선물을 줬어요? तिमीलाई यो उपहार कसले दियो?
어떤 노래를 가장 좋아해요? तिमीलाई सबैभन्दा कुन गीत मन पर्छ?
학교에 어떻게 가요? तिमी विद्यालय कसरी जान्छौ?
인터넷이 왜 느려요? इन्टरनेट किन ढिलो छ?
무슨 생각을 하고 있어요? तिमी के सोचिरहेका छौ?
언제 돌아올 거예요? तिमी कहिले फर्कन्छौ?
이것을 어디에 두어야 할까요? मैले यो कहाँ राख्नुपर्छ?
누가 방을 청소했어요? कोठा कसले सफा गर्यो?
어떤 언어를 할 수 있어요? तिमी कुन भाषा बोल्न सक्छौ?
물을 얼마나 마셔요? तिमी कति पानी पिउँछौ?
그녀는 왜 화가 났어요? उनी किन रिसाएकी छन्?
오늘 계획이 뭐예요? आज तिम्रो योजना के हो?
언제 자요? तिमी कहिले सुत्छौ?
버스 정류장이 어디예요? बस स्टप कहाँ छ?
누가 당신을 초대했어요? तिमीलाई कसले निम्तो दियो?
어떤 팀을 응원해요? तिमी कुन टोलीलाई समर्थन गर्छौ?
어떻게 영어를 향상시킬 수 있을까요? म आफ्नो अंग्रेजी कसरी सुधार गर्न सक्छु?
손이 왜 차가워요? तिम्रा हात किन चिसा छन्?
자유 시간에 뭐 해요? फुर्सदमा तिमी के गर्छौ?
가게가 언제 열어요? पसल कहिले खुल्छ?
이것을 어디에서 배웠어요? तिमीले यो कहाँ सिक्यौ?
밖에서 누가 기다리고 있어요? बाहिर कसले पर्खिरहेको छ?
어떤 차가 더 빨라요? कुन गाडी छिटो छ?
차를 어떻게 만들어요? तिमी चिया कसरी बनाउँछौ?
선생님이 왜 당신을 불렀어요? शिक्षकले तिमीलाई किन बोलाए?
몇 시에 점심을 먹어요? तिमी दिउँसोको खाना कति बजे खान्छौ?
결과가 언제 나와요? नतिजा कहिले आउँछ?
어디에서 핸드폰을 충전할 수 있어요? मैले फोन कहाँ चार्ज गर्न सक्छु?
누가 답을 알아요? उत्तर कसलाई थाहा छ?
어디를 방문하고 싶어요? तिमी कुन ठाउँ घुम्न चाहन्छौ?
어떻게 연락하면 될까요? म तिमीलाई कसरी सम्पर्क गर्न सक्छु?
사람들은 왜 운동을 하나요? मानिसहरू किन व्यायाम गर्छन्?
कोरियामा बसेर कम्पनी परिवर्तन गर्दा (사업장 변경), साहुसँग कुरा गर्न, अन्तर्वार्ता दिन र सम्बन्धित निकाय (Job Center) मा प्रयोग हुने १०० उपयोगी वाक्यहरू यहाँ छन्:
१. साहुसँग काम छोड्ने कुरा गर्दा (Talking to Employer)
१. 사장님, 드릴 말씀이 있어요. – साहुजी, मलाई केही कुरा भन्नु थियो।
२. 회사를 옮기고 싶어요. – म कम्पनी परिवर्तन गर्न चाहन्छु।
३. 사업장 변경을 하고 싶습니다. – म कार्यस्थल परिवर्तन गर्न चाहन्छु।
४. 이직을 결정했습니다. – मैले काम छोड्ने निर्णय गरें।
५. 건강이 안 좋아서 쉬고 싶어요. – स्वास्थ्य राम्रो नभएर आराम गर्न चाहन्छु।
६. 일이 저하고 잘 안 맞아요. – यो काम मलाई राम्रोसँग मिलेन।
७. 가족 문제가 생겨서 그만둬야 해요. – पारिवारिक समस्या आएर छोड्नुपर्ने भयो।
८. 계약을 해지해 주세요. – सम्झौता रद्द गरिदिनुहोस्।
९. 이적 동의서를 써 주실 수 있나요? – के मलाई रिलिज पेपर (सहमति पत्र) लेखिदिन सक्नुहुन्छ?
१०. 퇴사하고 싶습니다. – म काम छोड्न चाहन्छु।
११. 더 이상 여기서 일하기 힘들어요. – अब यहाँ काम गर्न गाह्रो भयो।
१२. 다른 일을 해보고 싶어요. – म अर्कै काम गरिहेर्न चाहन्छु।
१३. 월급이 자꾸 밀려서 힘들어요. – तलब सधैं ढिलो भएर गाह्रो भयो।
१४. 잔업이 너무 많아서 힘들어요. – ओभरटाइम धेरै भएर गाह्रो भयो।
१५. 기숙사 환경이 너무 안 좋아요. – होस्टेलको वातावरण एकदमै नराम्रो छ।
२. जब सेन्टर (Job Center) मा सोधपुछ गर्दा
१६. 고용센터가 어디에 있나요? – जब सेन्टर कहाँ छ?
१७. 구직 등록을 하러 왔습니다. – म रोजगार दर्ता (Job seeking) गर्न आएको हुँ।
१८. 사업장 변경 신청서를 주세오. – कार्यस्थल परिवर्तनको निवेदन फारम दिनुहोस्।
१९. 필요한 서류가 무엇인가요? – के के कागजातहरू चाहिन्छन्?
२०. 외국인 등록증 여기 있습니다. – एलियन कार्ड यहाँ छ।
२१. 언제부터 새 직장을 구할 수 있나요? – कहिलेदेखि नयाँ काम खोज्न सकिन्छ?
२२. 구직 기간은 얼마 동안인가요? – काम खोज्ने अवधि कति समयको हुन्छ?
२३. 비자 연장도 같이 해야 하나요? – भिसा थप पनि सँगै गर्नुपर्छ?
२४. 구인 명단을 볼 수 있을까요? – काम दिने कम्पनीहरूको सूची हेर्न मिल्छ?
२५. 문자로 연락을 주시나요? – म्यासेजमा जानकारी दिनुहुन्छ?
३. नयाँ कम्पनीमा फोन गर्दा वा सम्पर्क गर्दा
२६. 구인 광고 보고 연락드렸습니다. – कामको विज्ञापन हेरेर फोन गरेको हुँ।
२७. 사람 구하나요? – मान्छे खोज्दै हुनुहुन्छ?
२८. 아직 자리가 있나요? – अझै खाली ठाउँ छ?
२९. 면접을 볼 수 있을까요? – के अन्तर्वार्ता दिन मिल्छ?
३०. 회사가 어디에 위치해 있나요? – कम्पनी कहाँ छ?
३१. 무슨 일을 하는 회사인가요? – के काम गर्ने कम्पनी हो?
३२. 면접 날짜를 정하고 싶어요. – अन्तर्वार्ताको मिति तोक्न चाहन्छु।
३३. 내일 방문해도 될까요? – भोलि आउँदा हुन्छ?
३४. 준비할 서류가 있나요? – तयारी गर्नुपर्ने केही कागजात छ?
३५. 제 경력은 3년입니다. – मेरो अनुभव ३ वर्षको छ।
४. नयाँ साहुसँग अन्तर्वार्ता दिँदा (During Interview)
३६. 안녕하세요, 면접 보러 왔습니다. – नमस्कार, अन्तर्वार्ता दिन आएको हुँ।
३७. 열심히 하겠습니다. – म कडा परिश्रम गर्नेछु।
३८. 전 회사에서 무슨 일을 했나요? – अघिल्लो कम्पनीमा के काम गर्नुभयो?
३९. 기계 조작을 할 줄 압니다. – मलाई मेसिन चलाउन आउँछ।
४०. 용접 경력이 있습니다. – मसँग वेल्डिङको अनुभव छ।
४१. 야간 근무도 가능합니다. – रात्रिकालीन काम पनि गर्न सक्छु।
४२. 잔업이 많아도 괜찮습니다. – ओभरटाइम धेरै भए पनि ठीक छ।
४३. 기숙사가 있나요? – के होस्टेल छ?
४४. 식사는 제공되나요? – खानाको सुविधा छ?
४५. 월급은 얼마인가요? – तलब कति हो?
४६. 기본급이 얼마인가요? – बेसिक तलब कति हो?
४७. 수습 기간이 있나요? – के प्रोबेशन पिरियड छ?
४८. 언제부터 출근하면 되나요? – कहिलेदेखि काममा आउँदा हुन्छ?
४९. 이 회사의 분위기는 어떤가요? – यो कम्पनीको वातावरण कस्तो छ?
५०. 최선을 다해 일하겠습니다. – म आफ्नो सक्दो प्रयास गरेर काम गर्नेछु।
५. कामको सर्तहरू सोध्दा (Asking about Conditions)
५१. 근무 시간은 어떻게 되나요? – कामको समय कस्तो छ?
५२. 주 5일 근무인가요? – के हप्ताको ५ दिन काम हो?
५३. 토요일에도 일하나요? – शनिबार पनि काम गर्नुपर्छ?
५४. 상여금(보너스)이 있나요? – के बोनस छ?
५५. 퇴직금은 주나요? – के अवकाश भत्ता (Retirement pay) दिइन्छ?
५६. 4대 보험에 가입해 주나요? – के ४ वटा बिमाहरूमा दर्ता गरिदिनुहुन्छ?
५७. 숙식비는 공제하나요? – बस्ने खाने खर्च तलबबाट काटिन्छ?
५८. 한 달에 몇 번 쉬나요? – महिनामा कति पटक बिदा हुन्छ?
५९. 연차 휴가가 있나요? – के वार्षिक बिदा छ?
६०. 정해진 월급일이 언제인가요? – तलब दिने तोकिएको दिन कहिले हो?
६. नयाँ कम्पनीमा सम्झौता गर्दा (During Contract)
६१. 근로계약서를 작성하고 싶어요. – श्रम सम्झौता पत्र लेख्न चाहन्छु।
६२. 계약 기간은 1년인가요? – सम्झौता अवधि १ वर्षको हो?
६३. 여기 서명하면 되나요? – यहाँ हस्ताक्षर गर्दा हुन्छ?
६४. 사본 한 장 주실 수 있나요? – मलाई एउटा प्रतिलिपि दिन सक्नुहुन्छ?
६५. 노동청에 신고했나요? – के लेबर अफिसमा रिपोर्ट गर्नुभयो?
६६. 비자 변경 신청을 도와주세요. – भिसा परिवर्तनको प्रक्रियामा मद्दत गर्नुहोस्।
६७. 여권을 복사해도 될까요? – राहदानी फोटोकपी गर्दा हुन्छ?
६८. 등록증을 빌려드릴까요? – मेरो रेजिस्ट्रेशन कार्ड दिऊँ?
६९. 가족관계 증명서가 필요한가요? – के नाता प्रमाणीकरण पत्र चाहिन्छ?
७०. 표준근로계약서인가요? – के यो मानक श्रम सम्झौता पत्र हो?
७. काम छोड्दाको हिसाब (Settlement at Old Job)
७१. 퇴직금을 정산해 주세요. – मेरो अवकाश भत्ताको हिसाब गरिदिनुहोस्।
७२. 미지급된 월급을 주세요. – नपाएको तलब दिनुहोस्।
७३. 연차 수당을 받을 수 있나요? – के म वार्षिक बिदाको पैसा पाउन सक्छु?
७४. 보험금을 환급받고 싶어요. – म बिमाको पैसा फिर्ता लिन चाहन्छु।
७५. 경력 증명서를 써 주세요. – अनुभव पत्र (Experience certificate) लेखिदिनुहोस्।
७६. 짐을 언제 빼면 될까요? – सामान कहिले हटाउँदा हुन्छ?
७७. 그동안 감사했습니다. – अहिलेसम्मका लागि धन्यवाद।
७८. 건강하게 잘 지내세요. – स्वास्थ्यको ख्याल गर्नुहोला।
७९. 나중에 다시 연락드릴게요. – पछि फेरि सम्पर्क गर्नेछु।
८०. 안녕히 계십시오. – राम्रोसँग बस्नुहोला (बिदा हुँदा)।
८. विविध र उपयोगी वाक्यहरू (Miscellaneous)
८१. 이직 사유가 무엇인가요? – काम छोड्नुको कारण के हो?
८२. 회사가 폐업했어요. – कम्पनी बन्द भयो।
८३. 부당한 대우를 받았습니다. – मैले अन्यायपूर्ण व्यवहार पाएँ।
८४. 폭행을 당했습니다. – ममाथि कुटपिट भयो।
८५. 임금 체불로 신고하겠습니다. – तलब नपाएकोमा म उजुरी दिनेछु।
८६. 통역사가 필요합니다. – मलाई दोभासे (Interpreter) चाहिन्छ।
८७. 도움이 필요합니다. – मलाई सहयोग चाहिन्छ।
८८. 법적인 조언을 구하고 싶어요. – म कानुनी सल्लाह लिन चाहन्छु।
८९. 외국인 인력 지원 센터가 어디인가요? – विदेशी जनशक्ति सहायता केन्द्र कहाँ छ?
९०. 상담을 받고 싶습니다. – म परामर्श लिन चाहन्छु।
९१. 이직이 승인되었습니다. – काम परिवर्तन स्वीकृत भयो।
९२. 새로운 시작이 기대됩니다. – नयाँ सुरुवातको प्रतीक्षामा छु।
९३. 거리가 멀어서 이사해야 해요. – टाढा भएकाले डेरा सर्नुपर्छ।
९४. 교통편이 어떤가요? – यातायातको सुविधा कस्तो छ?
९५. 주변에 마트가 있나요? – वरपर मार्ट छ?
९६. 한국 동료들이 친절했으면 좋겠어요. – कोरियन सहकर्मीहरू दयालु भए हुन्थ्यो।
९७. 안전 교육을 받아야 하나요? – सुरक्षा तालिम लिनुपर्छ?
८८. 작업복 사이즈가 어떻게 되나요? – काम गर्ने लुगाको साइज कस्तो छ?
९९. 첫 출근 날이 언제인가요? – पहिलो दिन काममा आउने कहिले हो?
१००. 열심히 배워보겠습니다. – म कडा मिहिनेतका साथ सिक्नेछु।
Category
Website
Address
Butwal
32900