Devdaha Khabar

Devdaha Khabar

Share

This is the official page of Devdaha Khabar owned by Devdaha Khabar (Pvt. Ltd) Rupandehi.

04/06/2026

कस्तो संयोग र दुखद घटना ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोल स्थित १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ। बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो। त्यसपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरसिङ्गे लगिएको थियो। । त्यहा पुग्दा उनको मृत्यु भइसकेको थियो। । तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा एसइई पास गरेकी उनको कक्षा ११ पढ्ने सपना अधुरो रह्यो। waiting for death नामबाट टिकटक आइडी खोलेकी उनको मृत्युसमेत संयोग ले नै भएको जस्तो देखिएको छ।😢

03/06/2026

झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा भएको सवारी दु*र्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार मेचीनगर–९ स्थित होलिबेल स्कुलको गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दु*र्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

03/06/2026

रुपन्देहीको देवदह नगरपालिका-५, शितलनगरस्थित आदर्श क्याम्पस अगाडि स्कुटर दुर्घटना भएको छ ।

देवदह प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारण र घाइतेको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

02/06/2026

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेन्जी नागरिक अभियानका ४ जना पक्राउ परे ।

02/06/2026

हराएकी किशोरी मृत फेला

घरबाट एकाएक हराएकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँ निवासी वसन्त बहादुर सारुको छोरी अस्मिता सारुको शब फेला परेको छ । रामपुर न.पा -८ खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदि किनारमा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
आइतबार राती घरमा नै सुतेकी उनी सोमबार बिहान नउठेपछि उठाउन जादा कोठामा नभएकी परिवारले जनाएको थियो । खोजीको क्रममा निर्दिम झलुङ्गेपुलमा उनको मोबाइल फेला परेको थियो । प्रहरी, आफन्ती स्थानीयले खोजी गर्ने क्रममा डेढ किलोमिटर तल कालीगण्डकी नदीमा शब फेला परेको हो ।

01/06/2026

प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती योजना र अभिव्यक्तिको विरुद्धमा विप्लव निकट विध्यार्थी संगठनको मसाल जुलुस, प्रहरीको व्यापक दमन ।

01/06/2026

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए।

दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन्।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

31/05/2026

फ्लिमको झल्को दिने ऐन महरको ए'क्सन: संसदमा उडेर हाने मु'क्का ।

31/05/2026

प्रतिनिधि सभा नियमावली एकलौटी पारित पर्न खोजेपछि संसदमा पर्यो लफडा ।

31/05/2026

जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन ।

" जनता बालेनको खोजीमा , बालेन मोदीको गोजिमा " लगायत नारासहित प्रधानमन्त्रीले सदन भारत सङको सिमा बारे दिएको अभिव्यक्तिको बिरोधमा माइतीघरमा बैज्ञानिक समाजवादी बिद्यार्थी संगठनको प्रदर्शन गरेका छ्न ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kerwani
Butwal
075