Pramod Nepali
Please try to like and shere my page....This page is very useful for variety .......
01/05/2026
पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो
08/04/2026
आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् ।
08/04/2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाउनु भएको छ । ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ ।
08/04/2026
आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशको पहाडी र मधेस प्रदेशको तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
29/03/2026
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
28/03/2026
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।
28/03/2026
नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज (शनिबार) बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसअनुसार लेखकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
08/06/2025
आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सिदेखि देशका पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयाो ।
08/06/2025
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।
लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ ।
07/06/2025
अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् ।
Click here to claim your Sponsored Listing.