Bi kram

Bi kram

Share

Believe yourself to win the game of loksewa

23/03/2026

भ्र'ष्टाचार र अनियमितताको बारेमा रास्वपा सांसद सुदन गुरुङ भन्छन् - "पहिला आवेशमा आएर एक एक जनालाई छोड्दिनँ भनेको थिएँ, अहिले म होशमा भन्छु एक एक जनालाई छोड्दिनँ ।"

23/03/2026

पहाडी समुदायको प्रमुख समस्या रहेको बाँदरको आतङ्क र यसकाे व्यवस्थापनमा जोड दिन रास्वपा सांसदलाई उपहार स्वरुप मायाको चिनो प्रदान....🤩

22/03/2026

GoodNews: अबदेखि नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनको लागि छ्ट्टाछुट्टै फाराम भर्न नपर्ने भएको छ । ❤️🙏

22/03/2026

काठमाडौंको शङ्खमुलमा एकजनाले तामाको गाग्री चोरेर भागेका छन् । पानी सहितको तामाको गाग्री स्कुटरमा राखेर भागेको भिडियो यतिबेला फेसबुकमा भाइरल छ । सावधान रहनुहोला ।

22/03/2026

आठ महिनामा व्यापार घाटा बढेर १० खर्ब ९८ अर्ब पुग्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १२.५४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो आठ महिनामा आयात १२.५४ प्रतिशत बढेको छ भने निर्यात २०.८३ प्रतिशतले बढेको छ ।
रिपोर्ट अनुसार आठ महिनमा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको आयात भएको थियो ।
यस्तै यस आर्थिक बर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको थियो ।
यस आर्थिक बर्षको आठ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा बढेर ११.२२ प्रतिशत पुगेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड रहेको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको आठ महिनामा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको पहिलो आठ महिनामा कुल बैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रहेको थियो । त्यसैगरी आठ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.२४ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४१ गुणामा झरेको छ ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रूपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

22/03/2026

गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार
रसुवा । गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्साको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाले उद्धार गरेको हो ।
उनलाई चन्दनबारी सुरक्षा बेशबाट गएको सेनाको टोलीले उद्दार गरेको थियो । शुरुमा उनको चन्दनबारीस्थित लिटिल बुद्ध होटलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

22/03/2026

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । कानुन अनुसार 10 जना भन्दा थोरै सांसद भएको पार्टीले यो सुबिधा पाउने छैनन् ।

22/03/2026

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: तत्कालिन सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरू र अन्य कर्मचारी, ठेकेदार कम्पनी तथा परामर्शदाता कम्पनीमाथि आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा विमानस्थल निर्माणका लागि गरिएको सम्झौताअनुसार परामर्श सेवाको खर्च सोही सम्झौताभित्रको रकमबाट गर्नुपर्नेमा छुट्टै बजेटबाट खर्च गरिएको पाइएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ । यसका लागि लागत अस्वाभाविक रूपमा बढाएर खरिद प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ ।
प्राधिकरण, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीबीच मिलेमतोमा सम्झौताको सर्त विपरीत काम गरी रकम दुरुपयोग गरिएको निष्कर्ष निकालिएको छ । परामर्श सेवाका लागि छुट्याइएको रकम घटाएर अन्य शीर्षकमा खर्च गर्ने योजना बनाइएको समेत उल्लेख गरिएको छ ।
यस क्रममा परामर्शदाता कम्पनीसँग करिब ४२ करोड रुपैयाँको सम्झौता गरी हालसम्म ४० करोडभन्दा बढी रकम भुक्तानी गरिएको र थप रकमसमेत अनियमित रूपमा खर्च गरिएको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धानले कुल करिब ४६ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको देखाएको छ। उक्त कार्य भ्रष्टाचारजन्य कसुर ठहर गर्दै सम्बन्धित सबै प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
मुद्धा दायर गरिएकाहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिब गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुबदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक एवं पिक्स प्रमुख चाँदमाला श्रेष्ठ र राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक एवं टिएसएस प्रमुख प्रवीण न्यौपाने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सबिन फुयाल, परामर्शदाता कम्पनी इआरएमसी तथा सो जेभीका मुख्य व्यक्तिहरू यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चाइना सीएएमसी इन्जीनियरिङ कम्पनि लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्तिहरू चेयरम्यान वाङ बो र प्रोजेक्ट म्यानेजर यांग झिगांग रहेका छन् ।
अख्तियारले तत्कालीन सचिव अधिकारी र महानिर्देशकद्वय गौतम र पोखरेललाई बिगो बापत ८६ करोड १५ लाख ८४ हजार ४३४ माग गरेको छ ।

22/03/2026

कक्षा १२ को परीक्षा आउन लागेपछि मिहिनेत गरेर पढ्दै एक विद्यार्थी । तपाइँको तयारी कस्तो हुदैं छ ?

22/03/2026

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुरोध ।

22/03/2026

मेरो छोरी रेनु दाहालले अन्तराष्ट्रिय स्तरको विकास गर्दा पनि चुनाव हारिन्ः प्रचण्ड

22/03/2026

नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्डको शेयर ५.७१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको शेयर ७७ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्टको शेयर ७५ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Devinagar
Butwal
32907