Tilottama FM

Tilottama FM

Share

रुपन्देही जिल्ला मा सबै भन्दा धेरै प्रसारण क्षेत्र भएको रेडियो स्टेशन

11/06/2026

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

11/06/2026

तिनाउ सुनचाँदी पसलमा भएको नक्कली चोरीको घटना र त्यसमा संलग्न व्यक्तिहरूको पर्दाफास

05/06/2026

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
काठमाडौँ, २२ जेठ : सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवम् छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो ।
गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू–उपग्रहमार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीहरूसँग सन् २००२ देखि हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । ती सम्झौतामा समय–समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन् ।
विभिन्न निकायमा यी विषयसँग सम्बन्धित ऊजुरी पएका थिए । साथै, महालेखा परीक्षकको कार्यालयका वार्षिक प्रतिवेदन, सञ्चारमाध्यममा प्रकाशित सामग्री तथा विभिन्न माध्यमबाट आएका गुनासोहरूमा प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार सिर्जना, प्रतिस्पर्धाबिनै सम्झौता, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय उठाइएका थिए ।
मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको हो । मन्त्रालयले समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ ।---

Photos from Tilottama FM's post 31/05/2026

सहकारी शिक्षा तालिम सम्पन्न

फोर स्टार बहुमुखी सहकारी संस्था ले समूह नं. १७ का शेयर सदस्यहरूलाई लक्षित गर्दै मिति २०८३ जेठ १६ गते शनिबार श्री शान्ति नमूना मावि मा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ।

तालिम कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार तथा शान्ति नमूना मावि का प्रधानाध्यापक कुलप्रसाद लामिछाने ले गर्नुभएको थियो। साथै, कार्यक्रमको अध्यक्षता शरद भट्टराई ले गर्नुभएको थियो।

कार्यक्रम संस्थाका सचिव सूर्यमणि पाण्डेय ले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य युवराज भण्डारी ले व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, कार्यक्रममा धन्यवाद मन्तव्य शिक्षा उपसमिति संयोजक हिरा ढकाल ले राख्नुभएको थियो। तालिमका प्रशिक्षकका रूपमा दामोदर पंगेनी रहनुभएको थियो।

कार्यक्रममा सहकारी शिक्षा, सदस्यको भूमिका तथा सहकारीका आधारभूत सिद्धान्त सम्बन्धी जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ।

29/05/2026

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

21/05/2026

करेन्ट' चाउचाउको ब्याच नं. 04A बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको लोकप्रिय ब्रान्ड 'करेन्ट' (Current) चाउचाउको एक विशेष ब्याचलाई गुणस्तरहीन ठहर गर्दै बजारबाट तत्काल फिर्ता (Recall) गर्न आदेश जारी गरेको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको यशोदा फुड्स प्रा. लि. (तिलोत्तम-१५, रुपन्देही) द्वारा उत्पादित १०० ग्रामको 'करेन्ट' चाउचाउको ब्याच नम्बर 04A (उत्पादन मिति: २०२६/०२/२३) को नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएको हो। उक्त चाउचाउमा प्रयोग गरिएको 'एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु' (Acid Value of Extracted Fat) नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नपाइएको विभागको पत्रमा उल्लेख छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम उक्त ब्याचका सम्पूर्ण खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र उपदफा (४) बमोजिम सोको बिक्री–वितरण नगर्न/नगराउन उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ।

21/05/2026

सरकारले डाबर हनी किनबेच तथा खरिद नगर्न र नगराउन निर्देशन दिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै डाबर हनीको ब्याच नम्बर एनबी ०४७७ बिक्री वितरण नगर्न भनेको हो ।

विभागले बजार अनुगमन तथा निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत संकलन गरिएको खाद्य पद्धार्थको नमुना प्रयोगशालामा परिक्षण गर्दा उत्पादित खाद्य पद्धार्थ न्यूनस्तर पाइएको जनाएको छ ।

10/05/2026

Are you exciting SEE guys

10/05/2026

विश्वभर समुद्री तापक्रम अस्वाभाविक रूपमा बढ्दै गएको विषय अहिले वैज्ञानिक समुदायको सबैभन्दा ठूलो चिन्तामध्ये एक बनेको छ । विशेषगरी World Meteorological Organization (WMO) र Copernicus Climate Change Service ले जारी गरेका पछिल्ला प्रतिवेदनहरूले पृथ्वी “खतरनाक तापीय चरण” तर्फ गइरहेको संकेत दिएका छन् ।

सन् २०२३ र २०२४ मा विश्वका महासागरहरूको सतही तापक्रमले लगातार नयाँ रेकर्ड बनायो । अहिले २०२६ मा पनि तापक्रम ऐतिहासिक उच्च बिन्दुको निकै नजिक पुगेको बताइएको छ । वैज्ञानिकहरूका अनुसार सामान्यतया समुद्रले पृथ्वीमा उत्पन्न अतिरिक्त तापको करिब ९० प्रतिशतसम्म सोस्ने गर्छ । तर अहिले समुद्र आफैं अत्यधिक तात्न थालेपछि पृथ्वीको प्राकृतिक सन्तुलन बिग्रँदै गएको छ ।

विशेष चिन्ताको विषय भनेको प्रशान्त महासागरको पूर्वी भागदेखि उत्तर अमेरिका तर्फ फैलिएको “Marine Heatwave” अर्थात् समुद्री तातो लहर हो । कतिपय क्षेत्रमा समुद्री तापक्रम सामान्यभन्दा ३ देखि ५ डिग्री सेल्सियससम्म बढी मापन गरिएको छ । यसको प्रभावले:

* समुद्री जीवहरूको मृत्यु बढ्ने
* प्रवाल भित्ताहरू (Coral Reefs) सेता भएर नष्ट हुने
* माछाको प्रजनन प्रणाली प्रभावित हुने
* समुद्री आँधी र चक्रवात अझ शक्तिशाली बन्ने
* वर्षा प्रणाली असन्तुलित हुने
जस्ता असरहरू देखिन थालेका छन् ।

वैज्ञानिक सामन्था बर्गेसका अनुसार यदि आगामी केही महिनामा तापक्रम अझ बढ्यो भने मे वा जुन महिनामै नयाँ विश्व रेकर्ड बन्न सक्छ । उहाँले यसलाई “जलवायु प्रणालीको खतरनाक चेतावनी” भन्नुभएको छ ।

एल निनो किन खतरनाक ?

El Niño एउटा प्राकृतिक जलवायु चक्र हो जसमा प्रशान्त महासागरको मध्य तथा पूर्वी भाग असामान्य रूपमा तात्छ । यसले विश्वभर मौसममा ठूलो प्रभाव पार्छ ।

एल निनोको प्रभाव:

* दक्षिण एसियामा अनियमित मनसुन
* अष्ट्रेलिया र अफ्रिकामा खडेरी
* अमेरिकातर्फ भारी वर्षा र बाढी
* गर्मीको लहर तीव्र हुने
* वन डढेलो बढ्ने

नेपालमा पनि यसको असर पर्न सक्छ । विशेषगरी:

* मनसुन ढिलो वा कमजोर हुन सक्ने
* अत्यधिक गर्मी बढ्ने
* कृषि उत्पादन प्रभावित हुने
* हिमाली क्षेत्रमा हिउँ कम पर्ने
* पानीका स्रोत सुक्ने सम्भावना रहने

जलवायु वैज्ञानिक Zeke Hausfather का अनुसार यदि शक्तिशाली एल निनो विकसित भयो भने सन् २०२७ पृथ्वीको इतिहासकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना धेरै छ ।

वास्तविक कारण के हो ?

वैज्ञानिकहरू भन्छन् — अहिलेको अवस्था केवल प्राकृतिक एल निनोका कारण मात्र होइन । मुख्य कारण मानव गतिविधिबाट हुने दीर्घकालीन जलवायु परिवर्तन हो ।

विशेषगरी:

* कोइला, पेट्रोलियम र ग्यासको अत्यधिक प्रयोग
* उद्योग तथा सवारीबाट निस्कने कार्बन डाइअक्साइड
* वन विनाश
* अत्यधिक ऊर्जा खपत

का कारण वायुमण्डलमा हरितगृह ग्यास बढेको छ । यसले पृथ्वीको ताप बाहिर जान नदिई “Heat Trap” बनाइरहेको छ ।

वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यदि विश्वले जीवाश्म इन्धनको प्रयोग कम गरेन भने:

* समुद्री सतह बढ्ने
* तटीय शहरहरू डुबानमा पर्ने
* खाद्य संकट बढ्ने
* चरम मौसम घटनाहरू सामान्य बन्ने
* करोडौं मानिस जलवायु शरणार्थी बन्न सक्ने

अहिले विश्वका धेरै देशहरू “Net Zero Emission” लक्ष्यतर्फ लागे पनि वैज्ञानिकहरूका अनुसार गति अझै पर्याप्त छैन ।

02/05/2026

राष्ट्रपतिवाट अध्यादेश जारी भएपछि
पदमुक्त हुँदै छन्, यी निकाय !
(सूचिसाहित)

–नेपाल वायुसेवा
–राष्ट्रिय समाचार
–कर्मचारी सञ्‍चय
–गोरखापत्र
–नेपाली भाषा प्रकाशन
–चलचित्र जाँच
–सञ्‍चार संस्थान
–शिक्षक सेवा
–गुठी संस्था र त्यसका
–राष्ट्रिय प्रकृति संरक्षण कोष

–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

–नेपाल विद्युत् प्राधिकरण

–लुम्बिनी विकास कोष

–नेपाल संस्कृति विश्वविद्यालय

–पशुपति क्षेत्र विकास कोष

–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्

–आयुर्वेद चिकित्सा परिषद्

–काठमाडौं उपत्यका विकास प्राधिकरण

–राष्ट्रिय बीउबिजन समिति

–नेपाल खानेपानी संस्थान

–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नागरिक लगानी कोष

–प्रेस काउन्सिल

–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान

–कृषि अनुसन्धान परिषद्

–राष्ट्रिय दुग्ध विकास बोर्ड

–काठमाडौं विश्वविद्यालय

–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति

–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

–समाज कल्याण परिषद्

–त्रिभुवन विश्वविद्यालय,

–विश्वविद्यालय अनुदान आयोग

–नेपाल स्काउट

–पूर्वाञ्चल विश्वविद्यालय

–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति

–नेपाल नर्सिङ परिषद्

–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था

–नेपाल स्वास्थ्य व्यवसायी परिषद्

–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

–पोखरा विश्वविद्यालय

–दूरसञ्चार प्राधिकरण

–नेपाल नागरिक उड्डयन प्राधिकरण

–नगर विकास कोषका कार्यकारी निर्देशक

–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति

–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति

–नेपाल इन्जिनियरिङ्ग परिषद्‌

–नेपाल पशु चिकित्सा परिषद्‌

–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

–नेपाल फार्मेसी परिषद्‌

–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

–सडक बोर्ड

–धितोपत्र बोर्ड

–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड

–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण

–लुम्बिनी बौद्ध विश्वविद्यालय

–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

–सार्वजनिक खरिद पुनरावलोकन समिति

–सूचना आयोग

–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

–बिरूवा क्वारेन्टाइन समिति

–नेपाल ट्रष्टको सञ्चालक समिति

–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान

–नेपाल प्रज्ञा प्रतिष्ठान

–सुदूरपश्चिम विश्वविद्यालय

–मध्यपश्चिम विश्वविद्यालय

–कृषि तथा वन विज्ञान विश्वविद्यालय

–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

–सत्य निरूपण तथा मेलमिलाप आयोग

–राष्ट्रिय युवा परिषद्

–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल खुला विश्वविद्यालय

–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति

–विशेष आर्थिक क्षेत्र प्राधिकरण

–केन्द्रीय श्रम सल्लाहकार परिषद

–सामाजिक सुरक्षा कोष

–विपद् व्यवस्थापन प्राधिकरण

–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्वास्थ्य बीमा बोर्ड

–राजर्षि जनक विश्वविद्यालय

–अपाङ्गता राष्ट्रिय निर्देशन समिति

–राष्ट्रिय सहकारी नियमन प्राधिकरण

–लगानी बोर्ड

–राष्ट्रिय जनस्वास्थ्य समिति

–नेपाल मेडिकल काउन्सिल

–राष्ट्रिय चिकित्सा शिक्षा आयोग



Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Manigram
Butwal
32900