Rotary Club Butwal South

Rotary Club Butwal South

Share

Rotary Club of Butwal South an social organization under Rotary District 3292 Nepal-Bhutan.

It works on various Service Projects on Community under the theme of Rotary International.

Photos from Rotary Club Butwal South's post 27/01/2026

रोटरी क्लव अफ बुटवल साउथको 1180 औ नियमित बैठक मिति 2082।10।09 गते शनिवार क्लवको सभाहल देविनगरमा सम्पन्न भएको छ । रो बिस्नुमाया चिदीको अध्यक्षतामा बसेको उक्त बैठकमा रोटरी District का कार्यक्रका बिषयमा पूर्व अध्यक्ष रो देविदत्त ज्ञवालीज्यूले जानकारी गराउनु भयो ।। District Conference को भिडियो क्लिप प्रदर्शन गरियो र समसामयिक विषयमा छलफल गरियो

Photos from Rotary Club Butwal South's post 16/12/2025

Rotary Club of Butwal South को 1175 औं नियमित बैठक Rotaract club of butwal south र Tinau city संग समसामयिक विषयमा छलफल गरी मिति २०८२ मार्ग महिनाको 27 गते शनिवार संयुक्तरूपमा सम्पन्न भएको छ । बैठकमा समसामयिक विषयमा र फेमिली पिकनिकको तयारी सम्बन्धमा छलफल भएको थियो ।

Photos from Rotary Club Butwal South's post 06/12/2025

मिति 2082 मार्ग 20 गते शनिवार रोटरी क्लव अफ बुटवल साउथको 1174 औ नियमित बैठक क्लवको सभाहलमा सम्पन्न भएको छ । रो बिष्णुमाया चिदीको अध्यक्षतामा बसेको उक्त बैठकमा Rota Quz, Nov. महिनाको क्लव बुलेटिन Presentation तथा वर्ष 26/27 को बोर्ड निर्माण गर्ने सम्बन्धमा छलफल गरियो । साथै केउलीमा रहेको RCC मा पन्चे बाजा तालिम तथा आवश्यक सामग्री हस्तान्तरण सम्बन्धमा लागत सम्बन्धी छलफल भयो र क्लवको फेमिली पिकनिकको विषयमा पनि छलफल गरियो । यस वर्षको फेमिली पिकनिक 2082।09।10 गते बिहीवार क्रिसमस डे को दिन देवदहको केउलीमा सम्पन्न गर्ने र उक्त कार्यक्रम सम्पन्न गर्न श्याम पुनको संयोजकत्वमा प्रेम भूर्तेल, ध्रुव केसी निशानबाबु कार्की र मदन अधिकारी सहित 5 जनाको एक शक्तिशाली समिति गठन गर्ने पनि निर्णय गरियो ।

Photos from Rotary Club Butwal South's post 09/11/2025

मिति 2082 कार्तिक 22 गते शनिवार रोटरी क्लव अफ बुटवल साउथको 1170 औ नियमित बैठक क्लवको सभाहलमा सम्पन्न भएको छ । रौ बिष्णुमाया चिदीको अध्यक्षतामा बसेको उक्त बैठकमा जनकराज भुसालको Classification talk र oct महिनाको club bulletin presentation तथा समसामयिक
बिषयमा छलफल भएको छ ।

Photos from Rotary Club Butwal South's post 01/11/2025

आज मिति 2082 कार्तिक 15 गते शनिवार रोटरी क्लव अफ बुटवल साउथको 1169 औ नियमित बैठक क्लवको सभाहलमा सम्पन्न भएको छ । रो. बेदप्रसाद कंडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा वर्ष 25/26 को हालसम्म पनि Dues उठ्न बाकी सदस्यहरूसंग पुन अनुरोथ गरी एक साताभित्र उठाउने र आगामी बैठकमा समीक्षा गरी आवश्यक निर्णय गर्नै बिषयमा छलफल भएको छ ।

Photos from Rotary Club Butwal South's post 14/10/2025

2082 आश्विन 25 गते रोटरी क्लव अफ बुटवल साउथको 1167 नियमित बैठक सम्पन्न भएको छ । करिव 20 जना सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा September महिनाको क्लव बुलेटिन Presentation र छत्रदेव 4 केरङ्गा अर्घखाची स्थित सारदा मा.वि.लाइ खेलकूदका ड्रेस सहित खैल सामाग्रीहरूविद्यालयका प्रतिनिधिहरूलाई हस्तातरणा गरियो । खेलकूदका सामानको संयोजन क्लवका पूर्व अध्यक्ष रो.डा. के.एन.पाण्डै सरले गर्नु भयो ।

Photos from Rotary Club Butwal South's post 25/09/2025
Photos from Rotary Club Butwal South's post 25/09/2025

आज मिति 2082.06.09 गते रूपन्देहीको मंगलापुरमा हालैको जेन्जेड आन्दोलनबाट क्षतिग्रस्त ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग स्वरूप रोटरी क्लव अफ बुटवल साउथको तर्फबाट आवश्यक 1000 थान ईटा तथा झ्यालढोकाका पल्ला र किचनमा प्रयोगको लागि ग्यास चुल्हो समेत हस्तान्तरण गरियो । उक्त कार्यमा झ्यालढोकाको संयोजन रो.बसन्त रोकाज्यूले गर्नु भएको थियो भने इटाको संयोजन रो.टंकनाथ अधिकारीज्यूले गर्नु भयो । त्यसैगरी अन्य साथीहरू मिलेर ग्यासचुल्होको व्यवस्थापन गरिएको थियो ।
साथै क्लवको नियमित 1166 औ बैठक पनि सम्पन्न भएकोले आगामी शनिवारको नियमित बैठक नरहेको व्यहोरा पनि जानकारी गर्दछु । सहयोगी सम्पूर्ण रोटरियनज्यूहरूमा संस्थाको तर्फबाट हार्दिक आभारसहित विजया दशमी 2082 को हार्दिक मंगलमय शुभकामना ।।
सचिव रोटरी वर्ष 2025/026

Photos from Rotary Club Butwal South's post 20/09/2025

आज रोटरी क्लव अफ बुटवल साउथको 1165औ नियमित बैठक क्लवको सभाहलमा सम्पन्न भयो । दुवै रोट्याक्ट क्लहरू तिनाउ सिटी र बुटवल साउथका अध्यक्षहरूको सहभागितामा सम्पन्न बैठकको अध्यक्षता president nomoni रो. ध्रुव के.सीले गर्नु भएको थियो र Chartered president श्री रामचन्द्र आचार्यज्यूले व्यक्तिगतरूपमा दुवै रोट्याक्ट क्लवहरूलाइ अक्षयकोष स्थापनाको लागि रू एक/एक लाखको चेक हस्तान्तरण गर्नु भयो । जम्मा 27 जनाको उपस्थिति रहेको उक्त बैठकमा विजयादशमी 2082को शुभकामना तथा जेन्जेड आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदहरू प्रति श्रद्धान्जली व्यक्त गरियो ।

Photos from Rotary Club Butwal South's post 01/09/2025

रोटरी क्लव अफ बुटवल साउथको मिति 2082/05/07 गते सम्पन्न 1163 औ नियमित बैठकमा क्लवको मासिक बुलेटिन विमोचन गरियो ।

Photos from Gandaki Events's post 05/08/2025

रोटरी क्लव अफ बुटवल साउथको 25 औ पदस्थापन कार्यक्रम

Photos from Rotary Club Butwal South's post 31/07/2025

रोटरी क्लव अफ बुटवल साउथको वर्ष 25/26 को पहिलो बोर्ड बैठक मिति 2082।04।14 गते क्लवको सभाहलमा सम्पन्न भयो । बैठकमा 25 औ पदस्थापन कार्यक्रमको समीक्षा तथा आगामी DG Visit तथा कार्यालय व्यवस्थापनका विषयमा छलफल गरियो ।

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal-11, Devinagar
Butwal
32907