SCDC Nepal

SCDC Nepal

Share

समतामुलक समाज निर्माणमा सदैव प्रतिवद्द

26/03/2026

यी हातहरूले सिर्जना गरेको यो सुन्दरता देख्दा कसको मन नछोला र?

हामीले फोहोर भनेर फ्याक्ने र वातावरण बिगार्ने प्लास्टिकका टुक्राहरूलाई महामाया भवानी माध्यमिक विद्यालयका यी कलिला विद्यार्थीहरूले कति मायाले सुन्दर फूलको थुँगा मा परिणत गरेका छ्न, SCDC Nepal देवदह नगरपालिका, र Skoleliv i Nepal को 'हरित उद्यमशीलता परियोजना'ले यी बिधार्थिहरुक सुन्दर सोचलाई पखेटा दिएको छ। आज उनीहरूले आफ्नै हातले बनाएका सामग्रीहरू बेच्न सुरु गर्दा उनीहरूको अनुहारमा देखिएको चमक, उत्साह र खुशी साँच्चै नै शब्दमा बयान गर्न सकिँदैन।

आफ्ना विद्यार्थीहरूको यो पहिलो र अर्थपूर्ण पाइलामा हौसला बढाउन, साथ दिन र आशीर्वाद दिन हाम्रा आदरणीय प्रधानाध्यापकज्यू स्वयं उपस्थित हुनुहुन्छ। एउटा गुरुका लागि आफ्ना विद्यार्थीहरूले समाज र वातावरणका लागि यति राम्रो काम गर्दैछन् भन्ने देख्नुभन्दा ठूलो गर्वको क्षण अरु के नै होला र?

यी नानीबाबुहरूले फोहोरलाई मोहोरमा बदल्ने र वातावरण जोगाउने सानो तर निकै गहिरो प्रयास गरेका छन्। आउनुहोस्, यी साना उद्यमीहरूको मेहेनतलाई माया गरौं। उनीहरूको सिर्जनालाई प्रोत्साहन गरौं ताकि भोलिका दिनमा यी हातहरूले हाम्रो समाज र प्रकृतिका लागि अझै ठूला र राम्रा काम गर्न सकुन्।

कृपया यो पोस्ट सेयर गरेर यी भाइबहिनीहरूको हौसला बढाइदिनुहोला!

19/03/2026

🌟🌿 We are proud to share the story of Bishnu Saru, whose dedication as a volunteer has made a real difference and shown how volunteering with purpose can create opportunities for all 🌟 💚 .”
Bishnu Saru joined our Green Project in Ashoj 2081 as a volunteer facilitator. Alongside guiding the green group, she chose to teach at the same school voluntarily, driven by her love for children and desire to make a difference. For one year, she gave her time, energy, and care selflessly. Through volunteering, she not only supported the students but also developed her own skills, confidence, and experience in teaching.Her hard work and dedication were recognized, and the school offered her a paid teaching position. Today, Bishnu continues to serve as a volunteer facilitator with our organization, inspiring others by showing how volunteering can create meaningful opportunities for growth and impact.

17/03/2026

बर्दघाटको 'युवा घर' कस्तो हुने?
आफ्ना अनुभव, चुनौती र आइडियाहरू साटासाट गर्दै बर्दघाट र डेनमार्कका युवा साथीहरू।
🇳🇵🤝🇩🇰 एउटा साझा सपनाको लागि सँगै अघि बढ्दै।

Photos from SCDC Nepal's post 15/03/2026

📍 Meeting 5 (key resources for the business)at Devdaha Secondary School highlighted how students are eager to learn beyond academic qualifications. Their enthusiasm to gain practical skills for their future, along with their energy, curiosity, and active participation, made the session lively and truly inspiring. 🌱✨

10/03/2026

जहाँ युवा जुट्छन्, त्यहीँ परिवर्तनको घर बन्छ।

10/03/2026

अब आफ्ना सन्तानलाई अरूसँग तुलना गर्नुको सट्टा, उनीहरूको व्यक्तिगत क्षमता पहिचान गर्नतर्फ लाग्नुपर्छ। शिक्षा अब केवल जागिरको साधन मात्र नभई, व्यक्तित्व विकासको प्रक्रिया पनि हो भन्ने बुझ्नु आवश्यक छ।

Photos from SCDC Nepal's post 13/02/2026

आम्बास बाल क्लबद्वारा सञ्चालित खाना महोत्सव🏫
#आम्बासप्राथमिकविद्यालय

08/01/2026

Green Entrepreneurship.

08/01/2026

🌿✨ From classrooms to the marketplace!
Products created by students during their mini projects are now reaching the real market at the Devdaha Trade Fair. From fragranced Dhoop by Khadga Secondary School, fresh mushrooms by Kerwani Secondary School, to beautiful handmade candles by Siktan Secondary School—along with other creative handmade products prepared by our dedicated volunteers—this stall reflects the true spirit of green entrepreneurship.
Proud to see young changemakers turning ideas into income while promoting sustainability and local innovation! 🌱💚

Photos from SCDC Nepal's post 04/01/2026

समृद्ध समुदाय विकास केन्द्र (SCDC) नेपालको आयोजना तथा बर्दघाट नगरपालिका (शिक्षा, युवा तथा खेलकुद शाखा) को समन्वयमा सञ्चालित 'गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत शिक्षकहरूका लागि सक्रिय शिक्षण विधि कार्यशाला' भव्यताका साथ सम्पन्न भएको छ। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सह-सचिव (Joint Secretary) एवं देशभरिका शिक्षकहरूको तालिम नीति तर्जुमा गर्ने निकाय CEHRD (तालिम शाखा) का पूर्व निर्देशक जस्तो उच्च ओहोदा र दुई दशकभन्दा लामो विज्ञता हासिल गर्नुभएका आदरणीय व्यक्तित्व श्री गिरमान थापा को प्रमुख सहजीकरणमा सम्पन्न यो तालिम केवल औपचारिकतामा सीमित नभई, शिक्षण विधिलाई 'सक्रिय' बनाउने एउटा कोसेढुङ्गा साबित भएको छ ।यो ज्ञान र सीपले अब हाम्रा विद्यालयका कक्षाकोठाहरूलाई विद्यार्थी-केन्द्रित र नतिजामुखी बनाउनेछ भन्ने पूर्ण विश्वासका साथ, यस रूपान्तरणकारी अभियानमा हातेमालो गर्ने नगरपालिका परिवार, विज्ञ प्रशिक्षकज्यू र सहभागी सम्पूर्ण शिक्षक साथीहरूप्रति SCDC नेपाल हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

Photos from SCDC Nepal's post 30/12/2025

बर्दघाटका ८ वटा विद्यालयका शिक्षकहरू अहिले नयाँ सीप सिक्न र सिकाउन व्यस्त हुनुहुन्छ।
परम्परागत शैली छोडेर कसरी कक्षाकोठालाई रमाइलो र प्रभावकारी बनाउने?
आजको सेसनमा शिक्षकहरूले यसकै भरपुर अभ्यास गरिरहनुभएको छ। प्रमुख प्रशिक्षक गिरमान थापा सरको सहजीकरणमा भइरहेको यो तालिमले पक्कै पनि हाम्रा विद्यालयको मुहार फेर्नेछ।

हामी प्रतिबद्ध छौँ— गुणस्तरीय शिक्षाका लागि!

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


रुपन्देहि
Butwal