Prahar Daily

Prahar Daily

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prahar Daily, News & Media Website, Birgunj/10, Birgunj.

प्रहार डेलीको आधिकारिक फेसबुक पेजमा स्वागत छ। बिरगंज र मधेश प्रदेशबाट वास्तविक, भरपर्दो र जमीनी समाचार ल्याउँछौं। मधेश प्रदेशका स्थानीय समाचार र नयाँ कथा अपडेटहरू पाउन हामीसँग जोडिनुहोस्। यो प्रहार डेली डटकम (www.prahardaily.com) को आधिकारिक फेसबुक पेज हो। मधेश प्रदेशको आर्थिक राजधानी वीरगञ्जबाट सञ्चालनमा आएको प्रहार डेली प्रा.लि. द्वारा प्रकाशित अनलाइन समाचार पोर्टल हो, जुन सन् २०२१ मा स्थापना गर

18/06/2026

रक्सौलमा “श्री बिमला ट्रेडर्स” को भव्य उद्घाटन

रक्सौल । राष्ट्रिय गान्धी स्कूल नजिक पुरानो एक्सचेन्ज रोडमा अवस्थित प्रिमियम बाथ फिटिङ तथा हार्डवेयर प्रतिष्ठान “श्री बिमला ट्रेडर्स” को बुधबार वैदिक मन्त्रोच्चारण तथा धार्मिक पूजाआजासहित भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा विभिन्न प्रतिष्ठित नागरिक, व्यवसायी, सामाजिक अगुवा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिष्ठानका सञ्चालक विनय कुमार गुप्ता र कन्हैया कुमार ले ग्राहकलाई एउटै छानामुनि उच्च गुणस्तरका बाथरूम फिटिङ, हार्डवेयर तथा आधुनिक निर्माण सामग्री उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठान सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनीहरूका अनुसार प्रतिष्ठानमा पारस, स्कट, स्पर्श, वेल्डराइट सोल्भेन्ट तथा सेनेस्टो सेनेटरीवेयर लगायतका विश्वसनीय ब्रान्डका उत्पादनहरू उपलब्ध छन्। साथै ग्राहकलाई गुणस्तरीय सामग्रीसँगै सन्तोषजनक सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

समारोहमा सहभागी अतिथिहरूले नयाँ प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गर्दै रक्सौलजस्तो तीव्र रूपमा विकास भइरहेको शहरका उपभोक्ताहरूलाई गुणस्तरीय हार्डवेयर तथा बाथ फिटिङ सामग्री सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा भारत विकास परिषद् रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी, सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफ, सिद्धार्थ गुप्ता, वरुण कुमार, राजेश कुमार, सत्येन्द्र कुमार ‘चुन्नु’, नवनीत कुमार गुप्ता, बिट्टु गुप्ता, शिव कुमार केशन, बबलु कुमार, बिन्दु देवी, प्रतिमा देवी, रुबी गुप्ता, रिया गुप्ता, मामाचन प्रसाद, प्रमोद कुमार तथा सुरेश कुमार लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोह उत्साह, आत्मीयता र शुभकामनाले भरिपूर्ण बनेको थियो। उपस्थित सबैले देवी लक्ष्मी र भगवान गणेशको पूजा गर्दै प्रतिष्ठानको निरन्तर प्रगति, समृद्धि तथा सफल सञ्चालनको कामना गरेका थिए।

17/06/2026

नारायणगढ-मुग्लिन सडकखण्डको तुईन खाेला पुल नजिकै अहिले राति ९ बजे पहिरो खस्दा सडक अवरुद्ध,पहिराे झर्ने क्रम जारी..

पहिराे हटाउन सम्बन्धित स्थानमा मेशिन परिचालन भैसकेको छ । सम्पुर्ण यात्रुमहानुभावहरू नेपाल प्रहरिकाे निर्देशनमा बाटाेकाे अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेकाे छ ।

पटेर्वा सुगौली गाउँपालिकाले ल्यायो ४१ करोड १९ लाख ४४ हजारको बजेट 17/06/2026

पटेर्वा सुगौली गाउँपालिकाले ल्यायो ४१ करोड १९ लाख ४४ हजारको बजेट

पटेर्वा सुगौली गाउँपालिकाले ल्यायो ४१ करोड १९ लाख ४४ हजारको बजेट पर्सा पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट, न...

17/06/2026

साउदी रोजगारीमा जान सीप परीक्षण पास अनिवार्य गरिएपछि SVP कार्यालयमा म्यानपावर व्यवसायीहरूको प्रदर्शन।

Photos from Prahar Daily's post 17/06/2026

संसदमा सृष्टि भट्टराई

–रास्वपा सांसद सृष्टि भट्टराई गाडीबाट टाउको निकालेर बनाएको भिडियो भाइरल भएको थियो। त्यसपछि भट्टराईले अब त्यस्तो कार्य नगर्ने प्रतिक्रिया दिएकी थिइन्।

उनले ट्राफिक नियमको उल्लंघन गरेको भन्दै आलोचना गरिएको थियो।

तस्बिर: बर्षा शाहह/देशसञ्चार

17/06/2026

जनकपुरको Wonderland Water Park मा युवापुस्ता बिगार्ने काम?
भिडियो:- समाजिक संजालबाट

17/06/2026

वीरगञ्जमा “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३” शुभारम्भ

वीरगञ्ज । सडक अनुशासनको पालनालाई प्रवर्द्धन गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३” शुभारम्भ गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सुरु भएको उक्त कार्यक्रम असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्य रहेको छ।

सप्ताहव्यापी अभियानअन्तर्गत सवारी चालक, विद्यार्थी, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, हेलमेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत सडक सुरक्षासम्बन्धी विभिन्न विषयमा जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।

प्रहरीले “सेफ ड्राइभ, लङ लाइफ” भन्ने नारासहित सडक प्रयोगकर्तालाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरेको छ। ट्राफिक नियमको कडाइका साथ पालनाबाट दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित सडक संस्कृतिको विकास गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रम अवधिभर वीरगञ्जका विभिन्न स्थानमा सचेतनामूलक र्‍याली, अन्तरक्रिया कार्यक्रम, पर्चा वितरण, ट्राफिक शिक्षासम्बन्धी प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। आयोजकले सर्वसाधारणलाई अभियानमा सक्रिय सहभागिता जनाई सुरक्षित सडक निर्माणमा सहयोग गर्न पनि आग्रह गरेका छन्।

कार्यक्रमको शुभारम्भ अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक ओम यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Photos from Prahar Daily's post 17/06/2026

वाटर पार्क कि “वासनापार्क” ? परिवारिक मनोरञ्जनको नाममा आखिर के चलिरहेको छ ?

जनकपुरधाम नजिकैको रमदैयास्थित एक निजी वाटर पार्क यतिबेला पानीको रमाइलोभन्दा बढी विवादका कारण चर्चामा छ। परिवार, बालबालिका तथा पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको भनिएको उक्त स्थलमा पछिल्लो समय आयोजना गरिएका नृत्य तथा अर्केस्ट्रा कार्यक्रमलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्।

स्थानीयवासी तथा अभिभावकहरूले परिवारिक वातावरणको दाबी गरिने स्थानमा प्रस्तुत गरिने कार्यक्रमको प्रकृतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको प्रश्न छ—परिवार र बालबालिकाका लागि भनेर सञ्चालन गरिएको स्थलमा प्रस्तुत गरिने सामग्री पनि परिवारिक मर्यादा अनुरूप हुनुपर्दैन र ?

स्थानीय स्तरमा यो बहस समेत सुरु भएको छ कि मनोरञ्जनको नाममा दर्शक आकर्षित गर्न अपनाइने शैलीले परिवारिक वातावरणमाथि असर पुर्‍याइरहेको त छैन। बालबालिका र परिवारलाई लक्षित गरी स्थापना गरिएका मनोरञ्जनस्थलहरू यदि सस्तो लोकप्रियता र भीड आकर्षित गर्ने प्रतिस्पर्धामा लागे भने त्यसले सामाजिक मूल्य र मान्यतामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्न थालेको छ।

वाटर पार्क सञ्चालक पक्षले भने सबै कार्यक्रम कानुनी दायराभित्र रहेर सञ्चालन गरिएको दाबी गरेको छ। तर सरोकारवालाहरूको भनाइमा यो विषय केवल कानुनी मात्र नभई नैतिक र सामाजिक पक्षसँग पनि जोडिएको छ। कानुनले अनुमति दिएको हरेक कुरा समाजका लागि उपयुक्त नै हुन्छ भन्ने आवश्यक छैन भन्ने तर्क पनि उठाइएको छ।

उता प्रहरी प्रशासनले औपचारिक उजुरी प्राप्त भएमा आवश्यक अनुसन्धान गरिने जनाएको छ। यद्यपि, सार्वजनिक स्थलहरूमा हुने गतिविधिको नियमित अनुगमन र निगरानी सम्बन्धित निकायको जिम्मेवारीभित्र पर्ने कि नपर्ने भन्ने विषयमा पनि बहस भइरहेको छ।

हालको बहस केवल एउटा वाटर पार्कमा केन्द्रित छैन, बरु परिवारिक मनोरञ्जनको नाममा समाजलाई कस्तो प्रकारको सन्देश र संस्कृतितर्फ डोर्‍याइँदै छ भन्ने व्यापक चिन्तासँग जोडिएको छ। मनोरञ्जन आवश्यक भए पनि त्यसको प्रस्तुति समाजको मर्यादा, परिवारिक मूल्य र बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर हुनुपर्ने आवाज विभिन्न पक्षबाट उठिरहेको छ।

16/06/2026

कोशी प्रदेशमा राति एक पुरुषले लागुऔषध सेवन गरी एक किशोरीमाथि कुटपिट, गालीगलौज र खुकुरी देखाएर धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

घटनापछि दोषीमाथि कडा कारबाहीको माग भइरहेको छ भने प्रहरीको ध्यानाकर्षण भई छानबिन र आवश्यक कारबाही हुने अपेक्षा गरिएको छ।

16/06/2026

काठ यसरी नै लैजाने हो त ? तस्करी भइरहेको हो ? यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सम्बन्धित निकायको ध्यान जाओस् ।

Want your business to be the top-listed Media Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birgunj/10
Birgunj
44300