Anil Rungta
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anil Rungta, Politician, Murli, Birgunj.
पर्साका लोकप्रिय नेताका रुपमा परिचित अनिल रुंगटा एउटा सफल उद्धमी पनि हुन् । Leader, Nepali Congress| Member of Parliament candidate from Parsa 1| Former Member of Constituent Assembly अनिल रुंगटा २०४२ सालयता राजनीतिमा सक्रिय छन। क्षेत्रिय राजनीतिमा स्थापित रुंगटा आफ्नो भुगोलका नागरिक र क्षेत्रको विकासका लागि निरन्तर केन्द्रसँग लडदै आएका छन। निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा नेपाल विद्य
वीरगंज बचाऊ संघर्ष समिति द्वारा आज ज़िल्ला प्रशासन मार्फ़त नेपाल सरकारलाई क्षतिपूर्तिको लागि बुझाएको ज्ञापन पत्रमा मेरो व्यक्तिगत रूपमा पूर्ण समर्थन छ। प्रत्येक घरधनीले उचित मुयाब्जा पाउनै पर्छ।
र साथै सरकारको यस ज्यादतीमा आफनो सबै सम्पत्ति गुमाएका परिवार हाम्रै बीचका दाजु-भाई भएका कारण हामी सबै पर्सावासीहरू संवेदनशील हुन आग्रह गर्दछु। जय नेपाल 🙏
19/04/2026
सर्वोच्च अदालतको आदेशपश्चात वीरगंज मेनरोडका संरचनाहरु तोड़िनुको कुनै बिकल्प थिएन तर हजारौको संख्यामा रहेका घरधनी तथा व्यवसायीहरुलाई कुनै समय-मीयाद नदिई अराजक शैलीबाट भवन-निर्माणहरु तोड़िनु गलत हो। एउटा उचित तथा निश्चित समयसीमा दिनै पर्दथ्यो। यसले राज्यको अमानवीय व्यवहार र उताउलोपन देखियो।
27/03/2026
राम नवमीको शुभकामना 🙏
20/03/2026
ईद मुबारक!
07/03/2026
धन्यवाद, सबै–सबैलाई!
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएका हरि पन्त जी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
यहाँका मतदाताज्यूहरुबाट प्राप्त जनादेशलाई म सम्मानका साथ स्वीकार गर्दछु। निर्वाचनको परिणाम जे भए पनि, जनताको सेवा गर्ने मेरो संकल्प र प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन।
यो निर्वाचन अभियानका क्रममा मैले यहाँका जनताबाट अपार माया, विश्वास र समर्थन पाएको अनुभूति गरेको छु। यसले मलाई अझ बढी जिम्मेवार बनाएको छ। म यस यात्रालाई जनताको सेवामा अझ दृढताका साथ अघि बढ्ने नयाँ सुरुवातको रूपमा लिएको छु।
राजनीति मेरो लागि पद वा हारजितको विषय मात्र होइन, यो जनताको आशा, विश्वास र भविष्यसँग जोडिएको दायित्व हो। त्यसैले म समग्र पर्साको विकास, समृद्धि, समुन्नति र यहाँका जनताको हक–हितका लागि निरन्तर रूपमा सक्रिय रहनेछु।
म पर्साको यही माटोको सन्तान हुँ, र यही माटो तथा यहाँका जनताको सेवा गर्नु नै मेरो कर्तव्य हो। तपाईंहरूको साथ, विश्वास र प्रेरणाले मलाई सधैं अगाडि बढ्न ऊर्जा दिनेछ। म सदैव जनताको बीचमा रहनेछु, जनताको आवाज बन्ने प्रयास गर्नेछु, र पर्साको उज्ज्वल भविष्यका लागि आफ्नो तर्फबाट निरन्तर योगदान दिइरहनेछु।
यस अभियानमा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, शुभेच्छुक तथा साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
05/03/2026
मतदान गर्नुहुने सबैमा धन्यवाद 🙏
नेपाली कांग्रेस कें ओर पर्सा – १ के प्रतिनिधिसभा सदस्य पद के उम्मेदवार अनिल कुमार रुंगटा के गाछी छाप मे मतदान करे कें विजयी बनाइ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Murli
Birgunj
44300