Access Planet Org
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Access Planet Org, Non-Governmental Organization (NGO), Brihaspati Marga, Surya Binayak 2, Balkot, Bhaktapur.
Access Planet Organization is led by young women with disabilities in Nepal and is working for the promotion of rights, empowerment and inclusion of persons with disabilities in general and young women with disabilities in specific.
17/06/2026
पोखरामा अपाङ्गता भएका महिलाहरुका लागि बारिस्टा तालिम सुरु।
FRIDA | The Young Feminist Fund परियोजनाको आर्थिक सहयोगमा एक्सेस प्लानेट संस्थाले कास्कीमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने ७ जना अपाङ्गता भएका महिलाहरूका लागि मिति २०८३ जेष्ठ २७ गतेबाट एक महिने बारिस्टा (कफी मेकिङ) तालिम सञ्चालन गरिरहेको छ। तालिममा सहभागीहरूले विभिन्न प्रकारका कफी बनाउने प्रयोगात्मक सीपका साथै कफी मेसिन र तिनका पाठपुर्जाहरूका बारेमा जानकारी लिइरहेका छन्। हालसम्म उनीहरूले कफीको इतिहास, Americano, Expresso र cappuccino बनाउन सिकेका छन्।
17/06/2026
Tiktok प्रतियोगिताका विजेतालाई हार्दिक बधाई! 🎉
एक्सेस प्लानेटद्वारा मिति २०८३ जेष्ठ १५ गतेदेखि जेष्ठ २० गतेसम्म आयोजना गरिएको TikTok प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिताको विषय:
“सहायक प्रविधिसँग मर्यादित जीवन?”
यस प्रतियोगितामा उत्कृष्ट प्रस्तुति, सन्देशमूलक सामग्री तथा सिर्जनात्मक अभिव्यक्तिका आधारमा:
🏆 प्रथम विजेता: अनिशा घिमिरे
उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत एक्सेस प्लानेट संस्था द्वारा सम्मानस्वरूप प्रमाणपत्र र पुरस्कार स्वरूप रु. १०,००० (दश हजार रुपैयाँ) बराबरको नगद प्रदान गरिएको छ।
उहाँको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस प्रतियोगितामा सहभागिता जनाउनु हुने सम्पूर्ण सहभागीहरूलाई पनि हार्दिक धन्यवाद।
आगामी दिनहरूमा पनि एक्सेस प्लानेटद्वारा आयोजना गरिने यस्ता सिर्जनात्मक तथा सशक्तिकरणमुखी TikTok प्रतियोगिताहरूमा सक्रिय सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।
एक्सेस प्लानेट संस्थाद्वारा कास्कीका अपाङ्गता भएका महिलाहरूका लागि सञ्चालित एक महिने वरिस्टा तालिम
16/06/2026
“स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायको सहभागिता अभिवृद्धि” विषयक वकालत कार्यक्रम सम्पन्न
जेठ २९, २०८३ (१२ जून, २०२६)
एक्सेस प्लानेटले UN Women सँगको साझेदारीमा २०८३ जेठ २९ गते धनगढी उप-महानगरपालिका वडा नं. ८ को वडा कार्यालयको सभाहलमा “२०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सिमान्तकृत तथा अपाङ्गता भएका महिलाहरूको नेतृत्व तथा राजनीतिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी स्थानीय तहको निर्वाचनमा समाजका हरेक वर्गका महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरीएको उक्त कार्यक्रममा वडा समिति, विभिन्न राजनितीक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
15/06/2026
“स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायको सहभागिता अभिवृद्धि” विषयक वकालत कार्यक्रम सम्पन्न
जेठ २०, २०८३ (३ जुन २०२६)
एसएस प्लानेटले UN Women सँगको साझेदारीमा २०८३ जेठ २० गते भरतपुर महानगरपालिका वडा नं. १५ मा “२०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरी महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा अन्य सीमान्तकृत समुदायको नेतृत्व तथा राजनीतिक सहभागिता अभिवृद्धि” विषयक वकालत कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा वडा अध्यक्ष, वडा कर्मचारी, जनप्रतिनिधि, महिला समूह, युवा समूह तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आगामी स्थानीय तह निर्वाचनमा समावेशी र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
Winner of the week, 14 June 2026
यस हप्ता को सहि उत्तर रहेको छ अप्सन d) अर्थात भौतिक अवरोध .यस हप्ता गोलाप्रथा द्वारा छानिनु भएका २ भाग्याशाली बिजेताहरूकाे नाम यस प्रकार रहेको छ:
1. Januka Khanal
2. Aalam Mansuri
बिजेता साथीहरुलाई हार्दिक बधाई संगै आफ्नो मोबाइल नम्बर यथासक्य चांडो इनबक्स गर्न हुन अनुरोध गरिन्छ । अन्य सम्पुर्ण सहभागीहरुलाई आफ्नो सहभागिताको लागि धन्यबाद ज्ञापन गर्दै अर्को पटक प्रतियोगिताको सबै नियमहरु (Like, Share and page Follow) पालना गरि सहभागिता जनाउनु हुन पनि हार्दिक अनुरोध गरिन्छ |
15/06/2026
CALL FOR EXPRESSION OF INTEREST (EOI)
Podcast Development and Production Consultancy
"Justice Without Barriers: Podcast Series on Access to Justice, Legal Rights, Digital Feminism and Accessibility for Women with Disabilities"
About Access Planet Organization:
Access Planet Organization is led by women with disabilities working to promote the rights, empowerment, and inclusion of girls and women with disabilities in Nepal. Through accessible technology, leadership development, advocacy, and capacity-building initiatives, Access Planet works to advance gender equality, access to justice, inclusive education, economic empowerment, and sexual and reproductive health and rights in Nepal.
Background:
Women and girls with disabilities in Nepal continue to face significant barriers in accessing legal information, justice mechanisms, digital platforms, and protection services. To address these challenges, Access Planet Organization, with support from the Legal Empowerment Fund (LEF) and Numun Fund, is launching an accessible podcast series titled "Justice Without Barriers".
The podcast aims to create an engaging and accessible platform to discuss legal rights, access to justice, digital feminism, online safety, digital accessibility, disability inclusion, and the lived experiences of women with disabilities. The series will feature women with disabilities, legal experts, accessibility specialists, activists, and community leaders.
Access Planet invites qualified media production companies, podcast producers, or consultants to submit an Expression of Interest (EOI) for the development and production of this podcast series.
Objectives of the Consultancy:
The consultancy aims to:
• Promote discussion on disability rights, gender equality, legal empowerment, and inclusive justice systems in Nepal.
• Enhance awareness of digital accessibility, accessible technologies, and inclusive digital practices.
• Produce high-quality and accessible podcast content for diverse audiences.
Scope of Work:
The selected consultant/firm will be responsible for:
Pre-Production
• Developing podcast concepts and episode structures in consultation with Access Planet.
• Supporting preparation of episode outlines, interview guides, and discussion frameworks.
• Conducting orientation sessions for hosts and contributors.
• Developing accessible communication and storytelling approaches.
Production
• Arranging and managing professional recording facilities and equipment.
• Recording audio and video podcast episodes.
• Ensuring quality production standards and accessibility considerations during recording.
Post-Production
• Editing audio and video content.
• Adding branding elements.
• Preparing captions, subtitles, transcripts, and simplified summaries.
• Coordinating sign language interpretation where applicable.
• Incorporating feedback and conducting quality assurance.
Dissemination Support
• Producing promotional teaser videos and social media reels.
• Preparing platform-ready content for YouTube, Facebook, TikTok, and other digital platforms.
• Supporting audience engagement and content promotion strategies.
Duration of Assignment:
The consultancy shall be for 6 months.
Eligibility Criteria:
Interested applicants should demonstrate:
• Proven experience in podcast, audio-visual, or multimedia production.
• Experience in content development and digital storytelling.
• Understanding of disability inclusion, accessibility, gender equality, or human rights issues will be an advantage.
• Capacity to produce accessible content, including captions, transcripts, and accessible communication formats.
• Strong project management and timely delivery capabilities.
Submission Requirements
Interested applicants are requested to submit:
1. Expression of Interest letter.
2. Company/organization profile or consultant profile.
3. Technical proposal outlining understanding of the assignment and proposed methodology.
4. Portfolio of relevant work (links or samples).
5. Financial proposal (including all applicable taxes).
6. Copy of company registration and VAT/PAN certificate (for firms).
Submission Deadline:
Interested applicants should submit their EOI and supporting documents no later than 20 June 2026 via email to: [email protected]
Consultants with demonstrated experience in accessibility and inclusion are strongly encouraged to apply.
14/06/2026
QUIZ TIME
14 June, 2026
Access Planet presents Quiz on Technology, disability and Women's Rights.
(प्रविधि, अपाङ्गता अधिकार र महिला अधिकार बारे साप्ताहिक हाजिरि जवाफ प्रतियोगिता)
क्विजको समय र उत्तर दिने प्रक्रिया:
• प्रत्येक हप्ताको आइतवार एक्सेस प्लानेटको सामाजिक सञ्जालमा quiz प्रश्न पोस्ट गरिनेछ ।
• प्रश्न प्रविधि र अपांगता भएका महिलाको अधिकार सम्बन्धी विषयमा केन्द्रित रहने छ।
सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्नेछ:
• उत्तर क्विज पोस्टको कमेन्ट सेक्सनमा दिइनु पर्ने छ ।
• प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादित उत्तरहरू वा एकै व्यक्तिबाट धेरै कमेन्ट दिएमा दुबै उत्तर अयोग्य ठहरिनेछ ।
• प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टा भित्र सहभागीहरूले उत्तर दिन सक्नेछन् ।
• सहभागीले एक्सेस प्लानेट संस्थाको फेसबुक खाता फलो गरेको हुनु पर्नेछ र क्विज पोस्ट सेयर र लाइक गरेको हुनु पर्ने छ ।
• गोलाप्रथाबाट विजेता छानिने छ र - हरेक हप्ता सोमवार दुई जना विजेताको घोषणा गरिनेछ।
• प्रत्येक हप्ता २ विजेताले रु.२५० को मोबाइल रिचार्ज प्राप्त गर्नेछन् ।
• प्रतियोगितामा भाग लिइ ज्ञान वृद्धि गर्ने र पुरस्कार जित्ने अवसरको सदुपयोग गर्नु होला ।
12/06/2026
अपाङ्गता भएका महिलाहरूका लागि बारिस्टा तथा हाउसकिपिङ तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम
एक्सेस प्लानेट संस्थाले FRIDA | The Young Feminist Fund सँगको साझेदारीमा मिति २०८३–०२–२७ देखि कास्की जिल्लाका अपाङ्गता भएका महिलाहरूका लागि एक महिने आतिथ्यता (Hospitality) सम्बन्धी तालिम सञ्चालन गरिएको छ। कार्यक्रममा ७ जना अपाङ्गता भएका महिलाहरू सहभागी रहेका छन्।
तालिमको सुरुआती चरणमा बारिस्टा तथा हाउसकिपिङ सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। अधिकांश सहभागीहरूले बारिस्टा तालिमप्रति विशेष रुचि व्यक्त गरेका छन्।
अभिमुखीकरण कार्यक्रमको क्रममा सहभागीहरूलाई कान्तिपुर कलेज अफ हस्पिटालिटी एण्ड टुरिजमको बारिस्टा ल्याब तथा बेकरी ल्याबको अवलोकन गराइएको थियो। यसबाट सहभागीहरूले तालिमको वातावरण, सिकाइ प्रक्रिया तथा भविष्यमा रोजगारी र उद्यमशीलताका सम्भावित अवसरहरूबारे जानकारी प्राप्त गरेका छन्।
Click here to claim your Sponsored Listing.
Contact the organization
Website
Address
Brihaspati Marga, Surya Binayak 2, Balkot
Bhaktapur
44800
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |