Fusion Nepal- FUN

Fusion Nepal- FUN

Share

Fusion Nepal is Non for Profit Organization. Which is register in Nepal government with theme; “Build People Up, Help People Grow because People Matter.”

Photos from Fusion Nepal- FUN's post 07/01/2026

निःशुल्क कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने

फ्युजन नेपालद्वारा भक्तपुरमा सञ्चालन भइरहेको कम्प्युटर तालिम केन्द्रमा हाल चलिरहेका सबै कक्षाहरू लगभग समापनको चरणमा भएकाले नयाँ आवेदन खुल्ला गरिने भएको छ । कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भनी इच्छा राख्ने जो कसैले पनि यसमा आवेदन दिन सक्नुहुन्छ । यस तालिममा सहभागिताको लागि कुनै पनि मापदण्ड वा योग्यता जरुरी छैन, यहाँहरूको इच्छाशक्तिलाई नै हामी योग्यता मान्नेछौं ।

यदि यहाँहरूको वरीपरी कोही कम्प्युटर तालिम लिन ईच्छुकहरू हुनुहुन्छ भने कृपया उहाँहरूलाई हामीसँग सम्पर्क गरिदिनुहोला ।

थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

Photos from Fusion Nepal- FUN's post 06/12/2025

जाडोको कपडा संकलन हुँदै - छिट्टै नै विपन्न बस्ती तथा सडक पेटीहरूमा वितरण गरिने 🙏

फ्युजन नेपाल संस्थाले विगतदेखि नै अत्यावश्यक व्यक्ति तथा परिवारहरूमा निरन्तर राहत वितरण गर्दै आएको कुरा यहाँहरूलाई विदितै छ । अहिले नेपालमा जाडो महिना सुरू भइसकेको छ र आगामी दिनहरूमा धेरै मानिसहरू जाडोले कठिन जीवन बिताउन बाध्य हुनेछन् भन्ने हामीलाई थाहा छ ।

हामी यहाँहरू सबैलाई अनुरोध गर्दछौं, अभावमा रहेका मानिसहरूलाई थोरै भएपनि सहायता गरौं । हामीले हाम्रो साथसाथै अरू अत्यन्तै दयनीय अवस्थामा जीवन काटिरहेका मानिसहरूको आवश्यकताको पनि ख्याल गरौं ।

हामीले विपन्न बस्तीहरूका साथसाथै सडक पेटीमा रात गुजार्ने मानिसहरूलाई जाडोको कपडा वितरण गर्ने योजना बनाएका छौं । यसै अवसरमा, हामी यहाँहरू सबैजनासँग आग्रह गर्न चाहन्छौं, नयाँ वा प्रयोग भएर पनि राम्रो अवस्थामा रहेका कपडाहरू दिएर हामीलाई सहायता गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला । एकदुई जोर नै भए पनि वा जति छ त्यति नै राम्रो खालको न्यानो कपडा प्रदान गरेर हामी अरु कसैको निम्ति खुसीको कारण बनौं ।

थप जानकारी तथा सहायताको निम्ति:
9843559938/9803195192

Photos from Fusion Nepal- FUN's post 23/07/2025

कम्प्युटर तालिम कक्षाबाट आज दीक्षित हुनुभएका सबै ५० जनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरू केही सिक्छु भन्ने जिज्ञासासहित यहाँ आउनुभएको थियो, र आजदेखि आत्मविश्वासका साथ दीक्षित भई अगाडि बढ्दै हुनुहुन्छ। यो अन्त होइन, बरु उद्देश्य, सिकाइ र प्रभावले भरिएको यात्राको शक्तिशाली सुरुवात हो।

सिकेको सीपलाई प्रयोग गरी पढाइ, जागिर तथा व्यवसायमा प्रशस्त सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ।

Photos from Fusion Nepal- FUN's post 29/06/2025

निःशुल्क कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने

फ्युजन नेपालद्वारा भक्तपुरमा सञ्चालन भइरहेको कम्प्युटर तालिम केन्द्रमा हाल चलिरहेका सबै कक्षाहरू लगभग समापनको चरणमा भएकाले नयाँ आवेदन खुल्ला गरिने भएको छ । कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भनी इच्छा राख्ने जो कसैले पनि यसमा आवेदन दिन सक्नुहुन्छ ।

यस तालिममा सहभागिताको लागि कुनै पनि मापदण्ड वा योग्यता जरुरी छैन, यहाँहरूको इच्छाशक्तिलाई नै हामी योग्यता मान्नेछौं ।

यदि यहाँहरूको वरीपरी कोही कम्प्युटर तालिम लिन ईच्छुकहरू हुनुहुन्छ भने कृपया उहाँहरूलाई हामीसँग सम्पर्क गरिदिनुहोला ।

थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

Photos from Fusion Nepal- FUN's post 23/04/2025

SEE दिएका विद्यार्थीहरूलाई लक्षित गरी कम्प्युटर तालिम सञ्चालन हुँदै - तत्कालै फारम भर्न आह्वान

फ्युजन नेपालले विगत वर्षहरूदेखि नै भक्तपूरमा सञ्चालन गरिरहेको कम्प्युटर तालिम केन्द्रमा हालै SEE दिएका विद्यार्थीहरूलाई लक्षित गरी नयाँ कम्प्युटर तालिम कक्षाहरू सञ्चालन गरिएका छन् । कम्प्युटर सम्बन्धी अत्यन्तै व्यवहारिक ज्ञान दिएर नयाँ पुस्तालाई सबल बनाउने हाम्रो योजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

हाल सञ्चालन गर्न लागिएका कक्षामा सिटहरू खाली भएकाले तालिम लिन चाहने जो कसैले पनि तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ । साथै, यदि यहाँहरूको आसपासमा कोही इच्छुक हुनुहुन्छ भने पनि हामीसँग सम्पर्क गराएर सहायता गर्न सक्नुहुन्छ ।

थप जानकारी तथा सहयोगका लागि सम्पर्क: 9843559938/9803195192

17/03/2025

फ्युजन नेपाल द्वारा संचालित निःशुल्क कम्प्युटर शिक्षा कक्षाका विद्यार्थीहरूको भनाइ !

Photos from Fusion Nepal- FUN's post 10/01/2025

निःशुल्क कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने

फ्युजन नेपालद्वारा भक्तपुरमा सञ्चालन भइरहेको कम्प्युटर तालिम केन्द्रमा हाल चलिरहेका सबै कक्षाहरू लगभग समापनको चरणमा भएकाले नयाँ आवेदन खुल्ला गरिने भएको छ । कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भनी इच्छा राख्ने जो कसैले पनि यसमा आवेदन दिन सक्नुहुन्छ । यस तालिममा सहभागिताको लागि कुनै पनि मापदण्ड वा योग्यता जरुरी छैन, यहाँहरूको इच्छाशक्तिलाई नै हामी योग्यता मान्नेछौं ।

कम्प्युटर तालिम अन्तर्गत नियमित कक्षाका अलावा गेस्ट टिचरद्वारा जीवन उपयोगी शिक्षा जस्ता कक्षाहरू समेत दिई तालिमलाई अति प्रभावकारी बनाउन खोजिएको छ।

यदि यहाँहरूको वरीपरी कोही कम्प्युटर तालिम लिन ईच्छुकहरू हुनुहुन्छ भने कृपया उहाँहरूलाई हामीसँग सम्पर्क गरिदिनुहोला ।

थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

07/01/2025

निःशुल्क कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने
थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

Photos from Fusion Nepal- FUN's post 06/01/2025

जाडोको कपडा संकलन हुँदै - छिट्टै नै विपन्न बस्ती तथा सडक पेटीहरूमा वितरण गरिने 🙏

फ्युजन नेपाल संस्थाले विगतदेखि नै अत्यावश्यक व्यक्ति तथा परिवारहरूमा निरन्तर राहत वितरण गर्दै आएको कुरा यहाँहरूलाई विदितै छ । अहिले नेपालमा अत्यधिक जाडो महिना चलिरहेको छ र आगामी दिनहरूमा झन् धेरै मानिसहरू जाडोले कठिन जीवन बिताउन बाध्य हुनेछन् भन्ने हामीलाई थाहा छ ।

हामी यहाँहरू सबैलाई अनुरोध गर्दछौं, अभावमा रहेका मानिसहरूलाई थोरै भएपनि सहायता गरौं । हामीले हाम्रो साथसाथै अरू अत्यन्तै दयनीय अवस्थामा जीवन काटिरहेका मानिसहरूको आवश्यकताको पनि ख्याल गरौं ।

हामीले विपन्न बस्तीहरूका साथसाथै सडक पेटीमा रात गुजार्ने मानिसहरूलाई जाडोको कपडा वितरण गर्ने योजना बनाएका छौं । यसै अवसरमा, हामी यहाँहरू सबैजनासँग आग्रह गर्न चाहन्छौं, नयाँ वा प्रयोग भएर पनि राम्रो अवस्थामा रहेका कपडाहरू दिएर हामीलाई सहायता गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला । एकदुई जोर नै भए पनि वा जति छ त्यति नै राम्रो खालको न्यानो कपडा प्रदान गरेर हामी अरु कसैको निम्ति खुसीको कारण बनौं ।

थप जानकारी तथा सहायताको निम्ति:
9843559938/9803195192

Photos from Fusion Nepal- FUN's post 30/12/2024

कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने 🙏

फ्युजन नेपालद्वारा भक्तपुरमा सञ्चालन भइरहेको कम्प्युटर तालिम केन्द्रमा हाल चलिरहेका सबै कक्षाहरू लगभग समापनको चरणमा भएकाले नयाँ आवेदन खुल्ला गरिने भएको छ । कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भनी इच्छा राख्ने जो कसैले पनि यसमा आवेदन दिन सक्नुहुन्छ । यस तालिममा सहभागिताको लागि कुनै पनि मापदण्ड वा योग्यता जरुरी छैन, यहाँहरूको इच्छाशक्तिलाई नै हामी योग्यता मान्नेछौं ।

कम्प्युटर तालिम अन्तर्गत नियमित कक्षाका अलावा गेस्ट टिचरद्वारा जीवन उपयोगी शिक्षा जस्ता कक्षाहरू समेत दिई तालिमलाई अति प्रभावकारी बनाउन खोजिएको छ।

यदि यहाँहरूको वरीपरी कोही कम्प्युटर तालिम लिन ईच्छुकहरू हुनुहुन्छ भने कृपया उहाँहरूलाई हामीसँग सम्पर्क गरिदिनुहोला ।

थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

Photos from Fusion Nepal- FUN's post 19/12/2024

विपन्न बाढीपीडित बस्तीमा कपडा वितरण - सहायता गर्नुहुने T-shirt Nepal लाई हार्दिक धन्यवाद !

बाढीले सबैथोक बगाएपछि ठूलो समस्यामा परेका बल्खु सुकुम्बासी बस्तीका मानिसहरूलाई नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

T-shirt Nepal बाट निःशुल्क रूपमा फ्युजन नेपाललाई प्राप्त भएका गुणस्तरीय कपडाहरू बाढीपीडित मानिसहरूलाई वितरण गरिएको हो ।

आफ्नो अभावको बेलामा यति गुणस्तरीय कपडा प्रदान गरेकोमा बस्तीका मानिसहरू धेरै खुसी भएका थिए ।

यसरी अति नै दुःखमा परेका मानिसहरूलाई सहायता गर्नको निम्ति हामीलाई माध्यम बन्ने अवसर दिनुभएकोमा हामी T-shirt Nepal परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Photos from Fusion Nepal- FUN's post 10/12/2024

विपन्न बस्तीमा मेडिकल क्याम्प सम्पन्न

फ्युजन नेपाल संस्थाको आयोजना तथा नेपाली चर्च, डेनमार्कको सहायतामा केही दिनअघि काठमाडौंको बल्खु सुकुम्बासी बस्तीमा एक वृहत मेडिकल क्याम्प सम्पन्न भएको छ । सो क्याम्पबाट हालैका बाढीपीडित मध्ये २५० जनाभन्दा धेरैले प्रत्यक्ष लाभ उठाएका थिए । बाढीले सबैथोक बगाएको अवस्थामा दैनिक खाना जुटाउनु नै चुनौतीको विषय हुँदा औषधि उपचारको बारेमा सोच्नै पाएका थिएनौँ, यो मेडिकल क्याम्पको सहायताले हामीलाई बाँच्ने आशा दिलाएको भन्दै लाभान्वितहरूले खुसी व्यक्त गरे ।

काठमाडौँमा बढ्दै गएको चिसोका कारण बिरामी भएका बालबालिका तथा वृद्धवृद्धाहरूको उचित उपचार भएको देख्न पाउँदा हामीलाई पनि अति नै खुसी लाग्यो ।

हामीलाई विश्वास गरेर यस सेवाको कामको जिम्मा दिनुहुने नेपाली चर्च, डेनमार्क परिवारलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।

हामी आगामी दिनहरूमा पनि यस्तै सामाजिक सेवाका कामहरू जारी राख्नेछौं । यहाँहरूको सहयोगी हातहरूलाई हामी सदैव स्वागत गर्दछौं ।

थप जानकारी तथा सहायताको लागि सम्पर्क: 9843559938/9803195192

Want your organization to be the top-listed Non Profit Organization in Balkot?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Balkot